आर्थिक
सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरूङले नेपाल राष्ट्र बैंकमा छिट्टै गर्भनर नियुक्ति हुने बताएका छन्। मन्त्रिपरिषदका निर्णय सुनाउन बुधबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा पत्रकारको प्रश्नमा जबाफ दिँदै मन्त्री गुरूङले मुलुकको समग्र अर्थतन्त्रमा सुधार ल्याउनुपर्ने क्षमताको गभर्नर ल्याउनुपर्ने भएकोले केही ढिलाइ भएको बताए। यो पनि: कुशासनको अर्को कडी […]
काठमाडौँ । सुनको मूल्य तोलाको रु एक लाख ८७ हजार पुगेको छ । यो हालसम्मकै उच्च हो । मङ्गलबार प्रतितोला रु एक लाख ८४ हजार ३०० मा कारोबार भएको सुन आज तोलामा रु दुई हजार ७०० बढेर रु एक लाख ८७ हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै आज चाँदीको मूल्य तोलाको […]
दाङ, शान्तिनगर — बेलायतको Royal Borough of Greenwich का मेयर श्री जित राणाभाट र दाङ शान्तिनगर गाउँपालिका अध्यक्ष श्री प्रमोद बस्नेतबीच हालै विशेष भेटघाट सम्पन्न भएको छ। भेटघाटका क्रममा शान्तिनगर गाउँपालिकामा अवस्थित ऐतिहासिक तथा धार्मिक स्थल सुन्दरा देवी मन्दिरको विषयमा चर्चा गर्दै अध्यक्ष बस्नेतले त्यस मन्दिरसँग सम्बन्धित मायाको चिनो मेयर राणाभाटलाई प्रदान गर्नुभएको थियो। साथै, […]
काठमाडौँ । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आठ दशमलव ६२ अङ्कले घटेर दुई हजार छ सय ६२ दशमलव ०८ को बिन्दुमा कायम भएको छ । आज विभिन्न ३२२ कम्पनीका एक करोड ३१ लाख ८९ हजार ३२८ कित्ता शेयर ५४ हजार ३६१ पटक खरिदबिक्री हुँदा रू छ अर्ब २८ करोड दुई […]
नेपाल उद्योग वाणिज्य महासंघले नबिल बैंक सम्मानित गरेको छ। बैंकलाई महासंघले आफ्नो ५९औं वार्षिक साधारणसभा एवं उद्योग वाणिज्य दिवस २०८१ को अवसरमा आयोजित विशेष कार्यक्रममा सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा सम्मान गरेको हो। कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले बैंकका कामु प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीलाई उक्त सम्मानपत्र प्रदान गरेका हुन्। आर्थिक वर्ष २०७९/८० मा […]
काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले मन्त्रालयले आर्थिक कूटनीतिको प्रवर्धन गर्न अलग्गै महाशाखा मार्फत काम सुरु गरेको बताउनुभएको छ । नेपाल उद्योग वाणिज्य महासंघको ५९ औँ बार्षिक साधारणसभाका अवसरमा आज महासंघद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेपालमा लगानीका अधिक सम्भावनाहरु रहेकाले वैदेशिक लगानी भित्र्यान सरकारले आर्थिक कूटनीतिलाई बलियो बनाएर अघि बढ्ने स्पष्ट गर्नुभयो । […]
बाँकेको यातायात व्यवस्था कार्यालयबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चारजनालाई पक्राउ गरेको छ। लाइसेन्समा करोडौँ लेनदेन गरेको सूचनाका आधारमा आयोगले कर्मचारी र ड्राइभिङ सेन्टरका सञ्चालकलाई पक्राउ गरेको हो। यातायात व्यवस्था कार्यालय नेपालगन्जमा कार्यरत कम्प्युटर अपरेटर शक्ति ठाकुर, सहायक कम्प्युटर अपरेटर (ज्यालादारी) मनोज गिरी, घरेलु तथा साना उद्योग कार्यालय नेपालगन्ज, बाँकेका नायब सुब्बा मुकुन्दराज के.सी. र मामा […]
काठमाडौँ । सरकारले म्यानमार सरकारलाई करिव २७ टन बराबरको राहत सामग्री सहयोग गर्ने भएको छ । बुधवार नेपालबाट परराष्ट्रमन्त्रालयका उच्चपदस्थ कर्मचारीहरुसहितको टोलीले म्यानमार सरकारलाई करिव २७ टन बराबरको राहत सामग्री सहयोग गर्ने भएको हो । त्यसका लागि आज राति नेपाली प्रतिनिधि मण्डल म्यानमार प्रस्थान गर्नेछ । नेपालबाट परराष्ट्रमन्त्रालयका उच्चपदस्थ कर्मचारीहरुले सहभागिता जनाउने र म्यानमारमा राहत […]
बान्निगढी जयगढ गाउँपालिकास्थित जयगढ बजारमा मंगलबार राति भएको आगलागीमा २७ वटा घर जलेका छन्। आगोबाट सात करोडभन्दा बढीको धनमाल नष्ट भएको छ। मुख्य बजारमा पुष्पराज शर्माले सञ्चालन गरेको आइएमई केन्द्रको सिलिण्डर विष्फोट हुँदा फैलिएको आगोले बजार सखाप पारेको हो। जलेका २७ घरमध्ये ११ वटामा स्थानीय व्यापारीले पसल सञ्चालन गरेका थिए। अछामका प्रहरी प्रमुख ईश्वरीप्रसाद भण्डारीले […]
स्मार्ट बोर्डमार्फत डिजिटल शिक्षामा क्रान्ति, काठमाडौं महानगरपालिका भन्दा अगाडि बढ्दै तारकेश्वर नगरपालिका काठमाडौं, तारकेश्वर —राजधानी काठमाडौंकै छेउमा रहेको तारकेश्वर नगरपालिकाले शिक्षा, पूर्वाधार, सुशासन र राजस्व संकलनका क्षेत्रमा उदाहरणीय उपलब्धिहरू हासिल गर्दै काठमाडौं महानगरपालिकालाई समेत पछि पार्दै अग्रणी स्थानीय तहको रूपमा आफूलाई स्थापित गरिरहेको छ। विशेषगरी, डिजिटल शिक्षामा नगरपालिकाले लिएको पहलकदमी अत्यन्तै प्रशंसनीय छ। पालिकाभित्रका २२ […]











