नवलपरासीमा करिब दश करोड लागतको पुल अलपत्र

नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–५ र १६ जोड्ने खजुरा खोलामाथि निर्माणाधीन पुलको काम बन्द भएको छ । करिब १० करोडको लागतमा निर्माणाधीन उक्त पुलको भुक्तानी लामो समयसम्म नपाएको भन्दै ठेकेदार कम्पनीले काम ठप्प बनाएपछि निर्माणको काम अलपत्र भएको हो ।

बिज्ञापन

निर्माण व्यवसायीले अहिलेसम्म काम गरेबापत पाउनुपर्ने एक करोड १० लाखमध्ये हालसम्म १६ लाख मात्र भुक्तानी दिइएको बर्दघाट नगरपालिकाले जनाएको छ ।
पाउनुपर्ने बाँकी रकम नपाएको भन्दै निर्माण व्यवसायीले काम नगर्ने भन्दै काम ठप्प परेका नगरप्रमुख शम्भुलाल श्रेष्ठले बताए । ‘रकम भुक्तानीका लागि केही महिनाअघि अर्थ मन्त्रालयमा सिफारिस गरेर पठाएका थियौँ’, उनले भने, ‘अहिलेसम्म रकम नआएपछि व्यवसायीले काम रोको छ ।’

बिज्ञापन

वर्षायाममा खोला तर्न कठिन हुँदा बर्दघाटसँगै छिमेकी पालिका सुस्ता र प्रतापपुरका स्थानीय लामो दूरी भएर आवतजावत गर्नुपर्ने बाध्यतालाई हटाउन खोलामा पुल निर्माणको योजना परेको थियो ।

सम्झौतापछिको लामो समयसम्म निर्माण कम्पनीले काम बन्द गरेपछि नगरपालिकाको अनुरोधमा जिल्ला प्रशासनले प्रहरीमार्फत निर्माण व्यवसायीलाई सम्पर्कमा ल्याएर काम सुरु गराएको थियो । वि.सं २०७७ मा श्रीमती सञ्जीवनी निर्माण सेवाले नौ करोड ७७ लाखमा पुल निर्माणको सम्झौता गरेको हो ।
स्रोत : मकालु खबर

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु