एक सयको नोटमा चुच्चे नक्सा राख्ने नेपालको निर्णयमा भारतको असन्तुष्टि

काठमाडौं । एक सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने नेपाल सरकारको निर्णयमा भारतले असन्तुष्टि जनाएको छ ।

नेपालले एकतर्फी निर्णय गरेको भन्दै भारतीय विदेशमन्त्री एस जयशंकरले असन्तुष्टि जनाएका हुन् ।

बिज्ञापन

भारतका पत्रकारहरुले विदेशमन्त्री जयशंकरसँग नेपाल सरकारले नयाँ नक्सा राख्नेबारे जिज्ञासा राखेका थिए । त्यसको जवाफमा सीमाबारे दुई देशबीच स्थापित संयन्त्रमा छलफल भइरहेका बेला नेपालले एकतर्फी निर्णय गरेको भन्दै उनले नेपालको निर्णयबारे विस्तृत जानकारी नभएको बताए । उनले भने, ‘हाम्रो धारणा स्पष्ट छ, नक्सा परिवर्तन भए पनि धरातलीय यथार्थ परिवर्तन हुँदैन ।’

बिज्ञापन

गत बिहीबार बसेको नेपाल सरकारको मन्त्रिपरिषद बैठकले एक सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने निर्णय गरेको थियो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु