काठमाडौं : वित्त क्षेत्रका सहकारी, लुघवित्त र मिटरब्याजबाट पीडितले पटक–पटक आन्दोलन गरे पनि न्याय पाउन सकेका छैनन्। उनीहरू जब विरोध प्रदर्शनमा उत्रिन्छन् तब सरकारले माग पूरा गर्ने सहमति गर्छ। तर, कार्यान्वयन गर्दैन। ‘बेवास्ता’ को यो सिलसिला वर्षौंदेखि चलिरहेको छ। सरकारको पछिल्लो प्रतिबद्धता पनि पूरा नभएको भन्दै यी तीनै क्षेत्रका पीडित काठमाडौं आएर आन्दोलनमा उत्रिएका थिए […]

काठमाडौं । आज विश्व उपभोक्ता दिवस । उपभोक्ताको हक, अधिकार, कर्तव्य, दायित्वलगायतका विषयमा चर्चा हुन्छ । प्रत्येक वर्ष उपभोक्ता अधिकार दिवसका दिन हुने चर्चा यस्तै छन् । सरकारले उपभोक्ता अधिकार सुनिश्चित गर्ने प्रतिबद्धता जनाउँछ । अधिकारकर्मीहरु ठूलो ठूलो स्वरमा आफ्ना कुरा सुनाउछन्, हामी उपभोक्ता अब सबै ठीक हुन्छ भनेर मख्ख पर्छौं । तर भएको केही […]

नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–५ र १६ जोड्ने खजुरा खोलामाथि निर्माणाधीन पुलको काम बन्द भएको छ । करिब १० करोडको लागतमा निर्माणाधीन उक्त पुलको भुक्तानी लामो समयसम्म नपाएको भन्दै ठेकेदार कम्पनीले काम ठप्प बनाएपछि निर्माणको काम अलपत्र भएको हो । निर्माण व्यवसायीले अहिलेसम्म काम गरेबापत पाउनुपर्ने एक करोड १० लाखमध्ये हालसम्म १६ लाख मात्र […]

मानव सेवाका लागि देशका सातै प्रदेशमा सञ्‍चालन हुन लागेको क्लोथ एण्ड फूड बैंक रुपन्देहीको देवदहमा सञ्‍चालनमा आएको छ। सोमबार एक कार्यक्रमका बिच देवदह नगरपालिकाका प्रमुख ध्रुव प्रसाद खरेल, उप प्रमुख विद्या लक्ष्मी गुरुङ र प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटाले संयुक्त रुपमा क्लोथ बैंकको उद्घाटन गरेका हुन् । कार्यक्रममा बोल्दै नगर प्रमुख खरेलले क्लोथ बैंकमा […]

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ मा रहेको खोपारा लेक र पृष्ठभूमिमा शनिबार बिहान देखिएको धवलागिरी हिमालको दृष्य । समुन्द्रि सतहदेखि ३ हजार ६०० मिटर उचाइमा रहेको खोपारा लेक सूर्योदय र हिमालको दृष्य अवलोकनका लागि नयाँ गन्तव्यको रुपमा विकास हुन थालेको छ । तस्बिरः सन्तोष गौतम/रासस

सोमबार लगातारको सर्किटपछि खुलेको दोस्रो घण्टामै कारोबार बन्द भएको सेयरबजारमा भोलिपल्ट भने उच्च गिरावट आएको हो। योसँगै नेप्से २००७.६९ विन्दुमा कायम छ। मंगलबार ४ अर्बको सेयर खरिदबिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। कुल १ करोड १३ लाख कित्ता सेयर बिक्री भएको हो। आज ३३ कम्पनीका लगानीकर्ताले कमाए पनि २१३ कम्पनीका लगानीकर्ताले गुमाए। कमाउनेहरुले ८.७३ प्रतिशतसम्म […]

सिरहा । ठगी धन्दा चलाउने जोकोहीलाई पनि कारबाही गर्ने अधिकार प्रमुख जिल्ला अधिकारी (सिडिओ) लाई हुन्छ । तर सिरहामा सिडिओकै अगाडी ठगीधन्दा विगत लामो समयदेखि चलिआएको छ । सिरहा सदरमुकामस्थित जिल्ला प्रशासन कार्यालय अगाडी सञ्चालित पसलमा हुलाक टिकटमा खुलेयाम ठगी भइरहेको छ । दैनिक सयौं सेवाग्राही ठगिदै आएका छन् । तर ठगीधन्दा चलाउनेतर्फ कसैको ध्यान पुगेको […]

खोटाङ । जिल्ला कारागार खोटाङका अधिकांश कैदीबन्दी केही न केही व्यावसायिक काममा आबद्ध छन् । केहीले धागो प्रयोग गरेर ढाकाटोपी, रुमाल, सल र पर्स बुन्छन् भने केहीले बाँसका चोया तथा भाटा प्रयोग गरेर घरायसी सामग्री निर्माण गर्छन् । विभिन्न मुद्दामा जेल भुक्तान गरिरहेका कैदीबन्दीलाई सिर्जनशील तथा व्यावसायिक बनाउन विभिन्न दातृ निकायले नि:शुल्क औजारसमेत उपलब्ध गराएका […]

अवध साहु आफन्त भेट्न होस कि खेती हेर्न दिनहुँ जमुनी नदीमाथि ओहोरदोहोर गर्नुपर्छ। जमुनी नदी नेपालभारत सीमामै पर्छ।धनुषाको मुखियापट्टी मुसहरनियाँ बस्ने अवधका धेरै आफन्त र खेत नदी पारी छन्। जमुनीमाथि पुल छैन। यहाँ पुल नहुँदा आफूले पाएको दु:खबारे अवध भन्छन्- कति दु:ख हुन्छ भनेर म शब्दमा भन्न सक्दिनँ। ‘गएको असारमा बहिनीको घरबाट फर्किँदै थिएँ। बाढीले […]

काठमाडौं । देउराली बहुउद्देश्य सहकारी संस्थाका अध्यक्ष रविन्द्र चौलागाईंको बयानका आधारमा प्रभु बैंकका सिनियर डेपुटी प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) मनोज न्यौपाने र अन्य कर्मचारी पक्राउ परेको खुलेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रवक्ता तथा प्रहरी उपरीक्षक (एसपी) होविन्द्र बोगटीका अनुसार तत्कालीन सेन्चुरी कमर्सियल बैंकमा हुँदा धितो मूल्यांकनभन्दा बढी ऋण प्रवाह गरेको आधारमा […]