समाचार
काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्व पौडेलले शपथ ग्रहण गरेका छन् । बुधवार पौडेलले सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतबाट सपथ लिएरका हुन । शपथ ग्रहण गरेसँगै पौडेल पदभार ग्रहण गर्न राष्ट्र बैंक आउँदै गरेको जानकारी पाएको राष्ट्र बैंकका प्रवक्ता रामु पौडेलले जानकारी दिए। सरकारले मंगलबार नेपाल राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ […]
काठमाडौं। नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरका रुपमा प्रा. डा. विश्वनाथ पौडेल नियुक्त हुनु भएको छ । मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले पौडेललाई राष्ट्र बैंकको गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता एवम् सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिनुभयो ।
तनहुँ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–४, घुम्तीमा मंगलबार (जेठ ६) दिउँसो यात्रीवाहक बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन् । पोखराबाट सुर्खेततर्फ जाँदै गरेको ना५ख ६८४१ नम्बरको बस दुर्घटना हुँदा उनीहरू घाइते भएका हुन् । चालकले नियन्त्रण गुमाउँदा बस सडकदेखि अन्दाजी २० मिटर तल खोल्सामा खसेको थियो । बस दुर्घटनामा घाइते भएकाहरूको उपचार […]
काठमाडौँ । सरकारले स्वदेशमा उत्पादित तथा आयात हुने उत्पादनहरूमा अनिवार्य रूपमा एमआरपीसहितको लेबल लगाउनुपर्ने कानुनी व्यवस्थालाई कडाइका साथ कार्यान्वयनमा ल्याउने संकेत गरेको छ । व्यापारीहरूले विरोध गरिरहेका बेला वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले वस्तुको लेबल नराखी कारोबार गर्नेहरूलाई अनुगमन गरी थप कारबाही गर्ने संकेत गरेको हो । अधिकतम विक्री मूल्यले बजार बिग्रिएको र […]
काठमाडौं । महिला टी-२० विश्वकपको एसिया छनोटमा युएईलाई हराउदै नेपाल पहिलोपटक ग्लोबल छनोटमा प्रवेश गरेको छ । सुपर–३ अन्तर्गतको खेलमा युएईलाई ५ विकेटले पराजित गर्दै नेपाल एक खेल अगावै ग्लोबल छनोटमा प्रवेश गरेको हो । युएईले दिएको ११५ रनको लक्ष्य नेपालले १९ ओभर ३ बलमा ५ विकेट गुमाउदै भेट्टायो । नेपालका लागि कप्तान इन्दु बर्माले […]
काठमाडौं – नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले टोखाबाट बरामद गरिएको २५ करोड बराबरको अवैध विदेशी मुद्राको मुख्य नाइके अझै पक्राउ नपरेको भन्दै गम्भीर प्रश्न उठाएका छन्। प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै उनले ड्राइभर र व्यापारी मात्रै थुनेर सरकार जिम्मेवारीबाट उम्किन नसक्ने चेतावनी दिएका हुन्। सांसद खतिवडाले भने, “केही महिना पहिले सरकारले टोखाबाट २५ करोड बराबरको युरो […]
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग संयुक्त राष्ट्रसंघीय फण्ड फर रेस्पोन्डिङ टु लस एण्ड ड्यामेज का कार्यकारी निर्देशक इब्राहिम चैख डाइओङले आज बालुवाटारस्थित प्रधानमन्त्री निवासमा शिष्टाचार भेट गरेका छन्। भेटका क्रममा प्रधानमन्त्री ओलीले नेपालको पहलमा सम्पन्न सगरमाथा संवादको पहिलो शृङ्खलामा सहभागिता जनाएबापत डाइओङप्रति आभार प्रकट गर्दै हिमाल र वातावरणको संरक्षणमा विश्व समुदायको गम्भीर ध्यान आवश्यक […]
एजेन्सी । मधेस प्रदेश सरकारका तत्कालिन अर्थमन्त्री विजयकुमारसहित आठजना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर गरेको छ । तत्कालिन अर्थमन्त्रीसहित आठ जनाले मिलोमत्तोमा सरकारी सम्पती हानी, नोक्शानी गरी भ्रष्टाचार गरेको अरोपसहित विशेष अदालतमा मुद्दा दायर गरेको हो । अख्तियारले वागमती नगरपालिका सर्लाहीमा तत्कालिन वागमती नगरपालिका प्रमुख भरतकुमार थापा, उपप्रमुख लिलाकुमारी मोक्तान, तत्कालिन प्रमुख […]
काठमाडौं । तीन दिनसम्म राजधानी काठमाडौंमा सम्पन्न सगरमाथा संवादले जलवायु परिवर्तनबाट प्रत्यक्ष प्रभावित हिमाली क्षेत्रका लागि विशेष जलवायु कोष स्थापनाको अन्तर्राष्ट्रिय माग गर्दै २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको छ। “सगरमाथा कल फर एक्शन” शीर्षकको उक्त घोषणापत्रमा जलवायु वित्तलाई प्रभावकारी ढंगले परिचालन गर्न, विशेषगरी हिमाली क्षेत्र केन्द्रित कोष स्थापनामा जोड दिइएको छ। विश्वका नेताहरूले पर्वतीय क्षेत्रहरूमा […]
काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले गत चैत १५ गतेको तीनकुने घटना सम्बन्धमा आयोगले अनुसन्धान पूरा गरेको बताएको छ । तीनकुने घटना मृत्यु भएका पत्रकार स्वर्गीय सुरेश रजकका परिवारको ध्यानाकर्षण पत्र बुझ्दै आयोगकी अनुसन्धान अधिकृत मञ्जु खतिवडाले उक्त घटना गम्भीर विषय भएकोले द्रुत गतिमा अनुसन्धान सम्पन्न भएको जानकारी दिनुभएको हो । उहाँले अनुसन्धानको निष्कर्षसहित केही […]











