राजनीति
काठमाडौं- सार्वजनिक जग्गा व्यक्ति विशेषका नाममा ल्याएको आरोपमा २४९ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बिहीबार २४९ जना विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो। कैलालीको टीकापुर नगर विकास समितिका तत्कालीन अध्यक्ष नेत्रप्रसाद जोशी, ललित ताम्राकार, धीजराज रेग्मीसमेत २४९ जना विरुद्ध मुद्दा दायर भएको अख्यितारका प्रवक्ता नरहरि घिमिरेले बताए। […]
काठमाडौं सत्तारुढ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अहिले प्रधानमन्त्री फेर्ने विषयमा छलफल पनि गर्न नहुने टिप्पणी गरेका छन् । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका नेताहरूले प्रधानमन्त्री फेरबदल गर्ने धारणा सार्वजनिक गरिरहेका बेला नेपालले वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालले कामै गर्न नसक्ने भएकाले यस विषयलाई अहिले छलफलको विषय बनाउन नहुने तर्क गरेका हुन् […]
मोरङ क्षेत्र नं ३ बाट निर्वाचित सांसद डा.सुनिल शर्माले दार्चुलाका २ जना विद्यार्थीलाई निःशुल्क सि.ए (चार्टड एकाउण्टेण्ट) पढाइदिनुहुने भएको छ । नेपाल विद्यार्थी संघ दार्चुला वहुमुखि क्याम्पस इकाइ समितिद्वारा आयोजित ‘सांसदसंग विद्यार्थी संवाद’ कार्यक्रमका प्रमुख अतिथिसमेत रहनुभएका डा. शर्माले कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उक्त घोषणा गर्नुभएको हो । नेपाली काङग्रेसबाट निर्वाचित सांसद शर्माले उक्त […]
सहकारी ठगी प्रकरणमा जिल्ला प्रहरी कार्यालय कास्कीमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध उजुरी परेको छ । पोखराको सूर्यदर्शन सहकारीका वचतकर्ताले सभापति लामिछाने र पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा तथा नेकपा माओवादी केन्द्रका विद्यार्थी नेता दीपेश पुनसहित १८ जनाविरुद्ध सोमबार उजुरी दिएका हुन् । सूर्यदर्शनका पदाधिकारीले बचतकर्ताको १ अर्ब ११ करोड ३४ लाख ४३ हजार ४५ […]
भेरीगंगा नगरपालिकाले चालू आर्थिक वर्षका लागि छिन्चु खोला, तोली खोला र कालपानी खोलामा २४ हजार घनमिटर नदीजन्य पदार्थ उत्खनन तथा संकलनको अनुमति दिएको छ। नदीजन्य पदार्थको संकलन तथा उत्खनन्का लागि दैलेखको चामुण्डा विन्द्रासैनी नगरपालिका–८ ठेगाना रहेको हिमाल कन्ट्रक्सनले ६८ लाख ९६ हजारमा ठेक्का लिएको छ। प्रारम्भिक वातावरणीय परीक्षण (आइइई) प्रतिवेदनमा नदीजन्य पदार्थको उत्खनन तथा संकलनमा […]
२१ माघ, पोखरा । ट्रयाक खुलेको २५ वर्षसम्म सडकको अवस्था नसुध्रिएपछि बागलुङ काठेखोला गाउँपालिकाका जनप्रतिनिधि नै आन्दोलमा उत्रिएका छन् । मध्यपहाडी लोकमार्गमा पर्ने गाउँपालिकाभित्रको २५ किलोमिटर सडक कालोपत्रेको माग गर्दै गाउँपालिका अध्यक्ष राजु थापासहितका स्थानीय बासिन्दाले आइतबार करिब ४ घण्टा मध्यपहाडी लोकमार्ग अवरुद्ध गरेका हुन् । ‘ट्रयाक खोलेको २५ वर्ष भइसक्दा पनि बाटोको अवस्था सुध्रिएन […]
नेपालमा प्राविधिक जनशक्तिको अभावको उत्कर्ष भईरहदा सिप प्रदान गरि नेपालमा रोजगारी सृजना गर्ने उदेश्यका साथ २०४५ सालको अन्तिमतिर प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषदको स्थापना भयो। प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषदमा संघीयता पश्चात् विभिन्न प्रदेशमा कार्यालय स्थापना भए तर, पनि आजका दिनसम्म बिद्यार्थीका नियमित गतिविधिमा सहजीकरण डेलिभर गर्ने,शिक्षालयको अनुगमन र मनिटरिङ जस्ता हुनैपर्ने महत्त्वपूर्ण […]
प्राविधिक शिक्षा तथा ब्यवसायिक तालिम परिषद केन्द्रिय कर्मचारी संघको आठौँ महाधिवेशन सम्पन्न भएको छ । गए राति सम्पन्न महाधिवेशनमा अध्यक्षमा दिपक टण्डन, वरिष्ट उपाध्यक्षमा विनय देवकोटा, उपाध्यक्षमा प्रमोद पौडेल, चतुरभुज शाही र महासचिव कृष्ण बहादुर खड्का निर्वाचित भएकाहुन् । अध्यक्षमा निवाचित भएका दिपक टण्डन भने यस अगाडिका समेत अध्यक्ष रहेका थिए ।
काठमाडौँ । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हिनामिना गरेको आरोपमा पक्राउ परेका व्यवसायी अरुणकुमार चौधरीसँग बयान लिन थालिएको छ । जिल्ला सरकारी वकील कार्यालयका प्रमुख सन्देश श्रेष्ठको अगुवाइमा अनुसन्धान अधिकृतहरुले बयान लिएका हुन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले कानुनी प्रक्रियाअन्तरगत नै बयान लिन थालिएको राससलाई जानकारी दिनुभयो । […]
काठमाडौँ – नेपाली कांग्रेसका सांसद सुनिलकुमार शर्माले प्रधानमन्त्री र गृहमन्त्रीले पैसाको बार्गेनिङ गर्नका लागि उद्योगी अरुण चौधरीलाई पक्राउ गरेको आरोप लगाएका छन्। शुक्रबार नेपाली कांग्रेस संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद शर्माले वर्तमान सरकारले उद्योगी तथा ठूला घरानाहरुलाई पैसाको बार्गेनिङ गर्नका लागि पक्राउ गर्ने गरेको आरोप लगाएका हुन्। उनले उद्योगीहरुलाई गिरफ्तार गर्ने र हतोत्साही […]











