काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले खुलामञ्च सधैँ खुल्लै रहनुपर्ने बताएका छन्। पछिल्लो समय महानगरले खुलामञ्च मासेर फुटबल मैदान बनाउन खोजेको समाचार आइरहेका बेला उनले यसबारे आफ्नो भनाइ सार्वजनिक गरेका हुन्। ‘हाम्रो सधैँको चाहना छ कि खुलामञ्च सधैँ खुल्लै हुनु पर्छ। त्यो कुनै समूह वा कुनै एककार्यका लागि मात्र नभएर बहुउपयोगी महत्वको बनोस् भन्नेमा हामी सचेत […]

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डलाई ‘सहकारी तथा लघुवित्त संस्थाको संकट, समाधानका उपाय र योजना’ समेटिएको प्रतिवेदन बुझाएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, उपसभापति डा स्वर्णीम वाग्लेसहितको टोलीले सुझावपत्र बुझाएको हो। सुझावपत्र बुझ्दै प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहकारी र लघुवित्तबाट पीडित भएका नेपालीलाई न्याय दिन आफैं […]

काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसबाट आफूहरुले धोका पाएको बताएका छन् । कोसी प्रदेशको चुनावी परिणामलाई संकेत गर्दै उनले भने, “कांग्रेसबाट धोका भयो, गठबन्धनमा समीक्षा हुन्छ । हामी इमान्दार भयौँ । गठबन्धनबाट जहिले नै धोका भइरहेको छ ।” उनले अहिले सरकारको राम्रो कामको प्रभाव परेको बताउँदै माओवादीले जनयुद्ध दिवस […]

काठमाडौं । सरकारले फागुन १ गते सार्वजनिक बिदा नदिएको प्रष्टीकरण दिएको छ । यसअघि फागुन १ गते जनयुद्ध दिवसको अवसरमा सार्वजनिक बिदा दिएपनि हाल बिदा कायम नरहेको प्रष्टीकरण दिएको हो । प्रवक्ता नारायण प्रसाद भट्टराईले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अदालतको फैसलाको आधारमा मन्त्रिपरिषद्को मिति २०८०/१०/२५ को बैठकको निर्णयानुसार नेपाल राजपत्र खण्ड ७२, संख्या ६५, […]

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललसमक्ष प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय सुरक्षा परिषद्को बार्षिक प्रतिवेदन पेश गर्नुभएको छ । प्रतिवेदन बुझेपछि सो समारोहलाई सम्वोधन गर्दै राष्ट्रपति पौडेलले मुलुकको राष्ट्रियता, सार्वभौमसत्ता, स्वतन्त्रता, अखण्डता र राष्ट्रिय सुरक्षालगायतका संवेदनशील कार्यमा राष्ट्रिय सुरक्षा परिषद् सधैं चनाखो रही कार्य सम्पन्न गर्न दृढ रहनेमा आफू विश्वस्त रहेको बताउनुभयो […]

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बाँसबारी छालाजुत्ता उद्योगको १० रोपनी जग्गा हिनामिना प्रकरणको छानबिनबाट सरकार पछि नहट्ने बताएका छन्। संघीय संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन्। ‘राज्यको कार्यकारी अंग सरकार हो। राज्यको अन्य अंग शक्ति पृथकीकरणको सिद्धान्तअनुसार अघि बढेका छन्’, उनले भने, ‘अदालतले अरुण चौधरी लगायतलाई […]

नेपाली जनसम्पर्क समिति क्यानडाले जुलाईको २८ र २९ तारिखमा दोस्रो विश्व प्रशिक्षण कार्यक्रम आयोजना गर्ने भएको छ । प्रशिक्षण कार्यक्रमलाई बिश्व भरिका जनसम्पर्क समितिले पनि सहभागिता जनाउने निर्णय नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति तथा नेपाली कांग्रेस निवर्तमान आमन्त्रित केन्द्रीय सदस्य आनन्द बिष्टको सभापतित्वमा सम्पन्न बैठकले निर्णय गरीएको जानकारी बिज्ञप्ति मार्फत गरिएको छ। साथै उक्त पत्रमा […]

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले नेपाल—चीनबीचको अन्तरदेशीय र व्यापारिक नाकाहरु सुचारु र व्यवस्थित गर्ने विषयमा बढी प्राथमिकता दिएको बताउनुभएको छ । शनिवार नेपाल हिमालय सीमापार वाणिज्य संघको २४ औं साधारण सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले तेस्रो पटक प्रधानमन्त्री बनेदेखि नै सबैभन्दा धेरै प्राथमिकता नेपाल चीनबीचको अन्तरदेशीय र व्यापारिक नाकाहरु सुचारु […]

काठमाडौँ काभ्रेको बनेपा नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष नृपेश बादेविरुद्ध शुक्रवार विशेष अदालतमा काठमाडौँमा मुद्दा दायर गरिएको हो । घर बाटो सिफारिस गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग घुस मागेको उजुरीका आधारमा उनी गत माघ ३ गते रंगेहात पक्राउ परेका थिए । बादेले घरबाटो सिफारिस गरिदिने प्रयोजनार्थ सेवाग्राहीसँग पन्ध्र लाख रुपैयाँ घुस–रिसवत माग गरी लिएको पुष्टि […]

काठमाडौँ- सरकारले राष्ट्रिय प्रजातन्त्र दिवस भव्यतापूर्वक मनाउने निर्णय गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा शुक्रबार सिंहदरबारमा बसेको प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकले दिवसका अवसर पारेर आगामी फागुन ६, ७ र ८ गते विविध कार्यक्रम आयोजना गर्ने निर्णय गरेको हो। बैठकले आगामी फागुन ६ गते प्रजातन्त्र दिवस केन्द्रित विशेष संवाद, परिसंवाद, रेडियो नाटकलगायत जनचेतनामूलक कार्यक्रमको […]