काठमाण्डौँ – आगामी १५ चैतदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा एसइईमा देशभरका पाँच लाख चार हजार ४१४ विद्यार्थी सहभागी हुने भएका छन् । यसपटक देशभर दुई हजार ६४ वटा केन्द्र रहनेछन् भने प्रत्येक केन्द्रबाट दुई सय ५० विद्यार्थीले परीक्षा दिनेछन् । कक्षा दशका परीक्षा नियन्त्रक नन्दलाल पौडेलका अनुसार परीक्षाको तयारी अन्तिम चरणमा पुगेको छ । एसइईका लागि जनक […]

रङहरूको पर्व होली नजिक आइसकेको छ । नेपालमा पहाडी क्षेत्रमा आइतबार र तराईका क्षेत्रमा सोमबार होली पर्व मनाइने छ । होली रंग र खुसीको पर्व हो । सबैलाई एक अर्कामा रङ दल्ने र एक अर्कामा आपसी भाइचाराको पर्वको रूपमा लिइन्छ । तर, कतिपयलाई रङको एलर्जी पनि हुन्छ । यसै गरी रंगहरूमा पाइने विषाक्त पदार्थहरू तपाईँ […]

नवलपरासी- विषाक्त आहाराका कारण गिद्ध संरक्षणमा चुनौती थपिएको छ। विषाक्त आहाराकै कारण पछिल्लो समय गिद्ध मर्ने क्रम बढ्दै गएको छ। नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा विषाक्त आहाराका कारण एक वर्षभित्रमा २३ गिद्ध मरेका छन्। विषाक्त आहाराका कारण बिरामी भएका गिद्धको उद्धार गरिएको जटायु रेस्टुरेन्टका अध्यक्ष एवं संरक्षणकर्मी डिबी चौधरीले बताए। ‘गिद्ध जोगाउन ठूलो चुनौती देखिएको छ’, उनले […]

म्याग्दी । गोर्खा वेल्फेयर ट्रष्टले म्याग्दीलगायत देशका ५१ जिल्लामा दुई हजार तीन सय ८० खानेपानी आयोजना निर्माण गरेको बताएको छ । ट्रष्टको बुधबार म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्ग तातोपानीमा सम्पन्न कार्यशालामा ६१ हजारभन्दा बढी धारा जडान गरेर खानेपानी वितरण गरिएको ट्रष्टका कार्यक्रम निर्देशक दीपककुमार श्रेष्ठले बताउनुभयो । नेपालको कुल जनसङ्ख्यामध्ये ग्रामीण भेगमा बसोबास गर्दै आएका तीन […]

पाँचथर- चट्याङले लागेर पाँचथरमा एक जना प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ। प्रहरी चौकी गोपेटारमा कार्यरत ३५ वर्षीय प्रहरी सहायक हवल्दार पाण्डवकुमार माझीको गएराति चट्याङ लागेर मृत्यु भएको हो। गएराति दिए। चौकीमा रहेका अन्य प्रहरीले माझीलाई उपचारका लागि नजिकैको प्राथमिक स्वास्थ्य केन्द्र गोपेटार पुर्‍याएका थिए। ‘प्राथमिक उपचारपश्चात् थप उपचारका लागि मध्यरात जिल्ला अस्पताल पुर्‍याएका थियौँ। चिकित्सकले […]

हेर्दा निकै शालीन र भद्र तर भित्रभित्रै काण्डैकाण्डले भरिएका नेता हुन्, नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा । अनेक काण्ड मच्चाएका महरा अहिले सुन प्रकरणमा प्रहरी हिरासतमा पुगेका छन् । जनयुद्ध हुँदै राष्ट्रिय राजनीतिमा उदाएका पार्टीभित्र सबैका प्रिय शक्तिशाली पार्टी नेता त्यो पनि आफ्नै अध्यक्ष प्रचण्ड प्रधानमन्त्री हुँदा प्रहरीको हिरासतमा पुगेपछि माओवादीभित्र हलचल मच्चिएको छ […]

नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव छ । सोही कारण आज बिहान कोशी र मधेश प्रदेशसहित देशका पहाडी भू–भागमा आंशिक बदली छ । बाँकी भू–भागमा मौसम भने मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी […]

काठमाडौँ । रसुवाकाे जुरेढुङ्गा केन्द्रिवन्दु भएर भूकम्प गएको छ । आज बिहान ९ बजेर ४५ मिनेटमा ४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ । नेपालमा पछिल्लो समय फागुन २८ गते बाजुराको जुगाडा केन्द्रविन्दु भएर ४.३ रेक्टरको भूकम्प गएको थियो ।

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्योगी तथा व्यवसायीलाई ढुक्क भएर लगानी गर्न आह्वान गर्नुभएको छ । बाह्रखरी मिडियाद्वारा कास्कीको पोखरामा आयोजित ‘आमन्त्रण गल्फ प्रतियोगिता’ का विजयीलाई आज पुरस्कार प्रदान गर्दै प्रधानमन्त्रीले नेपालमा केही छैन, केही हुँदैन भन्ने भाष्य परिवर्तन गर्नुपर्ने भन्दै त्यसका लागि व्यवसायीले ढुक्क भएर लगानी गर्नुपर्ने बताउनुभयो । “देशमा लगानीको वातावरण बनेको […]

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माआवादी केन्द्र) र नेपाल समाजवादी पार्टीबीच पार्टी एकता गर्ने सहमति भएको छ । माओवादी केन्द्र र नेसपा केन्द्रीय समितिको एकता संयोजन समितिको संयुक्त बैठकले दुई पार्टीबीच एकता गर्ने सहमति भएको हो । बैठक प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षमा बसेको हो । एकता प्रक्रियामा पार्टी अध्यक्ष बाबुराम […]