अन्तर्राष्ट्रिय
काठमाडौँ । हजारौं मोरक्कोलीहरू देशको राजधानीमा भेला भइ गाजामा फेरि शुरु भएको घातक इजरायली आक्रमणको विरोध गरेका छन् । प्रदर्शनकारीहरू संसद भवन नजिकै भेला भएका थिए । प्यालेस्टिनी झण्डा फहराउँदै, प्यालेस्टिनी जनतासँग ऐक्यवद्धता जनाउँदै नारा लगाउँदै, इजरायलको गाजा नाकाबन्दी तत्काल अन्त्य गर्न आग्रह गरेका छन् । मोरक्कोका अधिकारीहरूलाई इजरायलसँग सबै राजनीतिक सम्बन्ध तोड्न आह्वान गरेका […]
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को छैटौँ शिखर सम्मेलन बैङ्कक सोचपत्र, २०३० जारी गर्दै सम्पन्न भएको छ । यस क्षेत्रको व्यापार विस्तार, सम्पर्क सञ्जाल र मानवीय सुरक्षालाई केन्द्रमा राखेर सम्मेलनले समृद्धि, लचिलोपन र खुलापनको नाराअन्तर्गत बिम्स्टेक बैङ्कक भिजनसहित छबुँदे प्रस्ताव पारित गरेको हो । पारित प्रस्तावबारे जानकारी दिन आयोजक राष्ट्र थाइल्याण्डका […]
बैंकक । थाइल्यान्डको औपचारिक भ्रमणमा रहनु भएका प्रधानमन्त्री केपी शर्मा ओलीले थाइल्यान्डका व्यवसायीहरुसँग आज बैंककमा भेटवार्ता गर्नु भएको छ । भ्रमण दलमा सहभागी नेपाली व्यवसायी प्रतिनिधिमण्डलसमेत सहभागी भएको उक्त भेटमा प्रधानमन्त्री ओलीले नेपाल लगानीको लागि उर्वर भूमी भएको उल्लेख गर्दै थाई व्यवसायीहरुलाई नेपालमा लगानी गर्न आग्रह गर्नु भएको छ । प्रधानमन्त्री ओलीले थाई व्यवसायीहरुलाई नेपालमा […]
काठमाडौं । नेपाली सेनाको टोली भूकम्प प्रभावितका लागि अत्यावश्यक राहत तथा मेडिकल सामग्री र उद्दार कार्यको लागि म्यानमार प्रस्थान गरेको छ । विभिन्न निकायमा रहेको मौज्दात सामग्री तथा निजी क्षेत्रबाट प्राप्त मेडिकल सामग्री तथा औषधी र राहत लिएर सेनाको टोलि म्यानमार प्रस्थान गरेको हो । प्रमुख सेनानी रामचन्द्र श्रेष्ठको नेतृत्वमा १२ जना चिकित्सकीय टिम, चार […]
काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले भन्सार छली गरी ल्याएका ल्यापटप र मोबाइलसहित विभिन्न मानिसलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरीका राकेश गिरी, पाल्पाका ताराबहादुर रेस्मी मगर, पाँचथरका कमला फियाक, मकवानपुरका चित्रबहादुर मल्ल ठकुरी तथा हुकुमबहादुर मल्ल, उदयपुरका सुमित केसी र मोरङका रसिद आलम छन् । दुबईबाट नेपाल आउने यात्रुलाई १–१ थान ल्यापटप […]
प्रधानमन्त्री केपी शर्मा ओली थाइल्यान्डको औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीकाे प्रयास (बिमस्टेक)काेे छैटौं शिखर सम्मेलनमा भाग लिनेे क्रममा आज थाइल्यान्डको बैंकक पुग्नुभएको छ । प्रधानमन्त्री ओली मंगलबार साँझ स्थानीय समय अनुसार ६.१५ बजे बैंकक पुग्नुभएको हो । उहाँलाई सुवर्णभूमि अन्तर्राष्ट्रिय विमानस्थलस्थलको विशिष्ट कक्षमा थाइल्यान्डका उपप्रधानमन्त्री एवं यातायातमन्त्री सुरिया जङ्ग्राउनग्रेङकिट […]
एजेन्सी । म्यानमारमा शुक्रवार गएको ७.९ म्याग्निच्युडको भूकम्पमा मृत्यु हुनेको संख्या २ हजार ५६ पुगेको छ । सोमवार देशको राज्य प्रशासन परिषद् सूचना टोलीले यसबारेमा जानकारी गराएको हो । भूकम्प प्रभावित क्षेत्रहरूमा थप जीवन बचाउन अन्तर्राष्ट्रिय र घरेलु उद्धारकर्ताहरू लागिपरेका छन् । चिनियाँ सरकारले प्रश्ताव गरेको विपद् राहत सामग्रीको पहिलो समूह सोमवार म्यानमार पुगेको छ […]
काठमाडौं । नेपाल सरकारले म्यानमारमा हालै गएको भूकम्पका पीडितहरुका लागि खाद्यान्न लगायतका सहायता सामग्री पठाउने भएको छ । मन्त्रिपरिषदको सोमबारको बैठकले सो निर्णय गरेको हो । परराष्ट्र मन्त्रालयको समन्वयमा तत्कालका लागि सहयोग पुग्नेगरी चाउचाउ, विस्कुटलगायतका खाद्यान्न, औषधि तथा ब्लाङ्केट आदि सहायता सामग्रीहरु म्यानमार पठाइने भएको हो । सोमबार मन्त्रालयमा आयोजित यस सम्बन्धी बैठकमा परराष्ट्र मन्त्री […]
काठमाडौं । म्यानमार केन्द्रविन्दु भएर शुक्रबार (मार्च २८) शक्तिशाली भूकम्प गएको छ। ७.७ म्याग्निच्युडको भूकम्पका कारण म्यानमार र थाइल्यान्डमा भौतिक क्षति भएको छ। थाइल्यान्डको बैंककमा निर्माणाधीन ३० तले भवन भूकम्पका कारण भत्किँदा ४३ जना श्रमिक फसेका छन्। थाइल्यान्डको राजधानीको उत्तरी भेगमा रहेको उक्त भवन केही सेकेन्डमै भग्नावशेषमा परिणत भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। अमेरिकी […]
नेपालले आवशयक सुधार नगरे अझै लामो समयसम्म आर्थिक वृद्धिदर चार प्रतिशतमै सीमित रहन सक्ने विश्व बैंकले उल्लेख गरेको छ। ‘नेपालको १६औं आवधिक योजनाले सन् २०२९ सम्म आर्थिक वृद्धिदर ऐतिहासिक औसत दरभन्दा निकै उच्च हुने गरेर ७.१ प्रतिशतको लक्ष्य लिएको छ,’ प्रतिवेदनमा भनिएको छ, ‘तर, आवश्यक सुधार नगर्ने हो भने लामो अवधिसम्म नेपालको औसत वृद्धिदर चार […]