राजस्थानका कप्तान सञ्जु सैमसनलाई १२ लाख जरिवाना

 राजस्थान रोयल्स (आरआर)का कप्तान सञ्जु सामसनलाई १२ लाख रुपैयाँ जरिवाना गरिएको छ । बुधबार जयपुरमा गुजरात टाइटन्स (जीटी) विरुद्धको खेलमा स्लो ओभर रेटका कारण सञ्जुलाई जरिवाना गरिएको हो । इन्डियन प्रिमियर लिग (आईपीएल)ले बिहिबार यो जानकारी दिएको हो ।

आईपीएलको १७ औं सिजनमा राजस्थान रोयल्सले बुधबार यो सिजनको पहिलो हार बेहोरेको थियो । टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ३ विकेट गुमाएर १९६ रन बनाएको थियो । जवाफमा गुजरातले २० ओभरमा ७ विकेट गुमाएर १९७ रनको लक्ष्य पुरा गरेको थियो ।

बिज्ञापन

१९ औं ओभरमा गुजरातलाई जितका लागि १५ रन आवश्यक थियो। राजस्थानको टोली निर्धारित समयमा ओभर सकिन ५ मिनेट पछाडि परेको थियो । जसका कारण अन्तिम ओभरमा सञ्जुले ५ को सट्टा ४ जना मात्र खेलाडीलाई बाउन्ड्रीमा पठाउनु परेको थियो। जीटीका रसिद खानले ३ चौका प्रहार गर्दै टोलीलाई जित दिलाएका थिए ।

बिज्ञापन

यस सिजन राजस्थानको टोलीको यो पहिलो गल्ती भएकोले आईपीएलको आचार संहिता अनुसार न्यूनतम सजाय तोकिएको आईपीएल अधिकारीहरुले बताएका छन् ।

News by. News Polar

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु