बारा । जीतपुर सिमरा उपमहानगरपालिकाको नगरसभाको वैठकमा झडप भएको छ । नीति तथा कार्यक्रम र बजेट ल्याउन बोलाइएको वैठकमा नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीका जनप्रतिनिधिहरुले अवरोध गर्न खोजेपछि झडप भएको हो । नगरसभामा सहभागी हुन मेयर राजन पौडेल नगर सभामा छिर्नसाथ उनीहरुले हुलदङ्गा गरेका थिए ।उनीहरुले सभास्थलमा रहेका कुर्सी र टेबल समेत तोडफोड गरेका […]

काठमाडौं । छाउपडी लगायतका कुप्रथा अन्त्यका लागि प्रभावकारी कानुन बनाउन सम्बन्धित मन्त्रालयहरुबीचको समन्वयमा एउटा समिति बनाइने भएको छ । समितिले यस्ता कुप्रथा अन्त्यका लागि यसअघी भएको अध्ययन, बनेका कानुन र अभियानहरुको अध्ययन गरि कार्यान्वयन हुन नसक्नुको कारणसहित आवश्यक सुझाव गृह मन्त्रालयलाई दिनेछ । सोही समितिको सुझाव सिफारिसका आधारमा यस्ता कुप्रथा निर्मुल पार्नका लागि सरकारले योजना […]

सुधार नेपाल र परिवर्तनका लागि युवा संस्थाको संयुक्त आयोजनामा काठमाडौंको बत्तिसपुतलिमा युवा नेतृत्व विकास तथा क्षमता बिकास कार्यक्रम संयोजक विनोद शाही ठकुरीको सभापतित्वमा र प्रतिनिधि सभा सदस्य माननीय चन्द्र भण्डारीको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ। कार्यक्रममा युवा नेता भुपेन्द्रजंग शाही,राष,युवा परिषदका उपाध्यक्ष सुरेन्द्र बस्नेत,नबिल बैंकका Dceo मनोज ज्ञवाली,युवा उधमी प्रदीप पराजुली र सामाजिक अभियन्ता चक्रबहादुर […]

बुटवल । उपेन्द्र यादव नेतृत्व जनता समाजवादी पार्टी (जसपा) नेपालले लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । पार्टी संसदीय दलकी प्रमुख सचेतक अम्बिका काफ्लेले आज एक विज्ञप्ति जारी गर्दै प्रतिपक्ष दलको भूमिकामा बस्ने निर्णय भएको जानकारी गराएकी हुन् । उनी समानुपातिकबाट सांसद बनेकी हुन् । प्रत्यक्षबाट सांसद बनेका अहिर भण्डारी लाल र आदेश अग्रवालले […]

उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरूले राजीनामा पत्र बोकेर हिँडेको भन्ने अभिव्यक्ति सरकार वा गठबन्धनमा समस्या आएको भन्ने नबुझ्न आग्रह गरेको बताएका छन्। बिहीबार चितवनमा पत्रकारहरूसँगको कुराकानीमा राजीनामा पत्र बोकेर हिँडेको कुरा रास्वपाको मूल स्वभाको निरन्तरता रहेको बताए। ‘त्यसको मोटिभ हामीले राम्रो काम गर्न सकेनौं भने वा काम गर्न पाइएन, सकिएन भने […]

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद एवं पूर्वमन्त्री अर्जुननरसिंह केसीले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले प्रहरीमा जथाभावी सरुवा आतंक फैल्याएको भन्दै आपत्ति जनाउनुभएको छ । मंगलवार प्रतिनिधि सभा बैठकमा गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय, राष्ट्रिय योजना आयोग, उपराष्ट्रपतिको कार्यालय र […]

काठमाडौँ । सहकारीको रकम अपचलनको विषयमा छानबिन गर्न गठित संसदीय विशेष समितिको बैठक जारी रहेको छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा समितिको बैठक बसिरहेको छ । एमाले सांसद सूर्य थापाको नेतृत्वमा गठित समितिले सहकारीको रकम अपचलन सम्बन्धमा छानबिन गर्न आजबाट काम थाल्ने जनाएको थियो । सहकारीको बचत रकम अपचलनबारे छानबिन गर्न जेठ १५ मा […]

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले वर्तमान सरकार पूर्ण रुपमा असफल भइसकेको बताउनुभएको छ । मङ्गलवार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद कार्कीले आगामी आर्थिक वर्षको बजेटमा सत्तारुढ दलकै सांसदहरुको असन्तुष्टि रहेको भन्दै यसले सरकार असफल भएको जनाउने बताउनुभएको हो । उहाँले बजेटमा सत्तारुढ दलकै सांसदहरुको असन्तुष्टि हुनुले नैतिकताको आधारमा मन्त्रीहरुले राजीनामा दिनुपर्ने बताउनु […]

काठमाडौँ महानगरपालिकाका कार्यपालिका सदस्यहरूले बहिष्कार गरेपछि नगर सभाको बैठक स्थगित भएको छ । आइतबार बसेको कार्यपालिका बैठकमा एमाले र कांग्रेसका जनप्रतिनिधिहरूले बैठक बहिष्कार गरेपछि नगरसभाको १५ औँ बैठक स्थगित भएको हो । कार्यपालिका सदस्यहरूले बैठक बहिस्कार गरेपछि मेयर बालेन्द्र शाह (बालेन) ले आगामी असार १० गतेसम्मका लागि बैठक स्थगित भएको जानकारी गराएका हुन् । आइतबारको […]

नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विपद् व्यवस्थापनमा स्थानीय तहको भुमिकालाई जोखिम न्युनिकरण सम्बन्धि संशोधित ऐन, ०७५ बमोजिम व्यवस्थित गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । बिहीवारको प्रतिनिधि सभाको शुन्य समयमा बोल्दै उहाँले सरकारको ध्यानाकर्षण गराउनुभएको हो । उहाँले वर्षाको समयमा नेपालमा तीन वटा दृश्य देखिने गरेको उल्लेख गर्दै उहाँले बाढी पहिरो, आपत्कालीन बैठक र दलहरुको वक्तव्य […]