काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी)मा स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन हुने भएको छ । केएमसीमा साउन १ गतेबाट स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन हुने भएको अस्पतालका प्रबन्धक नारायणप्रसाद दाहालले बताए । सम्झौतापत्रमा केएमसीका प्रिन्सिपल प्राडा रतेन्द्रनाथ श्रेष्ठले हस्ताक्षर गरेका छन् । नेपाली कांग्रेसका सांसद डा. सुनिलकुमार शर्माले नेृतत्व सम्हाले यता केएमसीले उच्चस्तरीय सेवा दिइरहेको […]

नसाना । इरान समर्थित विद्रोहीहरूको समुद्री आक्रमण क्षमतालाई कम गर्ने प्रयासस्वरुप संयुक्त राज्य अमेरिका र बेलायतले यमनमा गरेको हवाई आक्रमणमा १४ जनाको मृत्यु भएको हुथी नियन्त्रित सञ्चारमाध्यमले शुक्रबार जनाएका छन् । हुथीहरूले नोभेम्बरदेखि गाजा युद्धमा प्यालेष्टिनीहरूलाई समर्थन गर्दै रेड सी र एडनको खाडी वरपर सामान ढुवानी गर्ने ९कार्गो० जहाजहरूमा आक्रमण गर्दै आएको थियो । एएफपीका […]

डुम्रे । तनहुँमा बिहीबार साँझ आएको हावाहुरी र असिना पानीले विभिन्न स्थानमा लाखौँको क्षति पुगेको छ । हावाहुरीले जिल्लाका करिब तीन सय ३३ घर, गोठ, विद्यालयलगायतका संरचनामा क्षति पुर्‍याएको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म यकिन तथ्याङ्क प्राप्त भई नसकेको तर हावाहुरीले भौतिक क्षति धेरै पुर्‍याएको छ । उहाँले भन्नुभयो, […]

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले न्यूरोडमा पार्किङ गर्न पाउनुपर्छ भनेर आन्दोलन थाल्नेहरूले नै फुटपाथ बढाउँदा विरोध गरिरहेको बताएका छन् । सडक डिभिजन कार्यालयले न्यूरोडको सडक पुन:स्थापन गर्न दिएको २ दिनको अल्टिमेटम सकिँदै गर्दा बालेनले सडकमा ३ फिटभन्दा बढी ढाकेर पार्किङ गर्दा सडक सानो नहुने तर त्यति नै ठाँउमा फुटपाथ बनाउँदा साँघुरो हुने कसरी […]

दाङको तुलसीपुरमा अटोरिक्सा र मोटरसाइकल एकापसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाइकल चालक बबई गाउँपालिका वडा नम्बर ४ निवासी ३० वर्षीय राजेश भण्डारी र मोटरसाइलकमा सवार सोही ठाउँका ३१ वर्षीय साकार केसी रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक ठाकुर पोख्रेलले जानकारी दिए । […]

सुर्खेतमा बोलेरो गाडी दुर्घटनामा ४ जनाको मृत्यु भएको छ ।आज  बिहान सुर्खेत जिल्लाको  विरेन्द्रनगर न.पा.१३ टाकुरीमोड स्थित सुर्खेत-दैलेख सडक खण्डमा दैलेखतर्फ जादै गरेको भे १ च २५६० नं को वोलेरो जिप अनियन्त्रित भई सडक देखि अं ४०० मि. तल खस्न जादा भएको सवारी दुर्घटनामा चार जना व्यक्तिको घटनास्थलमा नै मृत्यु भएको र दुई जना व्यक्ति […]

मनहरी । मकवानपुरको भीमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्डअन्तर्गत भीमफेदी गाउँपालिका–६ स्थित जुरिखेतमा कार दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या तीन जना पुगेको छ । दुर्घटनामा परी अन्य दुईजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार मकवानपुरको मनहरी गाउँपालिका–८ स्थित बेलुवाका २५ वर्षीय अर्जुन नेपाली र उनका तीनमहिने छोरी अजिता भित्रीकोटीको मृत्यु भएको […]

काठमाडौँ । टी–२० विश्वकप खेल्नका लागि क्रिकेटर सन्दीप लामिछाने अमेरिका जाने तयारीमा रहेका छन् । यसअघि भिसा प्रक्रियाका कारण रोकिएका सन्दीप सम्भवत आजै अमेरिका जान सक्ने स्रोत बताउँछ । उनी अमेरिकी दूतावासबाट भिसा नपाएपछि अमेरिका जान पाएका थिएनन् । उनको अमेरिका जाने भिसाका लागि पहल भइरहेको थियो । जसअनुसार नेपालस्थित अमेरिकी राजदूतावासले आज अपराह्न ४ […]

काठमाडौं । गृह मन्त्रालयद्वारा प्रहरीको उमेर हद अध्ययन गर्न कार्यदल गठन गरेको छ । उपप्रधान एवं गृहमन्त्रीस्तरीय निर्णयअनुसार गृह मन्त्रालयका सहसचिव एवं कर्मचारी महाशाखा प्रमुख झक्कप्रसाद आचार्यको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरिएको छ । कार्यदलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका डिआइजीपी, अर्थ मन्त्रालयका उपसचिव, गृह मन्त्रालयको कानुन उपसचिव, मन्त्रालयले तोकेको सुरक्षा विज्ञ […]

जनकपुरधाम । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई नागरिकता जारी गर्ने र प्रतिलिपी दिने कर्मचारी पनि पक्राउ पर्ने भएका छन् । सिरोहियाको नागरिकता सम्बन्धी थप अनुसन्धानका लागि प्रहरीले तत्कालीन प्रमुख जिल्ला अधिकारी शरदकुमार भट्टराई र प्रतिलिपि दिने तत्कालीन शाखा अधिकृत काशिराज दाहालविरुद्ध जिल्ला अदालत धनुषाबाट पक्राउ पूर्जी लिएको हो । ०३४ सालमा सिरोहियाले जिल्ला प्रशासन […]