विवाहको अन्तिम तयारी भै विवाह हुन १ दिन मात्र बाकी हुदा अर्नाको आक्रमण बाट बेहुलीको ज्यान गयो । इनरुवा- सुनसरीको कोसी गाउँपालिका–३ का गुलाबी मुखियाले छोरीको बिहेका लागि सबै तयारी गरिसकेका थिए। मुखिया परिवारले छोरी रञ्जुकुमारीको विवाहका लागि घर सिँगारेर चिटिक्क पार्नुका साथै आफन्त र गाउँले दाजुभाइलाई निम्ता पनि गरिसकेको थियो।   सोमबारको बिहेका लागि आइतबारदेखि […]

नारायणगढ (चितवन) । माघ २२ गते विश्वरक्तदाता तथा रक्तदान उत्प्रेरक अर्जुनप्रसाद मैनालीले दुई सय छ पटक रक्तदान गरेका छन् । ब्लड डानर्स सोसाइटी नेपालले आइतबार आयोजना गरेको रक्तदानसम्बन्धी उत्प्रेरणा अभियानअन्तर्गत विशेष रक्तदान कार्यक्रमका अवसरमा प्रादेशिक रक्तसञ्चार केन्द्र भरतपुरमा उनले दुई सय छ पटक रक्तदान गरेका हुन् । मैनालीले सन् १९८७ देखि आफूले लगातार रक्तदान गर्दै […]

दाङको राजपुर गाउँपालिका–४का  टीकाराम यादव परिवारको पुर्ख्यौली पेसामै रमाइरहेका थिए। उनीहरूका बाजेका पालमा पनि चारपाँचवटा भैंसी जहिल्यै हुन्थे। तिनै भैंसीबाट हुने आम्दानीले परिवारको गुजारा चल्थ्यो। दूध, दही र घिउ बेच्थे। आम्दानी ठिकै थियो। व्यवहार चलेकै थियो, ठूलो दुःख थिएन। एकाएक टीकारामलाई अलिक बढी पैसा कमाउने धुन चल्यो। उनले ‘गाउँका धेरै केटाहरू विदेश गएका छन्, म पनि […]

सिरहा: सिरहाको गोलबजार नगरपालिका–६ स्थित प्रसूतिगृह (बर्थिङ सेन्टर) को भौतिक संरचना जीर्ण भएको छ । जस्ताले छाएको सो प्रसूति गृहमा वर्षामा दबदबे हिलोमा उभिएर र हिउँदमा धुलैधुलोमाथि प्रसूति गराइने गरिइएको छ । प्रसूति गृहको जस्तापाता खियाले खाएर ठाउँठाउँमा प्वाल परेको छ भने टहराको वरिपरि वनमाराको घारी छ । प्रसूतिगृहमा कार्यरत सिनियर अनमी मिश्रीकुमारी श्रेष्ठका अनुसार […]

  रौतहट । रौतहटको सदरमुकाम गौर नगरपालिका ४, गढवा टोलमा एक जना विवाहित महिलाको शंकास्पद मृत्यु भएको छ । मृतकको माइती पक्षले दाइजोको निहुँमा हत्या भएको आरोप लगाएको छ । मौलापुर नगरपालिका, बौधाटोल घर भइ हाल गौर–४ मा बस्दै आएका सुनिल बैठाकी २१ वर्षीय श्रीमती पुनम बैठा दुई दिन अघि आफ्नै घरमा पासो लगाएर झुण्डिएको अवस्थामा […]

हिउँ नपरेपछि हिमाली भेगका किसान चिन्तित बनेका छन् । हिउँ नपर्दा सिँचाइको समस्या भएर स्याउको बोट सार्न समस्या हुने, स्याउ र ओखरको फूल नलाग्ने,  रोग र किराको सङ्क्रमण बढ्ने, दाना राम्रो नहुनेजस्ता समस्याहरू देखापर्छन् । यसका साथै पशुचौपायाका लागि घाँस उपलब्ध नहुनेलगायत समस्या हुने भएकाले किसान चिन्तित भएका हुन् ।   गत वर्ष माघको पहिलो […]

  जुम्ला, १३ माघ । जुम्लाको तिला गाउँपालिका–६ नम्बर वडाले विवाह गर्दा वडाको सिफारिस अनिवार्य गरेको छ । कम उमेरमै विवाह हुँदा प्रजनन स्वास्थ्यमा समस्या देखिने र आमा बच्चाकै ज्यान जोखिममा पर्न थालेपछि वडाले विवाह गर्न वडाको सिफारिस अनिवार्य गरेको हो । तिला गाउँपालिका–६ का वडाध्यक्ष जंग रोकायाले विवाह गर्दा वडाको सिफारिस अनिवार्य लागू गरिएको […]

काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्ला समय राति वायुको गुणस्तर खतरनाक स्तरभन्दा निकै माथि पुग्ने गरेको छ । यस्तो अवस्थामा घाँटी बस्ने, खस–खस हुने, रुघाखोकी लाग्ने, श्वासप्रश्वासमा समस्या हुने गरेको पाइएको छ । लामो समय पानी नपरेका कारण उपत्यकाको वायु प्रदूषण बढेको हो । सवारी साधन, उद्योग, निर्माण कार्य लगायतका कारण वायु प्रदूषण हुने वरिष्ठ मौसमविद् […]

भक्तपुर । आमाका लागि उसका सन्तान कलेजोको टुक्रा सरह हुन्छन् भन्ने पुस्तौंदेखिको भनाइलाई वीरगञ्ज पर्साकी ३० वर्षीया सीता भट्टले प्रमाणित गरेकी छन् । कलेजोमा भएको क्यान्सरले जीवनसँग सङ्घर्ष गरिरहेका तीन वर्षीय छोरा रिसव भट्टलाई आमा सीताले कलेजोको टुक्रा दिएर नयाँ जीवन दिएकी छन् । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरमा उपचाररत रिसवलाई आमा सीताको ४० […]

काठमाडौं । नेपाली सेनाले निर्माण गरिरहेको काठमाडौं–तराई/मधेश द्रुतमार्ग सडक आयोजना (काठमाडौं–निजगढ) निरीक्षण गर्न जानेको भीड देख्दा लाग्छ, ‘नामअनुसारको काम भइरहेको छ ।’ अर्थात् सडक निर्माण कार्य द्रुत गतिमा भइरहेको छ । वास्तविकता चाहिँ ठीक उल्टो छ । नाम ‘द्रुतमार्ग’ राखिए पनि निर्माण ‘कछुवा गति’मा छ । कामअनुसारको नामै राख्ने हो भने यसको नाम ‘द्रुतमार्ग’ नभई […]