शिक्षा
काठमाडौं । शिक्षक सेवा आयोगले निम्न माध्यामिक तह, तृतीय श्रेणीमा ७७८ जना शिक्षक माग गरेको छ । आयोगले देशभरका लागि विभिन्न ९ वटा विषयको ७७८ विषय शिक्षकको लागि विज्ञापन खुला गरेको हो । आयोगले नेपाली विषयको ११७ रिक्त पदको लागि, अंग्रेजी विषयकको लागि १७६ रिक्त पदको लागि, गणित विषयको लागि १२८ रिक्त पदको लागि विज्ञापन […]
ढोरपाटन (बागलुङ)- तमानखोला गाउँपालिका–६ नर्जाखानीका विद्यार्थीलाई दैनिक छ घण्टा हिँडेर विद्यालय पढ्न जानुपर्ने बाध्यता थियो। तमानखोला–६ नर्जाखानीका विद्यार्थीलाई गाउँपालिकाले विद्यालयमै आवासीय सुविधा दिएपछि पढ्नका लागि दैनिक छ घण्टा हिँड्नुपर्ने बाध्यता हटेको छ। यस वर्ष शान्ति माविबाट ४० जना विद्यार्थी एसइई परीक्षामा सहभागी हुँदैछन्। त्यसमध्ये ३७ जनाले हाल छात्रवासमा बसेर पढाइ गरिरहेका विद्यालयले जनाएको छ। भौगोलिक […]
निर्देशनालय खारेज खारेज भएको कार्यालयमा आउने फोनले हैरनि सुर्खेत । निम्न माध्यामिक तह अन्तर्गत करिब ६० जना उम्मेदवारहरुको नाम शिक्षक सेवा आयोगले कर्णाली प्रदेशको शिक्षा विकास निर्देशनालयमा पठाइसकेको छ । शिक्षक सेवाबाट छनोट भएका उम्मेदवारहरुलाई प्रदेशका १० वटा जिल्लाहरुमा फरवार्ड गर्ने काम निर्देशनालयले गर्छ । उम्मेदवार (शिक्षक)हरुले निर्देशनालयमा फोन गरेर हैरान बनाइसकेका छन् । तर, […]
प्राविधिक शिक्षा तथा ब्यवसायिक तालिम परिषद केन्द्रिय कर्मचारी संघको आठौँ महाधिवेशन सम्पन्न भएको छ । गए राति सम्पन्न महाधिवेशनमा अध्यक्षमा दिपक टण्डन, वरिष्ट उपाध्यक्षमा विनय देवकोटा, उपाध्यक्षमा प्रमोद पौडेल, चतुरभुज शाही र महासचिव कृष्ण बहादुर खड्का निर्वाचित भएकाहुन् । अध्यक्षमा निवाचित भएका दिपक टण्डन भने यस अगाडिका समेत अध्यक्ष रहेका थिए ।
एजेन्सी । के तपाईं पनि आफ्नो मस्तिष्क कनेक्टिभिटी बढाउन चाहनुहुन्छ ? यदि हो भने, एक अध्ययनले किबोर्डमा टाइप गर्नुको सट्टा हातले लेख्नुपर्ने देखाएको छ । हातले लेख्नु भन्दा छिटो हुने, काम चाँडै सम्पन्न हुने भएकाले अक्सर किबोर्डबाट लेख्नेलाई बढी महत्व दिइन्छ । यद्यपि, यो फेला परेको छ कि हातले लेख्दा हिज्जे शुद्धता र मेमोरी सम्झनामा […]
काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्ला समय राति वायुको गुणस्तर खतरनाक स्तरभन्दा निकै माथि पुग्ने गरेको छ । यस्तो अवस्थामा घाँटी बस्ने, खस–खस हुने, रुघाखोकी लाग्ने, श्वासप्रश्वासमा समस्या हुने गरेको पाइएको छ । लामो समय पानी नपरेका कारण उपत्यकाको वायु प्रदूषण बढेको हो । सवारी साधन, उद्योग, निर्माण कार्य लगायतका कारण वायु प्रदूषण हुने वरिष्ठ मौसमविद् […]
काठमाडौं— राष्ट्रिय परीक्षा बोर्डले यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा लेटर ग्रेडिङ निर्देशिका–२०७८ लागू गर्ने भएको छ । एसईई परीक्षा आगामी चैत १५ देखि २८ गतेसम्म सञ्चालन गर्ने बोर्डको कार्यतालिका छ । बोर्डका अध्यक्ष महाश्रम शर्माले यसवर्ष परीक्षार्थीले नयाँ पाठ्यक्रमअनुसार परीक्षा दिने र बोर्डले लेटर ग्रेडिङ निर्देशिका–२०७८ अनुसार नतिजा प्रकाशन गरिने बताए । उनका अनुसार बोर्डले […]
यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आउँदो चैत १५ देखि २७ गतेसम्म सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत परीक्षा नियन्त्रण कार्यालयको बैठकले एसईईको तालिका सार्वजनिक गरेको हो । परीक्षाका लागि चार लाख ८९ हजारभन्दा धेरै विद्यार्थीले फारम भरेका छन् । यस पटकदेखि हरेक विषयमा ३५ प्रतिशत अङ्क नल्याउने विद्यार्थीले कक्षा ११ मा […]
दोलखा । भीमेश्वर नगरपालिका–४ मा बेरोजगार युवायुवतीलाई लक्षित गरेर सवारी चालक तालिम सञ्चालन गरिएको छ । वडाध्यक्ष तारानाथ चौलागाईंको अगुवाईमा यहाँका बेरोजगार युवालाई रोजगारी दिने उद्देश्यले सवारी चालक तालिम सञ्चालन गरिएको हो । तालिम पश्चात् केही व्यक्तिले सरकारले तोकेको मापदण्ड पूरा गरी चालक अनुमतिपत्र (लाईसेन्स) निकाल्न सफल भएका उनले बताए । “यो अभियानमार्फत वडाका युवालाई […]
काठमाडौं । सरकारले काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा राष्ट्रिय योजना आयोगका सहसचिव प्रदीप परियारलाई पठाएको छ । यसअघिका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीलाई मधेशी आयोगमा सरुवा गर्दै परियारलाई महानगरमा पठाइएको हो । महानगरको स्वास्थ्य बिभागका कर्मचारी नियुक्तिमा चलखेल गरेको भन्दै मेयर बालेन साहले सचिव अधिकारीलाई कार्यालय प्रवेशमा रोक लगाउनुभएको थियो । सो विषयलाई लिएर मेयर […]











