आर्थिक
सिराहामा दिउँसै हतियार देखाएर मनि ट्रान्सफरको रकम लुटिएको छ । सिराहा सदरमुकामबाट विष्णुपुर गाउँपालिकामा रहेको एक मनि ट्रान्सफरको लागि १५ लाख ५० हजार रकम ल्याइरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालयदेखि करिब पाँच सय मिटर उत्तर महिसोथा जाने बाटो नजिकबाट हतियार देखाएर लुटिएको हो। भारतीय नम्बरको मोटरसाइकलमा आएका लुटेराहरूले स. ९ प ६३१० नम्बरको मोटरसाइकलमा रकमसहित आइरहेका […]
काठमाडौं । आफूबारे झुटा दाबीसहितका समाचार बनाएर चरित्र हत्या गरेको बताउँदै निकिता पौडेलले विभिन्न सञ्चारमाध्यमविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेकी छन् । गृहमन्त्री रवि लामिछानेकी पत्नीसमेत रहेकी पौडेलले प्रेस काउन्सिल नेपालमा पनि उजुरी गरेकी छन् । चैत २१ गते काठमाडौं महानगरपालिकाले छापा मारेको साई स्वागत सहकारीमा पौडेल आबद्ध रहेको दाबीसहितका समाचार प्रकाशित भएका थिए । तर, पौडेलले आफूले सबै ऋण तिरिसकेको […]
गण्डकी । पर्यटकीय राजधानी पोखरा भित्रने विदेशी पर्यटकको सङ्ख्या यकिन हुन सकेको छैन । नेपाल घुम्न आउने पर्यटकमध्ये आधा पर्यटक पोखरा भित्रने आङ्कलन गरिए पनि वास्तविक तथ्याङ्क कुनै निकायसँग पनि छैन । पर्यटकको विवरण राख्ने संरचना र प्रणाली नहुँदा पोखरा आउने पर्यटकको सङ्ख्या यकिन हुन नसकेको पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले बताउनुभयो । “बर्सेनि […]
काठमाण्डाै – शेयर बजार आज पनि घटेको छ । शेयर बजार परिसूचक नेप्से १ दशमलव ८५ अङ्कले घटेर दुई हजार १० दशमलव २१ विन्दुमा झरेको छ । हिजो र अस्ति पनि शेयर बजार घटेको थियो । आज फाइनान्स, लगानी, जीवन बीमा, माइक्रोफाइनान्स, म्युचल र अन्यबाहेक सबै समूहको शेयर घटेको छ । आज ज्योति विकास बैंक […]
गण्डकी । दुई इटालियन पर्यटकसहित दिवस गुरुङ यतिबेला अन्नपूर्ण आधार शिविरको पदयात्रामा हुनुहुन्छ । वसन्त ऋतुमा ढकमक्क फूलेको लालीगुराँस र हिमाल देखाउँदै पर्यटक घुमाउने उहाँको योजनामा मौसम भने बाधक बनिरहेको छ । एक सातादेखि आकाश धुम्म छ । झरी परिरहेको छ । पदयात्राको याममा पर्यटकलाई मौसमले चुनौती दिएको दिवसको भनाइ छ । “मौसम प्रतिकूल हुँदा […]
काठमाडौं । नेपाली सुनचाँदी बजारमा शुक्रबार सुनको मूल्यले ऐतिहासिक रेकर्ड बनाएको छ । प्रतितोला २ हजार एक सय रुपैयाँले बढ्दै सुनको मूल्यले आज नयाँ रेकर्ड बनाएको छ । शुक्रबार छापावाल सुनको मूल्य हालसम्म कै उच्च प्रतितोला एक लाख ३० हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बिहीबार उक्त सुन प्रतितोला एक […]
भजनी । कैलालीको भजनी नगरपालिका–६ का पतीराम चौधरीले नौ वर्षदेखि चैते धान खेती गर्दै आउनुभएको छ । बाढी र डुबान क्षेत्रमा राम्रो उत्पादन हुने भएपछि पतीरामले दुई बिघा क्षेत्रफलमा यस वर्ष पनि चैते धानको रोपाइँ गर्नुभयो । राम्रो उत्पादन दिने र वर्षात् कम भयो भने दुईपटकसम्म उत्पादन दिने भएकाले बर्खे धान रोप्न छोडेर चैते धान […]
तनहुँ । बन्दीपुरमा चिनियाँ पर्यटकको चहलपहल बढेको छ । पर्यटकका लागि घुम्ने याम सुरु भएसँगै विदेशी पर्यटकको आवागमनमा वृद्धि भएको हो । गत वर्षको तुलनामा यो वर्षको भदौ यता बन्दीपुरमा चिनियाँ पर्यटकको सङ्ख्या बढेको होटल व्यवसायी बैँस गुरुङले जानकारी दिनुभयो । “हप्ताको दुई÷तीन दिन चिनियाँ पर्यटक करिब पाँच÷छ सयका दरले आउने गरेका छन्”, उहाँले भन्नुभयो, “जर्मनी, […]
गलेश्वर । अन्नबाली लगाउँदा लगानीअनुसार प्रतिफल प्राप्त नभएपछि म्याग्दीका किसानले व्यावसायिक फलफूलखेती सुरु गरेका छन् । साथै उनीहरूले सागसब्जी पनि उमार्न थालेका छन् । बेनी नगरपालिका–२ का किसान क्षेत्रबहादुर कटुवालले परम्परागत रुपमा गर्दै आएको स्थानीय जातको धान र गहुँखेतीबाट अपेक्षित उत्पादन नभएपछि सागसब्जी र फलफूलखेती प्रारम्भ गर्नुभएको छ । त्यसैगरी सोही वडाका खिमबहादुर कार्की र […]
फिक्कल । पछिल्लो समय इलाममा अदुवाखेती विस्तार हुँदै गएको छ । अदुवाखेतीले यहाँका किसानको जीवनस्तरमा परिवर्तन ल्याउन थालेपछि खेती विस्तार भएको हो । किसानले व्यावसायिकरुपमा अदुवाखेती गरी मनग्य आम्दानी गर्न सफल भएका छन् । परम्परागत शैलीको अदुवाखेतीबाट आधुनिकीकरण हुन थालेपछि उत्पादन र आम्दानीमा वृद्धि भएको किसानको भनाइ छ । इलामको फाकफोकथुम गाउँपालिका–४ फुएतप्पाका रत्न लिम्बूले […]










