आर्थिक
काठमाडौं : नेपाल विद्यालय कर्मचारी परिषद्ले आन्दोलनका कार्यक्रमको घोषणा गरेको छ । शिक्षक आन्दोलनमा सँगै रहेका विद्यालय कर्मचारीलाई नेपाल शिक्षक महासंघले धोका दिएर सरकारसँग सम्झौता गरेको भन्दै परिषद्ले आज पत्रकार सम्मेलन गरेर आन्दोलनको घोषणा गरेको हो । आन्दोलन परिचालन समितिको संयोजक बब्बन मिश्र तोकिएका छन् । परिषद्का अध्यक्ष गंगाराम तिवारीले नेपाल शिक्षक महासंघले रहस्यमय ढंगले […]
काठमाडौं: चालु आर्थिक वर्ष २०८१/८२ मा नेपालको अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब पुग्ने प्रारम्भिक अनुमान गरिएको छ । बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच राष्ट्रिय तथ्याङ्क कार्यालयले आर्थिक वर्ष ०८१/८२ को राष्ट्रिय लेखा अनुमान सार्वजनिक हो । कार्यालयले आर्थिक वर्ष २०८०/८१ मा अर्थतन्त्रको आकार ५७ खर्ब ९ अर्ब रहेको संशोधित अनुमान तथा आर्थिक वर्ष २०७९/८० […]
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १९ गते शुक्रबार सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले त्यससम्बन्धमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र सभासमक्ष वाचन गरेर जानकारी दिएका हुन् । नेपालको संविधानको धारा ९५ मा राष्ट्रपतिले सङ्घीय संसद्का दुवै सदनका […]
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी दक्षिण कोरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौँ महानगरपालिका-३२ बस्ने मोरङ कानेपोखरी गाउँपालिका-२ घर भएकी ५१ वर्षीया मुना कार्कीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । मुनाले दक्षिण कोरिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख ४० हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध […]
काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु ५०० ले बढेको छ । सोमबार प्रतितोला रु एक लाख ८८ हजार तीन सयमा खरिदबिक्री भएको सुनको मूल्य आज रु ५०० ले बढेर रु एक लाख ८८ हजार ८०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । चाँदीको मूल्य प्रतितोला रु एक हजार ९७० कायम […]
काठमाडौँ । नेपाली सुनचाँदी बजारमा बिहीबार सुनको मूल्य बढेको छ । आज सुन प्रतितोला २०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यससँगै आज छापावाल सुन प्रतितोला एक लाख ९० हजार छ सय रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार उक्त सुन प्रतितोला एक लाख ९० हजार चार सय रुपैयाँमा कारोबार भएको थियो । […]
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षकरण रिटको सुनुवाई सकिएको छ । सर्वोच्चका न्यायाधीश अव्दुल अजीज मुसलमानको एकल इजलासमा रवि लामिछानेको निवेदनको सुनुवाई सकिएको हो । यस निवेदनमा आजै फैसला आउने सम्भावना रहेको छ । लामिछानेका तर्फबाट श्रीमती निकिता पौडेलले सर्वोच्चमा आइतबार बन्दी प्रत्यक्षकरणको रिट दर्ता गरेकी थिइन् । सहकारी ठगी प्रकरणमा उच्च अदालत […]
सरकारको सिफारिसमा राष्ट्रपतिबाट राष्ट्रिय सभा सदस्य मनोनीत भएकी अञ्जान शाक्यले शिक्षा मन्त्रालयप्रति आफ्नो रूचि र विज्ञता दुवै नभएको बताएकी छन्। शिक्षा मन्त्रीबाट सोमबार विद्या भट्टराईले राजीनामा दिएपछि नयाँ शिक्षा मन्त्रीमा शाक्यको नाम चर्चा हुँदै आएको छ। नेकपा (एमाले) कै कतिपय पदाधिकारीले शाक्य अब शिक्षा मन्त्री हुने चर्चा गरेका थिए। सोही आधारमा पूर्वराजदूतसमेत रहेकी शाक्य शिक्षा […]
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेको छ। ‘शिक्षक आन्दोलनको मागमा छलफलसमेत गर्न नसक्ने यो राज्य प्रणाली कतिसम्म खोक्रो र कमजोर भइसकेको छ भन्ने स्पष्ट भइसक्यो। शिक्षामन्त्रीले मात्र होइन, अब प्रधानमन्त्रीले समेत नवीन समझदारीका लागि मार्गप्रशस्त गर्ने समय आइसक्यो,’ प्रवक्ता मोहन श्रेष्ठले भनेका छन्। संसद्को पहिलो र दोश्रो दलको गठबन्धन सरकारबाट समेत […]
अव्यवस्थित शहरीकरण विश्वमै समस्याः परराष्ट्रमन्त्री परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले बढ्दो अव्यवस्थित शहरीकरणले विश्वमै समस्या ल्याएको र एशिया तथा प्रशान्त क्षेत्र पनि यसबाट प्रभावित हुनुपरेको बताउनुभएको छ । बैंककमा आजदेखि सुरु संयुक्त राष्ट्रसंघीय एशिया तथा प्रशान्त क्षेत्रीय आर्थिक तथा सामाजिक आयोग (युएनस्केप) को ८१ औँ सत्रको अध्यक्षतापछि दिनुभएको मन्तव्यमा उहाँले यस क्षेत्रले कैयौँ गम्भीर चुनौतीहरूको […]









