राजनीति
जनकपुरधाम । मधेश प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिएको छ । माओवादीका दुई मन्त्रीले आज मुख्यमन्त्री सरोजकुमार यादवलाई राजीनामा बुझाएका हुन् । उद्योग, बाणिज्य तथा पर्यटनमन्त्री युवराज भट्टराई र वन तथा वातावरणमन्त्री भरत प्रसाद साहले मधेश भवन पुगेर मुख्यमन्त्री यादवलाई राजीनामा बुझाएका हुन् । आजै नेकपा एमालेका मन्त्रीहरुले पनि राजीनामा दिने तयारीमा छन् ।
काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई कारवाही गर्न माग गरेका छन्। गिरीबन्धु टि-इस्टेटको जग्गा प्रकरणमा ओली नेतृत्वको सरकारले गरेको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएपछि मेयर बालेनले स्टाटस लेखेर कारवाही माग गरेका हुन्। त्यस्तै, उनले गिरिबन्धु टि स्टेको ३४४ विघा जग्ग साटफेर गर्न दिने निर्णय ओली सरकारले गरेको थियो। सो निर्णयविरुद्ध […]
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बिना अवरोध प्रश्तुत हुने दाबी गर्नुभएको छ । जेठ १ गते राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संसद प्रश्तुत गर्ने कार्यक्रम तय गरिएको छ । तर प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको सहकारी प्रकरण छानविन समिति […]
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक सल्लाहकार चिरञ्जीवी नेपालको राजीनामा स्वीकृत गर्नुभएको छ । एक सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने मन्त्रिपरिषदको निर्णयको विरुद्ध अभिव्यक्ति दिएपछि विवादमा परेका नेपालले पदबाट राजीनामा दिएका थिए । आईतबार राष्ट्रपतिले नेपालको राजीनामा स्वीकृत गर्नुभएको शीतल निवासले विज्ञप्तिमार्फत् जनाएको छ ।
२९ वैशाख, काठमाडौं । गृह तथा उपप्रधानमन्त्री रवि लामिछानेले सरकारी ठगीमा मुछिएका जीबी राईलाई यसअघिको सरकारले भगाएको आरोप लगाएका छन् । चितवनमा आज बिहान पत्रकारसँग कुरा गर्दै गृहमन्त्री लामिछानेले भगाएको मान्छेलाई खोज्न समय लाग्ने प्रतिक्रिया दिएका हुन् । जीबी राई किन पक्राउ पर्न सकेनन् भन्ने प्रश्नमा उनले प्रतिप्रश्नसहित जवाफ दिए, ‘ नियन्त्रणमा लिन प्रयास भइरहेको […]
काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारीको रकम अपचलन गरेको विषयमा संसदीय छानबिन समिति नबनेसम्म संसदका कामकारबाही अघि बढ्न नसक्ने बताएका छन्। प्रतिनिधिसभा बैठकमा उठेर अवरोध गरेपछि सभामुखले थापालाई बोल्न समय दिएका थिए। त्यसपछि थापाले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको थुप्रै प्रमाण आफूहरूसँग रहेको जिकिर गरे। ‘सहकारीको ठगीको सन्दर्भमा यो […]
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठकमा अवरोध गरेको छ । बैठक सुरुहुने बित्तिकै कांग्रेसका सांसदहरु उठेर अवरोध गरेका हुन् ।
काठमाडौँ । वीरगन्ज महानगरपालिकाका पूर्व मेयर विजय सरावगीले नेकपा एमाले परित्याग गरेका छन् । सरावगीले गत बुधबार नै एमालेको साधारण सदस्यसमेत नरहने गरि एमालेका केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीलाई राजिनामा पत्र पठाएका थिए । उक्त राजीनामा पत्र सरावगीले शुक्रबार मात्र सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन् । नेकपा एमालेका केन्द्रीय परिषद् सल्लाहकार सदस्य रहेका सरावगीले एमाले […]
२८ वैशाख, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलको बैठकमा सहकारीको रकम अपचलनबारे रुपन्देही प्रहरीको अनुसन्धान प्रतिवेदन बाँडिएको छ । नेताहरुका अनुसार सभापति शेरबहादुर देउवाले नै रूपन्देही प्रहरीको अनुसन्धान प्रतिवेदन सांसदहरुलाई दिन भनेका हुन् । उक्त प्रतिवेदनमा रवि लामिछानेको नाम उल्लेख छ । प्रहरी अनुसन्धानका आधारमा रुपन्देही सरकारी वकिलको कार्यालयले यही वैशाख ३ गते […]
सरकारले जेठ १ गते नीति तथा कार्यक्रम पेस गर्ने भएको छ। सरकारकी प्रवक्ता रेखा शर्माका अनुसार जेठ १ गते संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम पेस गर्ने तयारी छ। ‘सरकारको नीति तथा कार्यक्रम जेठ १ गते पेस गर्ने कुरा भएको छ,’ उनले भनिन्, ‘राष्ट्रपतिज्यूले दिएको समयअनुसार आउने १ गते अपराह्न ३ बजे नीति तथा कार्यक्रम […]











