राजनीति
नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले ”संवाद” यात्रा पुन सुरु गर्ने भएका छन् । गत माघ २३ […]
काठमाडौँ । नेपाली काँग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले सहकारी प्रकरणलाई निष्पक्ष रुपमा छानविन गर्न गृहमन्त्री रवि लामिछानेले राजीनामा दिनु राम्रो हुने बताउनुभएको छ । बुधवार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद बडूले सहकारीको रकम हिनामिना प्रकरणमा गृहमन्त्री रवि लामिछानेको पनि नाम जोडिएको भन्दै निष्पक्ष छानविनका लागि पद छोड्नु उपयुक्त हुने बताउनुभएको […]
सुर्खेत – कर्णालीमा नेपाली कांग्रेसको संगठन सुदृढ यात्रामा रहेका नेपाली कांग्रेसका युवा नेता भेपेन्द्रजंग शाहीलाई बिभिन्न जिल्लामा भव्य स्वागत गरिएको छ । नेपाली कांग्रेसलाई सशक्त, सवल, लोकप्रिय, बलियो र गतिशील पार्टी निर्माणका लागि सल्यान कपुरकोटदेखी हुम्ला सिमिकोटसम्मको पार्टी संगठन सुदृढ यात्रा थालेका शाहीलाई सल्यान, रुकुम, डोल्पा, जाजरकोट, दैलेख पुग्दा त्यहाँका पार्टी सभापति, पदाधिकारी, महासमिति सदस्य, […]
काठमाडौं । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले यात्रीको चापलाई मध्यनजर गरेर आवश्यक परे रेलको संख्या बढाउने बताएका छन् । शनिबार जनकपुर–जयनगर रेल्वेको अनुगमन एवं निरीक्षणका क्रममा उनले यस्तो बताएका हुन् । यात्रीको चाप बढी भएको कुरा आइरहेको उनले उल्लेख गरे । यात्रीलाई मध्यनजर गरी रेल आवतजावत गर्ने समय थप्न सकिने उनले सुनाए […]
काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आफूहरू कुनै दलको पछि नलागेको बताएका छन् । सँगै हिड्ने कोसिस थालेको उनको भनाइ छ । “हामी प्रश्नरहित छैनौँ । कुनै दलको पछि लागेका होइनौँ । सँगै हिड्ने कोसिस थालेका हौँ । सँगै हिँड्न नसकेका दिन सहयात्रा टुंगिन्छ,” राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)द्वारा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले भने […]
काठमाडौं । सरकारले राष्ट्रिय भूमि आयोग विघटन गरेको छ । नयाँ सत्ता समिकरण बने लगत्तै चैत्र ८ गते बसेको मन्त्रीपरिषद् बैठकले सो आयोग विघटन गर्ने निर्णय गरेको हो । एक साता भित्र पुन: आयोग गठन गर्नेगरी सो आयोग विघटन गर्ने निर्णय गरिएको नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो । […]
काठमाडौं । सरकारले बाँसबारी छाला जुत्ता कम्पनीको जग्गा सरकारीकरण गर्ने निर्णय गरेको छ । शुक्रवार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले पत्रकार सम्मेलनमार्फत उक्त जग्गा सरकारीकरण गरिएको जानकारी दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै भूमि सुधार तथा मालपोत कार्यालय, डिल्ली बजारले बाँसबारी छाला जुत्ता कम्पनीको नाममा रहेको जग्गा सरकारको नाममा लिने निर्णय गरेको प्रमुख […]
गृह मन्त्रालयले सञ्चार माध्यमको कन्टेन्ट अनुगमन गर्न प्रमुख जिल्ला अधिकारीलाई दिएको निर्देशन विवादमा परेको छ। संविधानसँग बाझिने गरी गृहले सिडिओ र प्रहरी प्रमुखलाई सञ्चार माध्यमको कन्टेन्ट अनुगमन र सोमाथि कारबाही गर्ने अधिकार दिएको छ। सञ्चार माध्यमलाई नियमन गर्ने काम प्रेस काउन्सिलको हो। तर उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने नेतृत्वको बैठकको निर्णयअनुसार भनेर सिडिओलाई पठाएको निर्देशनमा […]
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिमा संयमता जरुरी रहेको बताउनुभएका छ । अन्तर्राष्ट्रिय जातिभेद उन्मुलन दिवसको अवसरमा आयोजित कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै ओलीले राजनीति देश र जनताको समृद्धिमा केन्द्रित हुनुपर्ने बताउनुभयो । लोकतन्त्र सरकारबाट हट्नु पर्यो भनेर निहुँ खोजेर, संसद् अवरुद्ध गर्ने विषय नभएको बताउनुभयो । ‘निहुँ खोज्ने, च्याँठिने, आक्रोस पोख्ने, विरह […]
काठमाडौँ । सरकारले राष्ट्रिय योजना आयोगको रिक्त ४ सदस्य पदमा प्राध्यापक संगीता सिंह, डा. कुशेन्द्रबहादुर महत, प्राध्यापक शिवराज अधिकारी र डा. अरनिकोकुमार पाण्डेलाई नियुक्ति गरेको छ । बिहीवार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बसेको मन्त्रीपरिषद्को बैठकका निर्णय सुनाउँदै उहाँले सरकारले यस्तो निर्णय गरेको हो । निर्णयबारे जानकारी दिँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारकी प्रवक्ता […]









