समाचार
काठमाडौँ । २०७८ साल वैशाख ११ गते निर्माण नसकिँदै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले हतारहतार धरहराको उद्घाटन गरेका थिए । तर उद्घाटनको ठिक ३ वर्षपछि पनि धरहरा निर्माणको काम सकिएको छैन भने सर्वसाधारणले कहिलेदेखि चढ्न पाउँछन् भन्ने टुङ्गो छैन । निर्माण व्यवसायीले २ वर्षभित्रमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिए पनि काममा आलटाल गरिरहेको छ । […]
काठमाडौँ– नेपाल समाजवादी पार्टी (नेसपा) महाधिवेशन आयोजक समिति संयोजक तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई आफूले लगातार चुनाव जित्दै आएको निर्वाचन क्षेत्र गोरखा–२ दिई चुनाव जिताएर निस्वार्थ सहयोग गरे पनि अहिले प्रचण्डले आफूविरुद्ध अशोभनीय हर्कत गरिरहेको बताएका छन्। प्रचण्डलाई गोरखा–२ दिएकोमा मतदाता आफूसँग असन्तुष्ट र गुनासो गरेको पनि संयोजक […]
मकवानपुर । कैलाश गाउँपालिका–१० सादिखोरियास्थित भित्री सडकखण्डमा गए राति ट्रयाक्टरले किचेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कैलाश–१० पुरानोगाउँका ३५ वर्षीय प्रदीप वाइबा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले राससलाई जानकारी दिनुभयो । भलटारबाट पुरानो गाउँतर्फ बिजुलीको पोल बोकी जाँदै गरेको बागमती प्रदेश०३–००१त ०४१९ नम्बरको ट्रयाक्टरको पछाडि टेलरमा सवार […]
Karan KC of Nepal celebrates the wicket of Martin Coetzee Hong Kong, China during the ACC Men’s Premier Cup 2024 Group A match between Nepal and Hong Kong, China held at the Al Amerat Cricket Ground Oman Cricket (Turf 1), Oman on April 15, 2024. Photo by: Pankaj Nangia / Creimas / Asian Cricket Council […]
काठमाडौं । टिकटक स्वामित्व आफूलाई नबेचे पूर्ण रूपमा प्रतिबन्ध लगाउने विधेयकमा अमेरिकी राष्ट्रपति जो बाइडेनले हस्ताक्षर गरेका छन् । याेसँगै टिकटकको अभिभावक कम्पनी बाइटडान्सले आफ्नो स्वामित्वको हिस्सेदारी अमेरिकालाई नदिने भनी अडान लिएमा टिकटकमाथिको प्रतिबन्ध अबको केही दिनदेखि नै लागू हुने सम्भावना रहेको छ । यसअघि २० अप्रिलमा अमेरिकाको प्रतिनिधि सभाले टिकटकलाई प्रतिबन्ध लगाउन विधेयक पारित […]
काठमाडौं । नेपालले कतारका अमिर अमिर शेख तमिम बिन हमाद अल थानीलाई दिने भनिएका दुई वटा हात्ती तत्काल नजाने भएका छन् । कतारका अमिरलाई उपहार स्वरुप दिन भनेर चितवनमा दुई वटा हात्ती रुद्रकली र खगेन्द्रप्रसादलाई तयारी अवस्थामा राखिएको थियो । कानुनी तथा प्राविधिक प्रक्रिया पुरा नभएका कारण नेपालले उपहार स्वरूप दिइने रूद्रकली र खगेन्द्रप्रसाद तत्काल […]
वीरगन्ज । मधेस प्रदेशमा एकै दिन पाँच जनाको शव फेला परेको छ । मंगलबार धनुषा र पर्सामा गरी पाँच जनाको शव फेला परेको हो । धनुषामा चार र पर्सामा एक गरी जम्मा पाँच वटा शव फेला परेको हो । तीमध्ये पनि धनुषामा होटलको कोठाभित्र झुण्डिएको अवस्थामा तीन वटा शव फेला परेको थियो, जसमा दुई जनाको […]
महोत्तरी । महोत्तरीका वनक्षेत्रमा फेरि वन डढेलोका घटना बढ्न थालेका छन् । गत चैत दोस्रो साताको वर्षाले वन डढेलो निभ्नुका साथै पातपतिङ्गर भिजेका कारण केही समयसम्म डढेलोका घटनामा कमी आए पनि चर्को गर्मी बढेसँगै फेरि डढेलोका घटना बढ्न थालेका हुन् । अहिले पूर्वपश्चिम राजमार्गपर्ने जिल्लाको १८ किलोमिटर दूरीको दायाँबायाँ क्षेत्रमा जताततै धुवाँको मुस्लो देखिन्छ । […]
मनिला । फिलिपिन्सको स्वास्थ्य विभाग (डिओएच) ले यस वर्ष जनवरी १ देखि अप्रिल १८ को अवधिसम्ममा छ जनाको मृत्युसहित गर्मीसम्बन्धी रोगका कम्तिमा ३४ वटा घटना प्राप्त भएको जनाएको छ । मृत्युको कारण भने स्पष्टरूपमा अझै पुष्टि हुन बाँकी रहेको डिओएचका सहायक सचिव अल्बर्ट डोमिङ्गोले बताउनुभयो । गर्मीसम्बन्धी ३४ वटा घटना मध्य फिलिपिन्सको केन्द्रीय भिसायास क्षेत्र, […]
एजेन्सी । बलिउडका सबै फिल्ममा आफ्नो आवाजको जादु फैलाएका यी गायकले सबैलाई आफ्नो गायनले मोहित बनाएका छन् । यी गायकका लागि सारा संसार पागल छ । यो गायकले एक घण्टाको प्रस्तुतिको लागि करोडौं पारिश्रमिक पनि लिन्छिन् तर वास्तविक जीवनमा उनी निकै साधारण जीवन बिताउँछन् । प्रायः उनलाई चप्पल लगाएर हातमा झोला लिएर कतै पनि देख्न […]











