राजनीति
काठमाडौं । प्रमुख प्रतपक्ष दल नेपाली काँग्रेसले सहकारीको रकम अपचलनसम्बन्धी संसदीय छानबिन समिति बनाउन भएको सहमतिलाई अनुमोदन गरेको छ । मंगलवार संसद भवनस्थित ल्होत्से हलमा बसेको पार्टीको संसदीय दलको बैठकले सहमतिलाई अनुमोदन गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रमुख सचेतक रमेश लेखकले बैठकमा नेपाली काँग्रेस लगायत संसदमा प्रतिपक्षमा रहेका राजनीतिक दलहरु सहकारीको रकम हिनामिना, […]
काठमाडौँ । संसद भवनमा नेपाली कांग्रेससहितको विपक्षी दलहरुको बैठक सुरु भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाको कार्यकक्षमा बसिरहेको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी (जसपा) नेपाल, लोसपा र राष्ट्रिय जनमोर्चाका नेताहरू सहभागी छन् । सरकारले आज बजेट ल्याउने तयारी गरिरहेको छ । यसबारे समान धारणा बनाउन विपक्षी दलको बैठक बसेको हो । […]
काठमाडौँ । सहकारीको रकम हिनामिना र अपचलनमा जोडिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई पदबाट हटाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । अनुपम भट्टराईले लामिछानेविरुद्द रिट निवेदन दर्ता गराएका हुन् । उक्त रिटको जेठ १६ गते पेशी तोकिएको छ । निवेदकले सहकारी ठगी प्रकरणमा जोडिएका लामिछानेलाई पदबाट निलम्बन गर्न र उनीविरुद्ध कुनै मुद्दा […]
काठमाडौं । सरकारविरुद्ध नेपालीसहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठनको माग राख्दै कांग्रेसले काठमाडौंको प्रदर्शनीमार्गस्थित सडकमा प्रदर्शन गरेको हो । कांग्रेसले सहकारी पीडितको रकम फिर्ता, संसदीय छानबिन समिति गठनको माग राखेको छ । त्यस्तै, गृहमन्त्री रवि लामिछानेले संसदमा बोल्दा कांग्रेस नेताहरुमाथि विभिन्न आरोप लगाएको भन्दै ती विषयमा छानबिन गर्न पनि माग गरेको छ । प्रदर्शनमा […]
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सहकारी प्रकरण छानविन गर्न गठित संसदीय समितिमा गृहमन्त्रीको नाम उल्लेख गर्नुपर्ने आफूहरुको अडान कायम रहेको बताएको छ आईतवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै कार्यदल सदस्य समेत रहेका सांसद परियारले कार्यदल बैठक काँग्रेसले अघि सारेको प्रश्तावमा जहाँको त्यहीँ भएको बताउनुभएको हो । उहाँले आफूहरु गृहमन्त्री लामिछानेको नाम तोकेरै […]
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले गृहमन्त्री रवि लामिछानेले मुलुकको सूचना बाहिर बेच्नेलाई तत्काल पक्राउ गर्नुपर्ने बताउनुभएको छ । आईतवार संसद बाहिर सञ्चारकर्मीहरुसँग बोल्दै गृहमन्त्री लामिछानेलाई सूचना बेच्ने मानिसलाई पक्राउ गर्न आग्रह गर्नुभएको हो । उहाँले गृहमन्त्रीले संसदमा उभिएर मुलुकको सूचना बेच्ने व्यक्तिको बारेमा जानकारी रहको अभिव्यक्ति दिनुभएको भन्दै उक्त व्यक्तिलाई तत्काल […]
काठमाडौं । उपप्रधान तथा भौतिक, पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले चालेको कदमप्रति कुनै गुनासो नभएको बताएका छन् । काठमाडौंको सडकलाई लिएर संघीय सरकारसँग असन्तुष्टि जनाउँदै मेयर शाहले शनिबार काठमाडौं महानगरले सडक विभागअन्तर्गतको सडक डिभिजन कार्यालयको गेटमा फोहोर फालेको थियो । सडक विभाग अगाडि धुलोसहितको फोहोर थुपारीएको सन्दर्भमा मन्त्री महासेठले यस्तो […]
काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकको समय परिवर्तन गरिएको छ । आज बिहान ११:३० बजे बस्नेगरी निर्धारण गरिएको बैठक विशेष कारणबस तोकिएको समयमा बस्न नसकेको संसद् सचिवालयले सूचना जारी गरेर जानकारी दिएको हो । राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम राष्ट्रिसभा अध्यक्ष नारायणप्रसाद दाहालले आजै अपराह्न १:१० बजे बस्ने गरी बैठकको समय […]
काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले चालु आर्थिक वर्षमा देशको आर्थिक वृद्धिदर ३.९ प्रतिशतले बिस्तार हुने बताउनुभएको छ । आईतवार प्रतिनिधि सभामा आर्थिक सर्वेक्षण प्रश्तुत गर्दै चालू आर्थिक वर्षमा देशको आर्थिक वृद्धिदर ३.९ प्रतिशतले बिस्तार हुने बताउनुभएको हो । अर्थमन्त्री पुनले उत्पादनमुलक उद्योगको गतिविधि सङ्कुचित भएपनि कृषि लगायत क्षेत्रमा भएको बढ्दो गतिविधिले आर्थिक वृद्धिदर ३.९ प्रतिशतले […]
काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा कांग्रेसको नाराबाजि जारी रहेको छ । आईतबार बसेको बैठकमा पनि कांग्रेसले नाराबाजि गरेको हो । सभामुख देवराज घिमिरेले अर्थमन्त्री वर्षामान पुनलाई सरकारको नीति तथा कार्यक्रम तथा आर्थिक सर्वेक्षण वाचन गर्न समय दिएपछि कांग्रेस सांसदहरु अर्थमन्त्रीलाई छेक्न पुगेका थिए । प्रतिपक्षको अवरोधकै बीच अर्थमन्त्री रोष्टममा पुगेका छन् ।










