बैतडी । नेकपा (एमाले)का उप महासचिव तथा स्कुल बिभाग प्रमुख प्रदिप ज्ञवालीले इलाम र बझाङको उप निर्वाचनले एमालेको लोप्रियता प्रमाणित गरेको बताएका छन्। पार्टीको तीन दिने कार्यकर्ता प्रशिक्षणका क्रममा बैतडी आउनु भएका ज्ञवाललीले इलाममा बियज कायम राख्नु र बझाङमा सिट थप्नुले एमालेको लोकप्रियता र राष्ट्रिय राजनीतिमा एमाले अपरिहार्य रैछ भन्ने प्रमाणित भएको बताएका हुन् । […]

काठमाडौँ । सभामुख देवराज घिमिरेले संसदीय समितिमा रहेका विधेयकहरूलाई छिटोभन्दा छिटो पारित गरेर संसदमा ल्याउन निर्देशन दिएका छन् ।  मंगलबार संसदीय समितिका सभापतिहरू र राष्ट्रिय दलका प्रमुख सचेतक तथा सचेतकहरूसँगको बैठकमा बोल्दै सभामुख घिमिरेले समितिमा रहेका विधेयकहरूलाई पारित गरेर संसदमा ल्याउन निर्देशन दिएका हुन् । उनले समितिमा छलफलको क्रममा रहेका विधेयकहरूलाई संसद्को आगामी अधिवेशन आह्वान […]

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारको आधिकारिक अनलाइन मिडिया नरहेको बताउनुभएको छ । मंगलवार प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । सार्वजनिक सेवा प्रशारण विधेयकमाथिको छलफलका क्रममा उहाँले सरकारको आधिकारिक अनलाइन मिडिया नभइसकेपछि सार्वजनिक सेवा प्रशारण विधेयकमा मिसाउन नमिल्ने बताउनु भयो । उहाँले आगामी […]

काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले संविधानअनुसार अर्को सरकार बनाउन नमिल्ने आशयसहितको जानकारीपत्र प्रदेश प्रमुखसमक्ष पेस गर्नुभएको छ । मंगलवार प्रदेश प्रमुखको कार्यालय पुगेर मुख्यमन्त्री कार्कीले प्रदेश प्रमुख परशुराम खापुङसमक्ष आशयपत्र बुझाउनुभएको हो । मुख्यमन्त्री कार्कीबिरुद्ध गत वैशाख ७ गते कोशी प्रदेश सभाबाट संकल्प प्रश्ताव पारित भएको थियो । सत्ता साझेदार दलले समर्थन फिर्ता […]

फिक्कल । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङको संसद् यात्रा सुरु भएको छ । इलाम–२ मा भएको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा विजयी भएसँगै सुहाङको संसद् यात्रा सुरु भएको हो । एमालेका तत्कालीन उपाध्यक्ष समेत रहेका बुबा सुवासचन्द्र नेम्वाङको निधनपछि भएको उपनिर्वाचनमा बुबाको विरासत जोगाउँदै उहाँको सांसद यात्रा प्रारम्भ भएको हो । निकटतम प्रतिस्पर्धी नेपाली […]

काठमाडौं । इलाम प्रतिनिधिसभा क्षेत्र नं. २ बाट २७ हजार ७ सय ७२ मतसहित निर्वाचित भएका सुहाङ नेम्वाङको चर्चा देशभित्र मात्र नभएर बाहिर पनि उत्तिकै भइरहेको छ । ३२ वर्षीय नेम्वाङले इलाममा एमालेको जितको विरासत मात्र जोगाएनन्, एमालेको युवा पुस्ताको नेतृत्व पंक्तिमा आफूलाई उभ्याएका छन् । २०४६ साल फागुन ६ गते सुवासचन्द्र नेम्वाङ र विशाल […]

  इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा खसेको मत गणना भइरहेको छ। यसैक्रममा सोमबार माङसेबुङ गाउँपालिका वडा ५ को पनि मतगणना गरियो। जहाँ स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिम लिम्बूले सबैभन्दा बढी मत ल्याए। उनले वडा नम्बर ५ बाट मात्रै १०३२ मत ल्याएका छन्। जबकी यहाँ अन्य उम्मेदवारहरूले एक सय मत पनि कटाउन सकेनन्। मुढालाई चुलाचुली गाउँपालिका वडा […]

इलाम- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उमेदवार मिलन लिम्बुलाई आफ्नै वडाबाट पनि मत नआएको देखिएकाे छ। उनको जनता कल्याण आबी माङ्सेवुङ वडा नम्बर २ मा मतदान केन्द्र हो। यहाँबाट उनलाई ९६ मत मात्र प्राप्त भएको निर्वाचन आयोगको तथ्यांकले देखाउँछ। मिलनको वडामा १ हजार ४०७ मत गणना खसेको थियो। यहाँबाट एमालेले पहिलो नम्बरमा मत पाएको छ। एमाले […]

मत गणनाको सुरुआतको केही घन्टा नेपाली कांग्रेसका डम्बरबहादुर खड्काभन्दा पछि परेका नेम्वाङ अहिले लगातार अघि लागेका छन्। माङसेबुङ गाउँपालिका वडा नम्बर २ मा खसेको मत गणना गर्दा नेम्वाङले १० हजार ३ मत पाएका छन्। उनलाई पछ्याइरहेका कांग्रेसका खड्काले ६९४४ मत पाएको निर्वाचन आयोगले जनाएको छ। स्वतन्त्र उम्मेदवार डकेन्द्रसिह थेगिमले ५५९१ र रास्वपाका मिलन लिम्बूले १४४३ […]

इलाम–२ को उपचुनावअन्तर्गत जारी मतगणनामा नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङले मतान्तर घटाउँदै लगेका छन् । अहिलेसम्म फाकफोकथुम गाउँपालिकाको तीन वटा वडाको मत गणना गरिएको छ । अहिलेसम्म नेपाली कांग्रेसले झिनो मतले अग्रता लिएको छ । कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले एक हजार ६ सय ४३ मत ल्याएका छन् भने एमाले उम्मेदवार नेम्वाङले एक हजार ६ […]