राजनीति
काठमाडौँ । निर्वाचन आयोगले लेखापरीक्षण प्रतिवेदन समयमा नबुझाउने र सार्वजनिक नगर्ने विभिन्न राजनीतिक दललाई स्पष्टीकरण सोधेको छ । आयोगले प्रतिवेदन नबुझाउने दललाई कारणसहित सातदिनभित्र जवाफ दिन भनेको छ । साथै प्रतिवेदन बुझाएर सार्वजनिक नगर्ने दललाई सातदिनभित्र सार्वजनिक गरी जानकारी दिने निर्देश गरेको छ । आयोगले लेखापरीक्षण प्रतिवेदन निरन्तर तीन आर्थिक वर्षसम्म पेस नगर्ने दलहरु आम […]
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेलविरुद्ध गैरकानूनी सम्पत्ति आर्जनको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरेकोछ । आयोगले आम्दानीको तुलनामा अस्वाभाविक आर्जन देखिएको भन्दै अकूत सम्पत्ति कमाएको भन्दै मुद्धादायर गरेको हो । आयोगको बिज्ञप्तिमा भनिएको छ –सुरक्षण मुद्रण केन्द्र, सिंहदरवारका तत्कालीन कार्यकारी निर्देशक पदमा कार्यरत विकल पौडेलले नेपालको संविधानको धारा […]
९ वैशाख, काठमाडौं । लुम्बिनी प्रदेश मन्त्रिपरिषदबाट जसपाका नेता भण्डारीलाल अहिरले राजीनामा दिएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई शनिबार पत्र पठाउँदै उनले पदबाट राजीनामा दिएका हुन् ।
काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले अध्यक्ष रञ्जिता श्रेष्ठविरुद्ध दायर मुद्दाको आज सुनुवाइ हुँदै छ । रेशमले रञ्जिता र निर्वाचन आयोगलाई विपक्षी बनाएर सर्वोच्चमा दायर मुद्दाको आज पेशी तोकिएको हो । यसअघि चैत ३० गतेका लागि पेशी तोकिएको थियो । तर, उक्त दिन बहस भएन । आज पनि बहस हुने वा नहुने भन्ने […]
नेपाली कांग्रेसका सांसद समेत रहेका डा. सुनिल शर्माले देशका विभिन्न स्थानमा बृहत स्वास्थ्य शिविर सञ्चालन गर्ने भएका छन्। देशका ग्रामीण क्षेत्रहरुमा बिशेषज्ञ चिकित्सक मार्फत निःशुल्क स्वास्थ्य शिविर संचालन गर्ने अभियान अन्तर्गत शर्मा विभिन्न स्थानमा पुग्ने भएका हुन्। शिविरमा २५ जना विशेषज्ञ चिकित्सकहरुको टोलीबाट स्वास्थ्य जाँच हुने छ। शिविरमा मुटु रोग, मिर्गौला, पाठेघर सहित स्त्रीरोग, नाक, […]
पोखरा । गण्डकीको संसद् बैठक स्थगित भएको छ । राष्ट्रियगानको धुन सुनाएर संसद् बैठक अनिश्चितकालका लागि स्थगित गरिएको हो । बैठकमा कांग्रेस र राप्रपाका सांसद उपस्थित थिएनन् । बैठकमा राष्ट्रियगानको धुनसँगै सहिदप्रति एक मिनेट मौन धारण गरिएको छ भने प्रदेश प्रमुख कार्यालयबाट प्राप्त पत्र पढेर सुनाइएको थियो । बैठकमा एमाले, माओवादी र स्वतन्त्र सांसद मात्रै […]
नारायणगढ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विभिन्न कारणले बन्द हुन पुगेका र रुग्ण अवस्थाका उद्योग सञ्चालनका लागि सरकारले चाँडै नयाँ नीति ल्याउने बताउनुभएको छ । उद्योग वाणिज्य सङ्घ र कम्प्युटर एशोसिएशन नेपाल महासङ्घ, चितवनले भरतपुर महानगरपालिका–१० मा आयोजना गरेको पाँच दिने औद्योगिक प्रदर्शनी तथा सूचना प्रविधि मेलाको उद्घाटन कार्यक्रममा उहाँले विभिन्न समयमा बन्द […]
काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालबाट समानुपातिक सांसद बन्नुभएकी हसिना खानले प्रतिनिधि सभा सदस्यको पद तथा गोपनियताको शपथग्रहण गर्नुभएको छ । शुक्रवार सिंहदरबारमा खानलाई सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा सदस्यको शपथग्रहण गराउनुभएको हो । मञ्जु शर्मा अन्सारीको निधन भएपछि जसपाले रिक्त स्थानमा २७ वर्षीया खानको नाम सिफारिश गरेको थियो । जसपाबाट समानुपातिक सांसद बन्नुभएकी शहनाज […]
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालसँग हमासको कब्जामा रहेका विपिन जोशीको परिवारले भेट गरेको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा जोशीका बुबाआमासहित परिवारका सदस्यले भेट गरेका हुन् । भेटमा जोशीको परिवारले विपिनको रिहाइका लागि थप प्रयासका लागि प्रधानमन्त्रीसँग अनुरोध गरेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । प्रधानमन्त्री दाहालले आफू विपिनको रिहाइका लागि चिन्तित रहेको र […]
काठमाडौं- व्यवसायी तथा प्रतिनिधि सभा सदस्य डा सुनिल शर्माले वरिष्ठ मुटु रोग विशेषज्ञ डा भगवान कोइरालाको अगुवाइमा बन्न लागेको बाल अस्पताललाई २० लाख रुपैंया सहयोग गरेका छन्। बिहिवार शर्माले हेपाली हाइटमा रहेको डा भगवान कोइरालाको निर्माणाधिन अस्पताल काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (कियोच) मा पुगेर सो रकम सहयोग गरेका हुन्। रकम हस्तान्तरण गर्दै डा शर्माले […]











