राजनीति
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमवार काठमाडौंमा आयोजित ‘हिमालयन संवाद’ मा विश्व सम्बन्ध र नेपालको विदेश नीतिबारे व्यक्त गर्नुभएका धारणाहरूले नेपालको भूराजनीतिक संकटको जटिल चित्र उजागर गरेको छ । विश्वको बदलिँदो शक्ति सन्तुलन, दुई छिमेकी (भारत र चीन) सँगको सम्बन्ध र अमेरिकी सहयोग कटौती जस्ता मुद्दामा उहाँको लामो मन्तव्य सांकेतिक र लाक्षणिक थियो । […]
नेकपा (एकीकृत समाजवादी) कोशी प्रदेश कमिटीको पहिलो अधिवेशन मंलबार सुनसरीको इटहरीमा सुरू हुँदैछ। अध्यक्ष माधवकुमार नेपालले उद्घाटन गर्ने अधिवेशन दुई दिनसम्म चल्नेछ। नेकपा एमालेबाट विभाजित बनेयता एकीकृत समाजवादी कोशीको पहिलो अधिवेशन हुन लागेको हो। अधिवेशनमा सम्मानित नेता झलनाथ खनालसहितका शीर्ष नेताहरू सहभागी हुनेछन। एकीकृत समाजवादी स्रोतका अनुसार पार्टी प्रदेश अध्यक्षमा महेश रेग्मी, सरिता खडका, केशव […]
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलप्रति जनताको जे–जति अपेक्षा थियो, त्यस अनुसार काम हुन नसकेको प्रस्ट छ । मैले उहाँको एक वर्ष अवधि भनेर ठ्याक्कै मूल्याङ्कन गरेको त छैन, यद्यपि राम्रै भयो भनेर भन्न सक्ने अवस्था पनि छैन । जनताको अपेक्षा अनुसार उहाँले कार्यसम्पादन गर्न नसकेको प्रस्ट छ । भएका कामहरू पनि सिस्टममा गएको देखिँदैन । […]
पार्टीभित्र र बाहिर चलिरहेको आलोचनालाई सुनेको नसुन्यै गर्दै पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन अन्ततः सक्रिय राजनीतिमा फर्केका छन्। संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको दुई कार्यकाल उपराष्ट्रपति भइसकेका उनी नेकपा (माओवादी केन्द्र) को उपाध्यक्ष बनेर सक्रिय राजनीतिमा फर्किएका हुन्। माओवादी सशस्त्र विद्रोहमा छँदा सैन्य कमाण्डरका रूपमा पहिचान बनाएका र पासाङ उपनामले चिनिएका उनले गणतन्त्रपछि सक्रिय राजनीतिमा फर्कने पूर्व ‘सम्माननीय’ […]
राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शम्शेर राणा चैत १५ गतेदेखि प्रहरी हिरासतमा छन्। उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा एउटै कोठामा राखिएको छ। मिश्र, राणालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरी परिसरको जिम्मा लगाएको थियो। वरिष्ठ उपाध्यक्ष मिश्रलाई पहिलादेखि अरू थुनुवाहरूसँगै राखिएको थियो भने सांसदसमेत रहेका महामन्त्री राणालाई भने […]
प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार मधेस प्रदेशसभालाई सम्बोधन गर्दै छन् । सबै प्रदेशमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम अन्तर्गत आज मधेस प्रदेशसभा सम्बोधन गर्न लागेका हुन् । प्रधानमन्त्री ओलीले प्रदेशसभाबाट सम्बोधन गर्ने भएपछि त्यसको तयारी भव्य रूपमा गरिएको छ । बाहिर गेट बनाउनेदेखि लिएर सभाहलमा कार्पेट लगाउने कामसमेत भएको प्रदेशसभा सचिवालयले जनाएको छ । मंगलबार […]
काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको प्रजातन्त्र प्राप्तिमा भारतका पूर्वप्रधानमन्त्री चन्द्रशेखरको ठूलो योगदान रहेको बताउनुभएको छ । गणेशमान सिंह फाउन्डेसनले आज यहाँ आयोजना गरेको ‘नेपाल–भारत सम्बन्ध सुदृढ गर्न भारतका पूर्वप्रधानमन्त्री चन्द्रशेखरले पु¥याउनुभएको योगदान’ विषयक कार्यक्रममा उहाँले भन्नुभयो, “पूर्वप्रधानमन्त्री चन्द्रशेखरले नेपालको प्रजातन्त्रबारे नेपालमा मात्र होइन भारतमा पनि आवाज उठाउनुभएको थियो । उहाँ नेपाल आएपछि प्रजातन्त्र […]
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षक समुदायका माग र आन्दोलनका सम्बन्धमा आज सम्बन्धित मन्त्री र सचिवहरुसँग छलफल गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई, मुख्यसचिव एकनारायण अर्याल र सम्बन्धित मन्त्रालयका सचिवसँगको छलफलमा थप गृहकार्य गरी वार्ताबाट समस्याको समाधान गर्नुपर्नेमा […]
काठमाडौँ । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले नेपाल–भारतबीको सम्बन्ध बहुआयामिक रहेको बताउनुभएको छ । गणेशमान सिंह फाउण्डेसनले सोमवार काठमाडौंमा आयोजना गरेको ‘नेपाल–भारत सम्बन्ध सुदृढ गर्न भारतका पूर्व प्रधानमन्त्री चन्द्रशेखरजीले पुर्याउनुभएको योगदान’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाल र भारत नजिकका साथी भएको कारण कुनैपनि विषयमा रहेका समस्याहरु संवादमार्फत समाधान […]
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । उनको स्वास्थ्य परीक्षण गरी कारागारको ब्लक नम्बर–४ मा राखिएको छ । ब्लक नम्बर ४ मा अहिले लामिछानेमात्रै रहेको भन्दै आगामी दिनमा कैदीबन्दीको संख्या बढ्दै गए अरुलाई समेत राख्नुपर्ने बताइएको छ । अहिले भैरहवा कारागारमा ५९४ जना कैदीबन्दी […]











