निर्माणाधीन संसद भवनको काम समयमै सम्पन्न गर्न सरकारलाई ध्यानाकर्षण

 

बिज्ञापन

राष्ट्रिय सभाका दुई समितिका सदस्यहरूले बिहीबार निर्माणाधीन संसद भवनको भौतिक प्रगतिको बारेमा जानकारी लिनुका साथै स्थलगत अनुगमन तथा निरीक्षण गरेको हो ।

निरीक्षणपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै दिगो विकास तथा सुशासन समितिका सभापति प्रकाश पन्थले तोकिएकै समयमा निर्माणाधीन संसद भवनको काम सम्पन्न नहुने अवस्था रहेको बताए ।

बिज्ञापन

उनले चैत्र १२ गतेसम्म निर्माण सम्पन्न गर्नुपर्ने समय दिएको भएपनि समयभित्रै सम्पन्न हुन नसक्ने अवस्था अवलोकनपछि देखिएको बताए । उनले काम ढिलो भइरहेको र ढिलो हुनुमा सामान खरिद प्रक्रियादेखि आवश्यक पर्ने मजदुर काममा नखटाएको लगायतका समस्या देखिएको बताए ।

उनले २०८१ का अधिवेशनहरू नयाँ संसद भवनबाट सञ्चालन गर्नेगरी काम अघि बढाउन पनि सरकारको ध्यानाकर्षण गराए ।

उनले भने ‘संविधान जारी गरेपछि र संविधान सभा समेत बानेश्वरको आइसिसी भवनमा चलेको थियो । बाहिर राख्दा खर्च पनि धेरै नै थियो । त्यससँगै सरकारले सिंहदरबारभित्र नै संसद भवन बनाउने कुरा राम्रो पनि हो । यो भवनलाई समयमा नै सम्पन्न गर्ने कुरामा अझै तोकिएको समयमा सकिने सम्भावना छैन । चैत्रको १२ गते सम्ममा सक्ने भन्ने आयोजनाको डेट लाइन थियो । त्यसमा सकिने सम्भावना छ की छैन र त्यसमा केके सम्भावनाहरू छन् भनेर हामीले आयोजनाकै तर्फबाट यसका प्रतिवेदनहरूमा हामीले छलफल पनि गरेका छौँ । त्यसपछि हामीले स्थलगत रुपमा नै समस्या के रहेछन् भनेर अवलोकन गरेका छौँ । दिगो विकास तथा सुशासन समिति र प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको तर्फबाट अनुगमन गरेका छौँ । तोकिएको समयभित्र सकिने सम्भावना छैन । काम ढिलो नै भइरहेको छ । खरिद प्रक्रियादेखि सामान ल्याउने बारेमा समस्या भएको र कामदार आवश्यक नलगाएको भन्ने समस्या देखियो । सरकारले विशेष चासो राखोस् । २०८१ का अधिवेशनहरू यहीँबाट सञ्चालन हुनेगरी तयारी गर्न सरकारको ध्यानाकर्षण गराउँछौँ ।’

अनुगमनका क्रममा सहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक मचाकाजी महर्जनले निर्माणाधीन संसद भवनको स्ट्रक्चरको काम सकिसकेको बताए । उनले असार मसान्तसम्म इन्टेरियरको काम सकिसक्ने बताए ।

उनले भने ‘अहिलेको अवस्था भनेको स्ट्रक्चरको काम सकिसकेको अवस्था छ । मुख्य संरचना भनेको प्रतिनिधि सभा र राष्ट्रिय सभा हो । त्यसको छानाको काम थियो, त्यो सकिसकेको छ । छाने छाउने काम थालिसकेका छौँ । त्यो सकिएपछि हलभित्रको डेकोरेशनको काम सुरु हुन्छ । असार मसान्तसम्म इन्टेरियरको समयावधि दिएका छौँ । त्यो सम्मा मुख्य संरचनाहरू सकिनेछन् । आउँदो वर्षे अधिवेशनलाई लक्षित गरी काम अघि बढाइएको छ ।’

उनले आगामी वर्षे संसद अधिवेशनलाई लक्षित गरी काम भइरहेको बताए

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु