प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने क्रममा नेपाली काँग्रेसले गरेको अवरोधको मूल्य काँग्रेसले चुकाउनुपर्ने बताउनुभएको छ । सोमवार विश्वासको मत मागिसकेपछि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उहाँले यस्तो चेतावनी दिनुभएको हो । उहाँले काँग्रेसले आफूले विश्वासको मत लिँदा बिरोध गरेर गल्ती गरेको बताउनु भयो । उहाँले विगतमा आफूले काँग्रेसलाई पटक पटक साथ दिएको तर […]

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सहकारी पिडितलाइ न्याय दे , छानविन समिती गठन गर भन्दै संसद अबरोध गरेपछी प्रतिनिधि सभाको बैठक १५ मिनेको लागी स्थगित भएको छ । यस अघिपनी काँग्रेसले पटक पटक यही माग राख्दै बैठक अबरोध गर्दै आएको थियो । सोमबार प्रधानमन्त्री पुष्पकमल दाहालले बिश्वासको मत लिने कार्यक्रम छ ।

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिन नेपाली कांग्रेसले ह्वीप जारी गरेको छ । सोमबार बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत नदिन सांसदहरुलाई ह्वीप जारी गरेको सचेतक रमेश लेखकले जानकारी दिए । साथै, बैठकले संसदको अवरोध जारी राख्ने निर्णय गरेको उनले बताए । गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन […]

काठमाडौँ । संसद बैठक सूचना टाँस गरेर दिउँसो २ बजेका लागि सारिएको छ । संसदीय छानबिन समिति बनाउने विषयमा दलहरूबिच सहमति हुन नसकेपछि बैठक सारिएको हो । विपक्षी मोर्चाले गृहमन्त्री रवि लामिछानेलाई बोल्न दिने तर छानबिन समितिको टीओआरमा सहमति नजुटेसम्म बैठक नचलाउन आग्रह गरेको थियो । सोहिअनुसार बैठकको समय परिवर्तन गरिएको हो ।

काठमाडौँ । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले अटिजम भएका विद्यार्थीलाई पढाउने शिक्षक र मनोपरामर्शदाता शिक्षण अनुमति पत्र आवश्यक रहेको बताउनुभएको छ । आईतवार माईतीघर मण्डलामा विगत पाँच दिनदेखि उभिएर बिरोध जनाउँदै आएका नेपाल समाजवादी विद्यार्थी युनियनका केन्द्रिय सदस्य नेत्र चापागाईंंको मागलाई ऐक्यवद्धता जनाउँदै यस्तो बताउनुभएको हो । उहाँले अटिजम काउन्सिलरहरुको लागि इजाजतपत्रको व्यवस्था गर्न […]

काठमाडौं । संसद् बैठक अघि विपक्षी दलहरू छलफलमा जुटेका छन् । प्रतिनिधिसभाको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आह्वानमा वानेश्वरमा विपक्षी दलहरूको बैठक बसिरहेको छ । राप्रपा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले बैठकमा आजको संसद् बैठकमा विपक्षी दलहरुको साझा प्रस्तुतिबारे छलफल हुने जानकारी दिए । सहकारीको रकम हिनामिना प्रकरणमा मुछिएका उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न […]

काठमाडौँ । विपक्षी दलले संसदीय समिति नबनेसम्म सदन चल्न नदिने बताएका छन् । सभामुख देवराज घिमिरेसँगको बैठकमा विपक्षी दलका प्रमुख सचेतकहरुले यस्तो बताएका हुन् । उनीहरुले बैठकमा सभामुख घिमिरेलाई जबर्जस्ती सदन नचलाउन पनि आग्रह गरेका छन् । ‘हामी विपक्षीहरूले जबर्जस्ती सदन नचलाउन सभामुखलाई आग्रह गरेका छौं ।’ कांग्रेस प्रमुख सचेतक रमेश लेखकले भने । प्रतिनिधिभाको […]

नेपाली कांग्रेसका युवा नेता भुपेन्द्रजंग शाही पुर्वी नेपालका पहाडी जिल्लाहरु रामेछाप,ओखलढुंगा,हुँदै सोलुखुम्बु जिल्लाको सल्लेरिमा पुग्नुभएको छ। नेपाली कांग्रेस जिल्ला कार्यसमिति सोलुखुम्बुले आयोजना गरेको कार्यक्रममा भेटघाट गर्दै कार्यक्रमलाई सम्बोधन गर्नुभएको हो। उक्त भेटघाट कार्यक्रममा बोल्दै युवा नेता शाहीले पार्टीलाई चौतर्फी आक्रमण भईरहेको औल्याए। तर, उनले भने नेपाली कांग्रेस जुनसुकै शक्तिले आक्रमण गरेपनि पार्टीलाई कुनै असर हुँदैन […]

काठमाडौँ । नेपाली कांग्रेसले सभामुख देवराज घिमिरे संसदीय मर्यादामा नबसेको ठहर गरेको छ । शुक्रबार बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले हिजोको संसद वैठकमा सभामुखको भूमिका तटस्थ र निष्पक्ष नरहेको निष्कर्ष निकलेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । सभामुखले आफ्नो मर्यादा भुलेर संसदको कामकारबाही अघि बढाउन खोजेको कांग्रेसको आरोप छ । लेखकले भने, ‘सभामुख […]

पुर्बी नेपालका पहाडी जिल्लाको यात्रामा युवा नेता शाही नेपाली कांग्रेसका युवा नेता भुपेन्द्रजंग शाही पुर्वी नेपालका पहाडी जिल्लाहरु रामेछाप हुँदै ओखलढुंगा पुग्नुभएको छ। नेपाली कांग्रेस जिल्ला कार्यसमिति ओखलढुंगाले आयोजना गरेको कार्यक्रममा भेटघाट गर्दै कार्यक्रमलाई सम्बोधन गर्नुभएको हो। कार्यक्रममा बोल्दै शाहीले नेपाली कांग्रेसको एकताबद्दको विकल्प नरहेको औल्याउँदै पार्टीमा समान अवसर र सुदृढ संगठनमा सौहार्दपुर्ण वातावरण रहिरहनु […]