विराटनगर । देश कै ठूलो शिक्षण अस्पतालहरु मध्ये एक विराटनगर स्थीत नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलले स्वास्थ्य तथा चिकित्सा शिक्षा अन्तर्गतका अनुसन्धानलाई प्रोत्साहन गर्ने उद्देश्यले अनुसन्धान अनुदानको घोषणा गरेको छ । विशेषत अनुसन्धान संस्कृतिलाई बढावा दिन र अनुसन्धान कर्ताहरुको अनुसन्धान क्षमता अभिबृद्धी गर्ने उद्देश्यले अनसन्धान इकाईको स्थापना र अनुदानको प्रवन्ध गरेको नोबेलले जनाएको हो । […]

मोरङको पथरीशनिश्चरे नगरपालिका–३ स्थित गोहिहोली खोलामा निर्माण हुन लागेको पुल सोमबार एक विशेष समारोहबीच शिलान्यास गरिएको छ। करिब ३० वर्षदेखि स्थानीयको मुख्य आवश्यकता मानिँदै आएको सो पुलको शिलान्यास कार्यक्रममा पूर्व सांसद एवं नेपाली कांग्रेसका युवा नेता डा. सुनिल शर्मालाई स्थानीयले नौमती बाजा, सांस्कृतिक झाँकी र फूलमाला सहित भव्य स्वागत गरेका थिए। कार्यक्रममा प्रदेशसभा सदस्य गीता […]

सल्यान । शारदा नगरपालिकाले सामुदायिक सहभागितामार्फत विद्यालय भवन निर्माण कार्यको थालनी गरेको छ। २०८२ कार्तिक १० गते शनिबार हिवल्चा स्याला, वडा नम्बर–११ स्थित बालकल्याण आधारभूत विद्यालयको जिर्ण भवन भत्काएर नयाँ भवन निर्माण सुरु गरिएको हो। श्रमदान कार्यक्रमको सुरुवात नगर प्रमुख प्रकाश भण्डारी र जिल्ला प्रहरी प्रमुख डा. हेम केसीले संयुक्त रूपमा गर्नुभएको थियो। कार्यक्रममा जनप्रतिनिधि, […]

सल्यान, भैलो खेल्ने रमाइलो माहोलमा परेको एउटा घटनाले स्थानीयस्तरमा प्रहरी र नागरिकबीचको सम्बन्धबारे प्रश्न उठाएको छ। हिजो राति करिब ७:३० बजे सल्यानको खलंगामा जिल्ला प्रहरी कार्यालयका DSP डाक्टर हेम केसीको नेतृत्वमा भैलो कार्यक्रम भइरहेका बेला एक सर्वसाधारण नागरिक टेकराज शाहीले आत्म–सम्मानमा ठेस पुग्ने गरी व्यवहार भएको आरोप लगाएका छन्। शाहीका अनुसार, परिवारका सदस्यहरू सहित छिमेकमा […]

काठमाडौं । सांसद एवं नेपाली कांग्रेसका नेता डाक्टर सुनिलकुमार शर्माले भदौ २३ र २४ गतेको आन्दोलनमा सहादत प्राप्त गरेका युवाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै तत्कालीन संकट समाधानका लागि अन्तरिम सरकार गठनदेखि संविधान संशोधनसम्मका ठोस कदम चाल्नुपर्ने बताएका छन् । शुक्रबार विज्ञप्ति जारी गदै सांसद शर्माले आन्दोलनमा मारिएका र घाइते भएका युवाहरु प्रति दुःख व्यक्त गर्दै भने, […]

६ भदौ, बुटवल । नक्कली शैक्षिक प्रमाणपत्र बनाएर बिक्री गर्ने कार्यमा संलग्न भएको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता हरिप्रसाद कँडेल पक्राउ परेका छन् । चितवनको कालिका नगरपालिका-५ पदमपुरका हरिप्रसाद कँडेललाई रुपन्देही प्रहरीले प्रहरीले पक्राउ गरेको हो । कँडेल रास्वपाको बागमती प्रदेश प्रशिक्षण विभाग संयोजक हुन् । रुपन्देही प्रहरी प्रमुख एसपी प्रदीप क्षेत्रीका अनुसार कँडेललाई […]

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेका निकट सहयोगी तथा पार्टीका पूर्व केन्द्रीय सदस्य मोहनबहादुर थापालाई अमेरिकी सरकारले डिपोर्ट (निष्कासन) गरेको छ। ग्रिनकार्ड खारेज गरिएपछि अमेरिकाबाट निष्कासित भएका थापा एक साताअघि काठमाडौं आइपुगेलगत्तै प्रहरीको मानव बेचबिखन नियन्त्रण ब्युरोमा हाजिर भएका थिए। ब्युरोले आवश्यक प्रक्रिया पूरा गरी उनलाई छाडेको छ। म्याग्दी घर भएका थापाको अमेरिकी […]

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा विभागले सातै प्रदेशमा रेबिजविरुद्धको खोप र सर्पदंश उपचारमा प्रयोग हुने औषधि आपूर्ति गरेको छ । विभागअन्तर्गतको व्यवस्थापन महाशाखा प्रमुख डा. पवनजंग रायमाझीले यसअघि नै खरिद गरिएका औषधि प्रदेशका स्वास्थ्य संस्थामा वितरण गर्ने गरी आपूर्ति केन्द्रमा पुर्‍याइएको बताए । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले मातहतका अधिकारीलाई उक्त खोप […]

काठमाडौं, असार २८ – नेपालको अग्रणी वाणिज्य बैंक नबिल बैंकले आफ्नो वार्षिकोत्सवको अवसरमा ग्राहकहरूप्रति आभार प्रकट गर्दै दुई महत्वपूर्ण योजना सार्वजनिक गरेको छ। तीमध्ये एक हो ४१ दिने विशेष अफर, जसअन्तर्गत नयाँ बचत खाता खोल्ने ग्राहकहरूलाई पहिलो वर्षका लागि डेबिट कार्ड निःशुल्क प्रदान गरिनेछ। बैंकका अनुसार यो अफर असार २८ गतेदेखि भदौ ५ गतेसम्म लागु […]

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले रूपन्देहीका एक वडाध्यक्षलाई ३ लाख रूपैयाँ घुस लिएको आरोपमा पक्राउ गरेको छ। मर्चवारी गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष जनार्दन यादवलाई घुस बापत लिएको तीन लाख रूपैयाँ सहित नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ। यादव २०७९ सालको निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट वडाध्यक्ष निर्वाचित भएका हुन्। अख्तियारको कार्यालय बुटवलबाट खटिएको टोलीले वडाध्यक्ष यादव […]