बिरगंजमा मोटरसाइकल दुर्घटना हुँदा दुईजना युवकको घटनास्थलमै मृत्यु

वीरगन्ज – आइतबार बिहान मोटरसाइकल दुर्घटना हुँदा दुईजना युवकको घटनास्थलमै मृत्यु भएको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर १५ भिस्वास्थित जिल्ला आयुर्वेद अस्पताल नजिकैको सडकमा प्रदेश २ ०३०२१ प ५४३२ नम्बरको यमहा कम्पनीको आर १५  मोटरसाइकल दुर्घटना हुँदा त्यसमा सवार नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा एमबीबीएस अध्यनरत दुईजना विद्यार्थीको मृत्यु भएको हो ।

बिज्ञापन

मृत्यु हुनेमा नेशनल मेडिकल कलेजमा अध्यनरत बाराको हर्दिया घर भएका २३ वर्षीय सन्दीप यादव र धनुषाको सबैला घर भएका २३ वर्षीय सुमित यादव रहेको प्रहरीले जनाएको छ। भिस्वाबाट भेडियाही जाने बाटोमा उक्त मोटरसाइकल आफै अनियन्त्रित भएर दुर्घटनामा परेको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले जानकारी दिए ।

बिज्ञापन

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु