दरबारमार्गको क्यासिनो प्यालेसबाट एक करोड रुपैयाँसहित नौजना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंको दरबारमार्गस्थित क्यासिनो प्यालेसबाट नौजनालाई पक्राउ गरेको छ । क्यासिनो प्यालेसको अन्डर ग्राउन्डमा अनलाइन सट्टेबाटी गर्दै गरेका उनीहरूलाई गएराति पक्राउ गरेको हो ।

बिज्ञापन

पक्राउ पर्नेहरूमा ६ नेपाली र तीन भारतीय नागरिक छन् । पक्राउ परेकाहरूको साथबाट प्रहरीले करिब एक करोड रुपैयाँ नगद बरामद गरेको छ ।

बिज्ञापन

काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी भुपेन्द्र खत्रीले पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको बताए ।

“अनलाइन सट्टेबाजी खेल्दै गरेको अवस्थामा पक्राउ परेका हुन्, हामी थप अनुसन्धान गर्दैछौँ, ” एसएसपी खत्रीले भने ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु