ललितपुरको सडकमा हिँडिरहेका पुरुष १० फिट गहिरो खोँचमा खसेपछि…

ललितपुर । सडक र घरको बिचमा रहेको करिब १० फिट गहिरो खोँचमा खसेका एक पुरुषको उद्धार गरिएको छ । गएराति महालक्ष्मी नगरपालिका वडा नं ३ स्थित टिकाथलीमा सडकमा हिँडिरहेको अवस्थामा ४३ वर्षीय रामेश्वर बोगटी सडक र घरको बिचमा रहेको १०  फिट गहिरो खोँचमा खसेका थिए । 

जम्मा एक फिट चौडा उक्त खोंचमा उनी खसेको जानकारीपछि प्रहरी चौकी टिकाथली, प्रहरी प्रभाग इमाडोल र प्रहरी परिसर जावलाखेलबाट खटिएको टोलीले उनलाई सकुसल उद्धार गरेको ेहो ।

बिज्ञापन

उनको अहिले ग्वार्कोस्थित किष्ट अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।

बिज्ञापन

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु