अन्तिम चरणमा पुगेपछि अस्पताल भवन निर्माण रोकियो

अस्पताल भर्ना भएका बिरामीको उपचारमा आवश्यक औजार अभावकै कारण पनि अधिकांश बिरामीलाई बाहिर सिफारिस गर्नुपर्ने बाध्यता रहेको चिकित्सकले बताउँदै आएका छन्।

बिज्ञापन

निर्माणाधीन भवनको पहिलो तलामा ओपिडी कक्ष, आकस्मिक कक्ष, शल्यक्रिया कक्ष, एक्स–रे कक्ष, फार्मेसी, सेक्युरिटी रुमलगायतका संरचना निर्माण गरिने जनाइएको छ। दोस्रो तलामा प्रसूतिसम्बन्धी सेवा तथा पसूतिसम्बन्धी शल्यक्रिया, तेस्रो तलामा आइसीयू कक्ष, आइसोलेसन कक्ष, क्याविन तथा चौथो तलामा प्रशासन, लेखा, सेमिनार हललगायतका संरचना रहने सम्झौतामा उल्लेख छ।

बिज्ञापन

दश स्थानीय तह रहेको जिल्लामा दुईवटा प्राथमिक स्वास्थ्य केन्द्र तथा तीनवटा सामुदायिक अस्पताल सञ्चालनमा रहेका छन्। जिल्लामा सञ्चालित सामुदायिक अस्पतालको सेवासमेत भरपर्दो नहुँदा सामान्य किसिमका बिरामीलाई पनि थप उपचारका लागि राजधानी काठमाडौँलगायतका सुविधायुक्त अस्पताल लैजानुपर्ने बाध्यता छ। स्रोत : नगरिक दैनिक

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु