आर्थिक
काठमाडौं । तत्कालीन सेन्चुरी बैंकका सीईओ मनोज न्यौपानेसहित १० जना पक्राउ परेका छन् । सबै तत्कालीन बैंकका कर्मचारी भएको प्रहरी स्रोतले जनाएको छ । सेन्चुरी बैंकबाट ऋण प्रवाह गर्दा अनियमितताको आरोप उनीहरुमाथि लागेको छ । पक्राउ पर्नेमा तुलसीराम गौतम, सविन घिमिरे, सुवास बहादुर श्रेष्ठ, अनुपमा श्रेष्ठ प्रधान, सुनील बस्नेत, मनोज न्यौपाने, दिलीप बराल, दिपेश प्रधान, […]
दाङको लमही नगरपालिका–३ स्थित चुरे पहाडको फेदमा अवस्थित करिब सात बिगाह क्षेत्रफलमा फैलिएको जखेरा ताल । तस्बिर : कुलदीप न्यौपाने/रासस
प्रभु बैंक आठविसकोटबाट एक करोड ३५ लाख हिनामिना भएको प्रारम्भिक निष्कर्ष – सात दिन देखि फरार रहेका बैंकको अप्रेशन ईन्चार्ज पदमा कार्यरत निरजबिक्रम शाह (निराजन) ले बचतकर्ताको करोडौ रुपियाँ हिनामिना गरेको पाईएको छ । शाहले नक्कली विवरण र खातावालाको जानकारी बिनै बैंकमा जम्मा गरेको रकम हिनामिना गरेको पाईएको बैँकको प्रारम्भिक निष्कर्स रहेको छ । बैंकको […]
रुकुम । रुकुम पश्चिमको आठविसकोट नगरपालिकाको केन्द्र राडि बजारमा रहेको प्रभु बैंकका एक कर्मचारीले दर्जनौ ग्राहकको करोडौ रकम निकालेर भागेको बताईएको छ । बैंकको अप्रेशन ईन्चार्ज पदमा कार्यरत निराजन शाहले ग्राहकको पैसा लिएर भागेको गुनासो रहेको छ । बैंकबाट ग्राहकको रकम निकालेको रहस्य खुलेपछि अहिले आठविसकोट शाखामा छानबिनको लागि प्रभु बैंकको कर्णाली प्रदेशबाट एक टोली […]
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आन्तरिक श्रोत र साधनबाट राज्यका दायित्वहरु पूरा गर्न कठिन बन्दै गएको बताएका छन् । शुक्रवार नेपाल व्यवस्थापन संघको ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपालले उदारताकासाथ श्रोत र साधनलजाई मध्यनजर नराखि धेरै प्रतिवद्धता गर्दा समस्या भइरहेको बताए । उनले ज्येष्ठ नागरिक भत्तादेखि विभिन्न अनुदानका […]
सल्लेरी (सोलुखुम्बु) । हिमाली जिल्ला सोलुखुम्बुमा यस वर्ष सुन्तला उत्पादन चार सय मेट्रिकटनभन्दा धेरैले वृद्धि भएको छ । जिल्लामा गत आर्थिक वर्ष २०७९/०८० को तुलनामा चालु आव २०८०/०८१ मा चार सय ६९ मेट्रिकटनले वृद्धि भएको कृषि ज्ञान केन्द्र सोलुखुम्बुले जनाएको छ । ज्ञान केन्द्रका सूचना अधिकारी कुलबहादुर राईका अनुसार अघिल्लो आर्थिक वर्ष एक हजार छ […]
जथाभावी फोहर फ्याँक्नेहरुमाथि कारबाही सुरु गरेको वीरगञ्ज महानगरपालिकाले गएको छ महिनामा साढे २४ लाख रुपैयाँ जरिवाना उठाएको वीरगञ्ज महानगरपालिकाले गत विसं २०७९ पुस १७ गतेदेखि जरिवाना गर्न सुरु गरेको र हालसम्म जथाभावी फोहर फ्याँक्ने व्यक्ति र संस्था गरी नौ सय जनाबाट रु २४ लाख ६३ हजार जरिवानाबापतको राजस्व सङ्कलन गरेको सरसफाइ शाखा प्रमुख सरफुदिन मियाँले […]
धनकुटा । तमोर करिडोरअन्तर्गत धनकुटाको मुलघाटबाट पाँचथरसम्मको सडक कालोपत्र हुने भएपछि अहिले यस क्षेत्रमा धमाधम होटल सञ्चालनमा आउन थालेका छन् । सुनसरीको चतराबाट धनकुटा हुँदै पाँचथरसम्मको एक सय ५५ किलोमिटर तमोर करिडोर आयोजनाअन्तर्गत धनकुटाको मूलघाटबाट पाँचथरसम्मको एक सय १२ किमी सडक गत वर्षदेखि कालोपत्र हुने चरणमा छ । भारतको जोगवनीबाट पूर्वी नेपाललाई चीनको ओलाङ्चुङसँग जोड्ने […]
काठमाडौँ / यस वर्षकाे प्रणय दिवसलाइ तीन लाख ५० हजार स्टिक गुलाफको माग रहेको फ्लोरिकल्चर एसोसिएसन नेपालले जनाएको छ । कूल मागमध्ये १० प्रतिशत आन्तरिक उत्पादन र ९० प्रतिशत गुलाब भारतबाट आयात गरिएकाे एसोसिएसनका अध्यक्ष मीनबहादुर तामाङले जनाए । मागअनुसार स्वदेशमा उत्पादन हुन नसक्दा विगतका वर्षमा जस्तै यस वर्ष पनि भारतबाट गुलाब ल्याइएको उनकाे भनाइ छ […]
अवैधरूपमा बाह्य मुलुकतर्फ लैजान लागेको २५ हजार अमेरिकी डलरसहित चिनियाँ नागरिकलाई नेपाल प्रहरीले पक्राउ गरेको छ । प्रहरीको त्रिभुवन विमानस्थलस्थित सुरक्षा टोलीले अवैधरूपमा लुकाएर बाह्य मुलुकतर्फ लैजान लागेको एक सय दरका दुई सय ५० थान अमेरिकी डलरसहित चिनियाँ नागरिक २९ वर्षीय सियुआई विङक्यानलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । चाइना साउथर्नको उडानद्वारा काठमाडौँबाट चीनको […]











