समाचार
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तातो हावा ‘लू’बाट बच्न सर्वसाधारणलाई आग्रह गरेको छ । मन्त्रालयले तराईमा तातो हावासँगै ‘लू’ चलेकाले सबैलाई बच्न आग्रह गरेको हो । ‘लू’ले गर्दा मुटुको चाल तीव्र हुने, श्वासप्रश्वासमा समस्या हुने, रक्तचाप घट्ने, पसिना निस्कने, टाउको अत्यधिक दुख्ने, चक्कर लाग्ने, ज्वरो आउने जस्ता समस्या देखिने गर्दछ । शुक्रराज ट्रपिकल तथा […]
काठमाडौँ । मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद अल थानी नेपालको दुई दिने राजकीय भ्रमण सकाएर आज स्वदेश फर्किनु भएको छ । उहाँलाई बिदाइ गर्न राष्ट्रपति रामचन्द्र पौडेल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्नुभएको थियो । सो अवसरमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नरायणकाजी श्रेष्ठ, उपप्रधानमन्त्री एवं […]
चर्चित गायक भागिरथ चलाउनेको नयाँ गित सार्वजनिक भएको छ । सयभन्दा वढि गीत गाएर चर्चामा आएका भागीरथ एक से एक हिट गीत गाएर चर्चामा आएका हुन । त्यसमध्ये कसलाइ सोध्नी होला बोलको चर्चित गित गाएपछि उनी चर्चामा आएका हुन । सल्यानको सिद्धकुमाखमा जन्मिएका भागीरथ सानैदेखी लोकदोहोेरी र संगितमा रुचि राख्ने र गित गाउनमा अब्बल थिय […]
काठमाडौं । फेसबुकमा अब कमेन्ट पनि आर्टिफिसियल इन्टेलिजेन्स (एआई)ले नै लेखिदिने भएको छ । मेटाले ल्याउन लागेको एआईको नयाँ भर्सनमा यस्तो सुविधा हुनेछ । मेटाका मालिक मार्क जुकरबर्गले बिहीबार एक भिडिओ पोस्ट राख्दै ‘मेटा एआई’ को नयाँ भर्सन सबै प्रयाेगकर्ताका लागि चाँडै नै सार्वजनिक हुन लागेको जानकारी दिए । जुकरबर्गका अनुसार फेसबुक, मेसेन्जर, इन्स्टाग्राम र ह्वाट्सएपमा […]
काठमाडौं । नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्यका ६ वटा क्षेत्रमा समझदारी भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल र कतारको तर्फबाट शेख तमिम बिन हमाद अल थानीसहितको प्रतिनिधिमण्डलबीच भएको वार्तापछि सहमतिमा हस्ताक्षर भएको हो । सहमतिपत्रमा नेपालको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी र कतारी समकक्षीले हस्ताक्षर गर्नुभएको छ । ६ […]
काठमाडौँ । नेपाल भ्रमणमा रहेको कतारी प्रतिनिधि मण्डल र नेपाली टोलीबिच दुई पक्षीय वार्ता सुरु भएको छ । काठमाडौँको होटल सोल्टीमा केहीबेर अघि दुई पक्षीय भेटवार्ता सुरु भएको प्रधानमन्त्रीको सचिवालले जनाएको छ । दुई पक्षीय भेटवार्तामा कतारका तर्फबाट अमिर शेख तमिम बिन हमाद अल थानी र नेपालका तर्फबाट प्रधानमनत्री पुष्पकमल दाहाल प्रचण्डले नेतृत्व गरेका छन् […]
काठमाडौँ । कतारका अमिर शेख तमिम विन हमाद अल थानीको दुईदिने नेपालको राजकीय भ्रमणमा खबरलाई आज काठमाडौँबाट प्रकाशित अखबारले प्राथमिकताका साथ प्रकाशन गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणमा कतारका अमिर मङ्गलबार काठमाडौँ आउनुभएको हो । मङ्गलबार अपराह्न काठमाडौँ ओर्लेपछि कतारका अमिरले साँझ राष्ट्रपति पौडेलसँग भेटवार्ता गर्नुभएको थियो । उहाँ मङ्गलबार राति राष्ट्रपति पौडेलले […]
काठमाडौँ: नेपाली कांग्रेसका सांसद डा सुनिलकुमार शर्माले सरकारले मुलुकका व्यवसायीहरुको हकहितमा काम गर्नुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेसको शुभेच्छुक संस्था लोकतान्त्रिक साना होटल व्यवसायी सङ्घले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले देशको समृद्धिको मुख्य आधार निजी क्षेत्र हो भन्ने कुरालाई स्वीकार गरी सरकारले व्यवसायीको हकहितमा काम गर्न सकेमा मात्र देश विकास सम्भव रहेको बताउनुभएको हो […]
नयाँ विवाहमा एकजना रिसाउँछन् र अर्कोले स्वीकार गर्छन् र उनीहरूको प्रेम बढ्छ । श्रीमान्–श्रीमती दुवै पारिवारिक जीवनका दुई पांग्रा जस्तै हुन्, एउटालाई रिस उठ्यो भने अर्कोलाई दाम्पत्य जीवनको गाडी चलाउन गाह्रो हुन्छ । यस्तो अवस्थामा यदि तपाईको श्रीमती तपाईसँग रिसाउँछिन् भने, यी टिप्सले तपाईलाई मनाउन मद्दत गर्न सक्छ । एकान्तमा कुरा गर्ने प्रयास गर्नुहोस् आफ्नी […]
तनहुँ । तनहुँमा २३ वटा सामुदायिक वनमा आगलागी भएको छ । फागुनदेखि वैशाख महिनाको हालसम्म विभिन्न सामुदायिक वनमा डढेलो लागेको हो । डढेलोका कारण साढे दुई महिनाको अवधिमा एक सय सत्र दशमलव तीन हेक्टर क्षेत्रफलमा आगलागी भएको डिभिजन वन कार्यालय तनहुँले जनाएको छ । जिल्लाका १० पालिकामध्ये सात पालिकामा आगलागी हुनबाट जोगिएको छ । आँबुखैरेनी, […]











