पाँचथर- चट्याङले लागेर पाँचथरमा एक जना प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ। प्रहरी चौकी गोपेटारमा कार्यरत ३५ वर्षीय प्रहरी सहायक हवल्दार पाण्डवकुमार माझीको गएराति चट्याङ लागेर मृत्यु भएको हो। गएराति दिए। चौकीमा रहेका अन्य प्रहरीले माझीलाई उपचारका लागि नजिकैको प्राथमिक स्वास्थ्य केन्द्र गोपेटार पुर्‍याएका थिए। ‘प्राथमिक उपचारपश्चात् थप उपचारका लागि मध्यरात जिल्ला अस्पताल पुर्‍याएका थियौँ। चिकित्सकले […]

हेर्दा निकै शालीन र भद्र तर भित्रभित्रै काण्डैकाण्डले भरिएका नेता हुन्, नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा । अनेक काण्ड मच्चाएका महरा अहिले सुन प्रकरणमा प्रहरी हिरासतमा पुगेका छन् । जनयुद्ध हुँदै राष्ट्रिय राजनीतिमा उदाएका पार्टीभित्र सबैका प्रिय शक्तिशाली पार्टी नेता त्यो पनि आफ्नै अध्यक्ष प्रचण्ड प्रधानमन्त्री हुँदा प्रहरीको हिरासतमा पुगेपछि माओवादीभित्र हलचल मच्चिएको छ […]

नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव छ । सोही कारण आज बिहान कोशी र मधेश प्रदेशसहित देशका पहाडी भू–भागमा आंशिक बदली छ । बाँकी भू–भागमा मौसम भने मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी […]

काठमाडौँ । रसुवाकाे जुरेढुङ्गा केन्द्रिवन्दु भएर भूकम्प गएको छ । आज बिहान ९ बजेर ४५ मिनेटमा ४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ । नेपालमा पछिल्लो समय फागुन २८ गते बाजुराको जुगाडा केन्द्रविन्दु भएर ४.३ रेक्टरको भूकम्प गएको थियो ।

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्योगी तथा व्यवसायीलाई ढुक्क भएर लगानी गर्न आह्वान गर्नुभएको छ । बाह्रखरी मिडियाद्वारा कास्कीको पोखरामा आयोजित ‘आमन्त्रण गल्फ प्रतियोगिता’ का विजयीलाई आज पुरस्कार प्रदान गर्दै प्रधानमन्त्रीले नेपालमा केही छैन, केही हुँदैन भन्ने भाष्य परिवर्तन गर्नुपर्ने भन्दै त्यसका लागि व्यवसायीले ढुक्क भएर लगानी गर्नुपर्ने बताउनुभयो । “देशमा लगानीको वातावरण बनेको […]

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माआवादी केन्द्र) र नेपाल समाजवादी पार्टीबीच पार्टी एकता गर्ने सहमति भएको छ । माओवादी केन्द्र र नेसपा केन्द्रीय समितिको एकता संयोजन समितिको संयुक्त बैठकले दुई पार्टीबीच एकता गर्ने सहमति भएको हो । बैठक प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षमा बसेको हो । एकता प्रक्रियामा पार्टी अध्यक्ष बाबुराम […]

तनहुँ- तनहुँको आँबुखैरेनी गाउँपालिकाले डेंगु नियन्त्रणका लागि पूर्वतयारी थालेको छ। गर्मी मौसम सुरु भएसँगै डेंगुको जोखिम बढ्ने भएकाले गाउँपालिकाले नियन्त्रणका लागि पूर्वतयारी थालेको हो। गत वर्ष गर्मी मौसममा तनहुँ डेंगुबाट आक्रान्त बनेको भन्दै सङ्क्रमितको सङ्ख्या करिब सात हजार पुगेको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिए। उनका अनुसार डेंगुबाट जिल्लाभर चार जनाको मृत्यु भएको थियो। […]

कर्णालीमा नेपाली कांग्रेसले संगठन सृदृढ अभियान सञ्चालन गर्ने भएको छ । कर्णालीका १० वटै जिल्लामा नेपाली कांग्रेसका युवा नेता भुपेन्द्रजंग शाहीको नेतृत्वमा चैत्र २ गतेबाट अभियान सञ्चालन हुने भएकोे छ । सशक्त, सबल, प्रभावकारी, सुदृढ , लोकप्रिय, बलियो र गतिशील पार्टी बनाउने उद्देश्यले अभियानको सञ्चालन गर्न लागिएको युवा नेता शाहीले बताए । ‘हामी सबै पार्टी […]

नेपालमा सामाजिक सञ्जाल एप भाइबर सूचीकृत भएको छ । मन्त्रालयका अनुसार सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्न तयार भएको निर्देशिका २०८० अनुसार पहिलोपटक नेपालमा भाइबर सूचीकृत भएको हो। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीका अनुसार मन्त्रिपरिषद बैठकले स्वीकृत गरेको निर्देशिकाबमोजिम तोकिएको प्रक्रिया पूरा गरेर भाइबर सूचीकरण गरिएको हो । ‘भाइबरले सूचीकरण भएको प्रमाणपत्र लै […]

दमक (झापा) । झापाको गौरादहमा आफ्नै वृद्धा हजुरआमाको हत्या अभियोगमा नातिसहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गौरादह नगरपालिका–७ का १७ वर्षीय धिरज विश्वकर्मासहित उनका साथी टङ्क दर्नाल, राजु मल्लिक र बहादुर दर्जीलाई बुधबार अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक मिलन केसीले बताए। उनका अनुसार फागुन २५ गते राति ८२ […]