केपि शर्मा ओलिले बिश्वबिद्यालयलाइ आविष्कार र अनुसन्धान केन्द्रको रूपमा विकास गर्न जरुरी देखिएको बताए

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशको समृद्धिका लागि विश्वविद्यालयलाई आविष्कार र अनुसन्धान केन्द्रको रूपमा विकास गर्न जरुरी रहेको बताएका छन् ।

बिज्ञापन

सुर्खेतको वीरेन्द्रनगरस्थित मध्यपश्चिम विश्वविद्यालयको स्कुल अफ म्यानेजमेन्ट (मुसुम) को नवनिर्मित भवनको उद्घाटन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले विश्वविद्यालयलाई वैज्ञानिक आविष्कार र अनुसन्धान केन्द्रका रूपमा विकास गर्न आग्रह गरे ।

बिज्ञापन

अध्यक्ष ओलीले शैक्षिक बेरोजगारी राष्ट्रको मूल समस्या बन्दै गइरहेको बताउँनुहुँदै देशभित्रै उद्यमशील वातावरण निर्माण गरी रोजगारी सिर्जना, स्वरोजगारी र समृद्धि हासिल गर्ने शिक्षाका पाठक्रम निर्माण गर्नेतर्फ प्राध्यापकहरूले ध्यान दिन सुझाव दिए ।
नेपाल सुहाउँदो विकास र परिवर्तनको मोडेलका लागि विश्वविद्यालय तहमा अध्ययन, अनुसन्धान जरुरी रहेको उनको भनाई छ । आजै अध्यक्ष ओलीले विश्वविद्यालयको डिजिटलाइजेशन एन्ड अटोमेशन सिस्टम र कर्णाली आदिवासी ज्ञान, सीप तथा प्रविधि संस्थानको भवन समेत उद्घाटन गरे । साथै मध्यपश्चिम विश्वविद्यालयका विद्यार्थीसँग केपी शर्मा ओली विषयक अन्तरक्रिया कार्यक्रममा समेत सहभागी भए ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु