काठमाडौं । तत्कालीन सेन्चुरी बैंकका सीईओ मनोज न्यौपानेसहित १० जना पक्राउ परेका छन् । सबै तत्कालीन बैंकका कर्मचारी भएको प्रहरी स्रोतले जनाएको छ । सेन्चुरी बैंकबाट ऋण प्रवाह गर्दा अनियमितताको आरोप उनीहरुमाथि लागेको छ । पक्राउ पर्नेमा तुलसीराम गौतम, सविन घिमिरे, सुवास बहादुर श्रेष्ठ, अनुपमा श्रेष्ठ प्रधान, सुनील बस्नेत, मनोज न्यौपाने, दिलीप बराल, दिपेश प्रधान, […]

काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का नेताहरुले राष्ट्रियसभाको अध्यक्ष पद पार्टीले छोडन नहुने धारणा राखेका छन् । मंगलवार पार्टी मुख्यालय पेरिसडाँडामा बसेका पार्टी स्थायी कमिटी बैठकमा अधिकांश नेताहरुले राष्ट्रिय सभा निर्वाचनमा बारे आ–आफनो मत राख्दै अध्यक्ष पद भने पार्टीले छाडनु नहुने मत राखेका हुन् । राष्ट्रिय सभा अध्यक्ष नेपाली काँग्रेस नेता कृष्णप्रसाद सिटौला […]

काठमाडाैं- शिविरबाट रेफर भएर आएका २० बिरामीको काठमाडौं मेडिकल कलेज सिनामंगलमा निःशुल्क शल्यक्रिया भएको छ । काँग्रेस नेता समेत रहेका डा.सुनिल शर्माको सहयोगमा माघ २५ गते डडेल्धुरा अस्पतालमा गरिएको निःशुल्क स्वास्थ्य शिविरवाट रेफर भएका बिरामीको उपचार तथा शल्यक्रिया भइरहेको हो। आजसम्म २० जना बिरामीकोे उपचार र शल्यक्रिया निःशुल्क भएको नेविसंघ केन्द्रीय सदस्य ई.भुवन भट्टले बताए […]

काठमाडौं- सत्तारुढ दल नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्माले समितिको बैठक क्यालेण्डरअनुसार चलाउन माग गरेका छन् । शुक्रबार सिंहदरबारमा बसेको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन् । उनले समितिको बैठक समिति सभापतिलाई मन लागेको दिन बोलाउने काम भएको भन्दै आपत्ति जनाए । उनले समितिको बैठक सञ्चालन सम्बन्धी क्यालेण्डर […]

काठमाडौँ । नेपाली कांग्रेको महासमिति बैठक आघि साँझ सकिएको छ । यही फागुन ७ गतेबाट सुरु भएको महासमितिको बैठक केही प्रस्तावहरुलाई परिमार्जनसहित पारित गर्दै आजै सम्पन्न भएको हो । यो बैठक समापन अघि त्यहाँ नेपाललाई हिन्दू राष्ट्र कायम गरिनुपर्ने भन्ने प्रस्तावले प्रवेश पाएको छ । सो प्रस्तावले प्रवेश पाउला नपाउला भन्ने विविध अड्कलबाजी तथा कौतुहलताका […]

काठमाडौं । चार पटक स्थगित भएर र संस्थापन पक्षले नचाहँदा नचाहँदै बसेको कांग्रेस महासमिति बैठक अलमलमै सकिएको छ । कांग्रेसको आगामी नीति तय गर्ने भनिए पनि महासमितिले त्यस्तो कुनै नयाँ काम गर्न सकेन । महासमिति बैठकले पार्टी संगठन निर्माण, संविधान संशोधन र सरकारको कामकारबाहीबारे कुनै पनि निर्णय लिन सकेन । उल्टै विषयलाई गिजोल्ने काम मात्र […]

काठमाडौं, १० फागुन । नेपाली कांग्रेसका नेता एवं महासमिति सदस्य भुपेन्द्रजङ शाहीले महासमिति बैठक आम नागरिकको जल्दाबल्दा मुद्दामा स्पष्ट सन्देश दिनबाट चुकेको टिप्पणी गरेका छन् । धेरैपछि आयोजना भएको महासमितिको बैठक शान्तिपूर्बक सम्पन्न गर्नु नै बैठकको उपलब्धि देखिएको उनले बताए । महासमिति सदस्यहरुको भावना विपरित वर्तमान गठबन्धनलाई निरन्तरता दिने उल्टो निर्णय भएको उनको भनाइ छ […]

काठमाडौं । बालकुमारी घटनामा ‘दोषी’ किटान भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले नैतिकता प्रदर्शन गर्न नसकेको भन्दै आलोचना खेपिरहेका छन् । बिहीबार बसेको प्रतिनिधिसभाको बैठक सुरू हुनासाथ प्रमुख प्रतिपक्ष नेकपा एमाले, रास्वपालगायतका राजनीतिक दलले दोषी किटान गरिएका मन्त्रीलाई किन बर्खास्त नगरेको भन्दै सदन अवरोधको चेतावनी दिए । त्यसपछि सभामुख देवराज घिमिरेले बालकुमारी घटना प्रकरणको […]

तुलसीपुर, १० फागुन । दाङका १० पालिका मध्ये शान्तिनगर गाउँपालिका कार्यसम्पादनमा पहिलो भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन अनुसार ३८.६९ अंक ल्याएर शान्तिनगर जिल्लाको पहिलो भएको हो । त्यस्तै ३०.९० अंक ल्याएर घोराही उपमहानगरपालिका दोस्रो, ३०.२८ अंक ल्याएर राप्ती गाउँपालिका तेस्रो भएका छन् । त्यस्तै २९.९४ अंक ल्याएर दंगीशरण गाउँपालिका चौथो, २९.५३ […]

नेपाली कांग्रेससँगको गठबन्धनमा रहे पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पछिल्लो केही समययता तारन्तार भेटघाट गरिरहेका छन् । कांग्रेसबाट सरकारको प्रभावकारी सञ्चालनमा भएको असहयोग र गठबन्धनको विरोधका बीच प्रचण्ड र ओलीबीच नियमित ढंगले अर्थपूर्ण भेट भइरहेका हुन् । कांग्रेसलाई दबाब दिन मात्रै भन्दा पनि भावी समीकरणको तयारीस्वरूप दुई नेताबीच भेटघाट भइरहेको […]