राजनीति
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले तीनकुने घटनामा संसदीय समितिको ध्यानाकर्षणको विषय नबनेको भन्दै आपत्ति जनाउनुभएको छ । बुधवार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले यस्तो गुनासो गर्नुभएको हो । उहाँले मुलुकमा कुनै प्रकारको गम्भीर घटना हुँदा संसदको पहिलो ध्यानाकर्षण हुनुपर्नेमा त्यसो हुन नसकेको बताउनु भयो । उहाँले संसद नबसेको […]
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रमा जनताको अभिमत सबैभन्दा ठूलो हुने र संविधानको व्यवस्था, मर्म र भावना भुले नेपाली जनतालाई स्वीकार्य नहुने बताउँदै संविधानले दिएको हाम्रो अधिकार प्रयोग गर्दा त्यही संविधानले अपेक्षा गरेको लोकतान्त्रिक संस्कृति र संस्कारको बिर्सिए जनतालाई स्वीकार्य नहुने स्पष्ट पार्नुभएको छ । ‘लामो संघर्ष, त्याग र बलिदानबाट जनता आफंैले बनाएको संविधानले प्रत्येक […]
काठमाडौँ । भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङले भाटभटेनीमा लुटपाट र ढुङ्गा हानेर नेपालमा राजतन्त्र नफर्कने बताएका छन् । आज भाटभटेनीले चैत १५ को घटनामा कम्पनीको सुरक्षामा योगदान दिएका कर्मचारीहरूलाई सम्मान गर्ने कार्यक्रमपछि बोल्दै उनले राजसंस्था फर्काउने आन्दोलनका जनकमान्डर बनाइएका दुर्गा प्रसाईँलाई गुन्डा नाइकेको संज्ञा समेत दिए । उनले गरेको आन्दोलनले भाटभटेनीमा लुटपाट र ढुङ्गा हानेर […]
नेपाल उद्योग वाणिज्य महासंघ र थाईल्यान्डको थाई चेम्बर अफ कमर्श एण्ड बोर्ड अफ ट्रेडबीच आपसी सहकार्यको तथा व्यापार व्यवसाय अभिवृद्धिका विषयमा समझदारी भएको छ । दुवै देशका प्रधानमन्त्रीहरुको उपस्थितीमा आज बैंककमा भएको समझदारीपत्रमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल र थाई चेम्बर अफ कमर्श एण्ड बोर्ड अफ ट्रेडका अध्यक्ष सानन अंगुबोल्कुलले हस्ताक्षर गर्नु […]
बागमती प्रदेशसभाको बैठक आज अपराह्न १ः०० बजेका निम्ति आह्वान भएको छ । बजेट बाँडफाँटमा दलीय सहमति नहुँदा मङ्गलबार लागि बोलाइएको बैठक सूचना टाँसेर स्थगन भएको थियो । सभामुख भुवनकुमार पाठकले प्रदेशसभा बैठक सञ्चालन गर्न आज पनि दलहरूबीच छलफल हुने र सहमतिका निम्ति अधिकतम प्रयास गरिने बताए । सरकार पक्ष र प्रतिपक्ष दलबिच छलफल भए पनि […]
काठमाडौँ: राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओली थाइल्याण्डको औपचारिक भ्रमण तथा बिम्स्टेकको छैटौँ शिखर सम्मेलनमा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गर्नुभएकाले उहाँको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्यको जिम्मेवारी उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सम्हाल्ने गरी तोक्नुभएको छ । नेपालको संविधानबमोजिम प्रधानमन्त्री ओलीको सिफारिसमा उपप्रधानमन्त्री सिंहलाई उक्त जिम्मेवारी तोकिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ […]
काठमाडौँ । प्रतिनिधिसभाले सांसद दीपक बोहराको निधनमा शोक प्रस्ताव पारित गरेको छ । संसद् भवन नयाँ बानेश्वरमा बसेको बैठकले सर्वसम्मतिले शोक प्रस्ताव पारित गरेको हो । २०७९ मंसिर ४ गते भएको निर्वाचनमा रुपन्देही निर्वाचन क्षेत्र नम्बर–३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का तर्फबाट उम्मेदवार बन्दै निर्वाचित भएका बोहराको आज निधन भएको थियो । यसैगरी, राष्ट्रपति पौडेलले […]
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारले तीनकुनेको घटना लुकाएझैँ पर्साको वीरगञ्जस्थित सानोपाइला सहकारीको रकम गोर्खा मिडियामा गएको भन्ने भ्रम पैदा गरेको आरोप लगाउनुभएको छ । मंगलवार सिंहदरबारस्थित सभामुख देवराज घिमिरेसँगको भेटका क्रममा उहाँले यस्तो आरोप लगाउनुभएको हो । पर्साको विलम्वलाई कसरी हेर्नुभएको छ भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा उहाँले तीनकुनेको घटना झैँ सबै नाङ्गो […]
काठमाडौं । सभामुख देवराज घिमिरेले आफूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको निलम्बन फुकुवा गर्न नसक्ने बताएका छन् । मंगलबार आफूलाई भेट्न आएका लामिछानेसहित रास्वपाका नेताहरूलाई घिमिरेले निलम्बन आफूले नगरेको स्पष्ट पारेको सभामुखका प्रेसविज्ञ शेखर अधिकारीले जानकारी दिए । “तपाईंको सांसद पद सभामुखले निलम्बित गरेको अवस्था होइन । कानुनः त तपाईंको पद निलम्बित भएको […]
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सभामुख देवराज घिमिरेलाई भेटेर सांसद पद निलम्बन फुकुवाका लागि आग्रह गरेका छन्। आज बिहान सभामुख घिमिरेलाई भेटेर सभापति लामिछानेले यस्तो माग गरेका हुन्। यसअघि गत माघ १८ गते पनि सभामुखलाई भेटेर सभापति लामिछानेले आफ्नो सांसद पद निलम्बन फुकुवा गरिदिन आग्रह गरेका थिए। मंगलबार पुनः सभामुखलाई भेटेर […]











