राजनीति
काठमाडौँ । नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई गणतन्त्र गौरव सम्मानबाट सम्मानित गरेको छ । नेकपा स्थापनाको ७५ वर्ष पुरा भएको अवसरमा आयोजित हीरक महोत्सवमा भण्डारीलाई प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीले उक्त सम्मानबाट सम्मानित गरेका हुन् । नेपालको महिला आन्दोलनको अग्रणी व्यक्तित्व, कम्युनिस्ट आन्दोलनको योद्धा, गणतन्त्र नेपालको दुई पटक निर्वाचित राष्ट्रपति भएकी भण्डारी […]
काठमाडौं । सरकारले अर्थ मन्त्रालयको सचिवमा मधु कुमार मरासिनीलाई सरुवा गर्ने निर्णय गरेको छ । आज सोमबार बसेको मन्त्रिपरिषद बैठकले अर्थ मन्त्रालयको सचिवमा मरासिनीलाई ल्याउने निर्णय गरेको हो । मरासिनीको पेमेन्ट गेटवे अनियमितता प्रकरणमा नाम आएपछि उनी निलम्बनमा परेका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत असोज १५ गते विशेष अदालतमा उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर […]
काठमाडौँ । आम जनता पार्टी (आजपा) ले इलाम–२ मा वैशाख १५ गते हुने तय भएको उपनिर्वाचनमा डेकेन्द्रसिंह लिम्बुलाई समर्थन गर्ने भएको छ । सो पार्टीका प्रवक्ता चन्द्र भूषण साहले उपनिर्वाचनमा आफ्नो पार्टीले पूर्ण साथ, सहयोग र समर्थन रहेको जानकारी गराएका हुन् । पहिचानवादीहरुको साझा स्वतन्त्र उम्मेदवार लिम्बुले वैशाख ८ गते आजपालाई सहयोग र समर्थनको आग्रह […]
काठमाडौँ । निर्वाचन आयोगले लेखापरीक्षण प्रतिवेदन समयमा नबुझाउने र सार्वजनिक नगर्ने विभिन्न राजनीतिक दललाई स्पष्टीकरण सोधेको छ । आयोगले प्रतिवेदन नबुझाउने दललाई कारणसहित सातदिनभित्र जवाफ दिन भनेको छ । साथै प्रतिवेदन बुझाएर सार्वजनिक नगर्ने दललाई सातदिनभित्र सार्वजनिक गरी जानकारी दिने निर्देश गरेको छ । आयोगले लेखापरीक्षण प्रतिवेदन निरन्तर तीन आर्थिक वर्षसम्म पेस नगर्ने दलहरु आम […]
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेलविरुद्ध गैरकानूनी सम्पत्ति आर्जनको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरेकोछ । आयोगले आम्दानीको तुलनामा अस्वाभाविक आर्जन देखिएको भन्दै अकूत सम्पत्ति कमाएको भन्दै मुद्धादायर गरेको हो । आयोगको बिज्ञप्तिमा भनिएको छ –सुरक्षण मुद्रण केन्द्र, सिंहदरवारका तत्कालीन कार्यकारी निर्देशक पदमा कार्यरत विकल पौडेलले नेपालको संविधानको धारा […]
९ वैशाख, काठमाडौं । लुम्बिनी प्रदेश मन्त्रिपरिषदबाट जसपाका नेता भण्डारीलाल अहिरले राजीनामा दिएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई शनिबार पत्र पठाउँदै उनले पदबाट राजीनामा दिएका हुन् ।
काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले अध्यक्ष रञ्जिता श्रेष्ठविरुद्ध दायर मुद्दाको आज सुनुवाइ हुँदै छ । रेशमले रञ्जिता र निर्वाचन आयोगलाई विपक्षी बनाएर सर्वोच्चमा दायर मुद्दाको आज पेशी तोकिएको हो । यसअघि चैत ३० गतेका लागि पेशी तोकिएको थियो । तर, उक्त दिन बहस भएन । आज पनि बहस हुने वा नहुने भन्ने […]
नेपाली कांग्रेसका सांसद समेत रहेका डा. सुनिल शर्माले देशका विभिन्न स्थानमा बृहत स्वास्थ्य शिविर सञ्चालन गर्ने भएका छन्। देशका ग्रामीण क्षेत्रहरुमा बिशेषज्ञ चिकित्सक मार्फत निःशुल्क स्वास्थ्य शिविर संचालन गर्ने अभियान अन्तर्गत शर्मा विभिन्न स्थानमा पुग्ने भएका हुन्। शिविरमा २५ जना विशेषज्ञ चिकित्सकहरुको टोलीबाट स्वास्थ्य जाँच हुने छ। शिविरमा मुटु रोग, मिर्गौला, पाठेघर सहित स्त्रीरोग, नाक, […]
पोखरा । गण्डकीको संसद् बैठक स्थगित भएको छ । राष्ट्रियगानको धुन सुनाएर संसद् बैठक अनिश्चितकालका लागि स्थगित गरिएको हो । बैठकमा कांग्रेस र राप्रपाका सांसद उपस्थित थिएनन् । बैठकमा राष्ट्रियगानको धुनसँगै सहिदप्रति एक मिनेट मौन धारण गरिएको छ भने प्रदेश प्रमुख कार्यालयबाट प्राप्त पत्र पढेर सुनाइएको थियो । बैठकमा एमाले, माओवादी र स्वतन्त्र सांसद मात्रै […]
नारायणगढ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विभिन्न कारणले बन्द हुन पुगेका र रुग्ण अवस्थाका उद्योग सञ्चालनका लागि सरकारले चाँडै नयाँ नीति ल्याउने बताउनुभएको छ । उद्योग वाणिज्य सङ्घ र कम्प्युटर एशोसिएशन नेपाल महासङ्घ, चितवनले भरतपुर महानगरपालिका–१० मा आयोजना गरेको पाँच दिने औद्योगिक प्रदर्शनी तथा सूचना प्रविधि मेलाको उद्घाटन कार्यक्रममा उहाँले विभिन्न समयमा बन्द […]











