समाचार
३ जेठ, काठमाडौं । ललितपुर कुपन्डोलस्थित हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी कार्यालयमा आगलागी भएको छ । तत्कालीन हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी, आइडियल यमुना बहुउद्देश्यीय सहकारी सहित पाँच संस्था मर्ज भएर आइडियल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी संस्था बनेको थियो । मर्ज भए पनि पाँच संस्थाको एकीकृत कारोबार भएको छैन । सहकारी विभागमा मर्ज भएका संस्थाको डिमर्जका लागि […]
काठमाडौँ । नेपाली काँग्रेसका सांसद रामहरी खतिवडाले प्रधानमन्त्री संसदीय छानविन समिति गठनमा सकारात्मक देखिएको भएपनि सत्तारुढ अन्य दलका कारण प्रधानमन्त्रीले निर्णय गर्न नसकेको बताउनु भएको छ । सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उहाँले संसदीय छानविन समिति गठनको सम्बन्धमा निक्र्यौल निकालेर संसद चलाउने बाटोमा जानुपर्ने आफूहरुको धारणा रहेको बताउनु भयो । उहाँले सरकार संसदीय छानविन समिति गठन गर्न […]
३ जेठ, जनकपुरधाम । सिरहामा जग्गा विवादमा कोदालो प्रहार गरी एक जनाको हत्या भएको छ । सिरहाको अर्नमा गाउँपालिका–२ ब्रहमपुरीका ५३ वर्षीय बुधराम महतोको कोदालो प्रहार गरी हत्या भएको हो । बुधराम खेतमा खर लिन ट्याक्टर लिएर खेतमा पुगेका बेला बिहीबर बिहान ८ : २० बजे स्थानीय बचाई महतोले कोदालो प्रहार गरेको स्थानीय प्रत्यक्षदर्शीलाई उधृत […]
वालिङ । स्याङ्जाको चापाकोट–९ सेराकी लक्ष्मी खनाल डोकोमा तरकारी बोकेर घरखर्च गर्न थालेको ३२ वर्ष पुग्यो । आफूले उत्पादन गरेका तरकारी गाउँ तथा बजारका घरघरमा पुर्याएर बिक्री गर्ने उहाँको दैनिकी निकै लामो छ । मौसम अनुसारका तरकारी उत्पादन गरी आफैँले डोकोमा बोकेर बजार जाने गरेकाले बिक्रीको समस्या नभएको उहाँले बताउनुभयो । “मौसम अनुसार उत्पादन हुने […]
काठमाडौं । सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घ सोडारीले विश्वासको मत पाएका छन् । उनले पक्षमा २८ मत पाए भने विपक्षमा शून्य मत पर्यो । नेकपा एसका सोडारीलाई एमाले, माओवादी, नाउपा रन्जिता पक्ष र स्वतन्त्र सांसदले विश्वासको मत दिए । कांग्रेस र नाउपा रेशम पक्षले भने मतदान बहिष्कार गरेका थिए ।
काठमाडौँ । बिहिबार बिहान ११ बजे बस्ने भनिएको प्रतिनिधिसभाको बैठक दिउँसो चार बजेलाई सरेको छ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससँग सहमतिको प्रयास भइरहेकाले बिहान बैठक चार बजेलाई सारिएको सभामुख देवराज घिमिरेका प्रेस विज्ञ शेखर अधिकारीले जानकारी दिए । यसअघि कांग्रेससँग सहमतिको प्रयास भइरहेकाले केही समय बैठक सार्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सभामुख घिमिरेलाई फोन […]
काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्र्वप्रधानमन्त्री शेरबहादुर देउवाले गिरिबन्धु टि—स्टेटको जग्गा बिक्री नेपाली काँग्रेसको पालामा नभएको बताउनुभएको छ । बिहीवार काठमाडौंमा आयोजित प्रजातान्त्रिक विचार समाजको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अदालतले फैसला गरेपछि गिरिबन्धु टिस्टेटको निर्णय काँग्रेसको पालामा भएको कुरा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भन्नुभएको कुरा बाहिर आएको […]
काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले कुनै राजनीतिक दलको धम्कीले काँग्रेस नडराउने बताउनुभएको छ । बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले कुनैपनि राजनीतिक दलले नेपाली काँग्रेसलाई धम्क्याउन नसक्ने बताउनु भयो । उहाँले राजाको धम्कीबाट काँग्रेस नडराएको भन्दै अहिले कुनैपनि राजनीतिक दलको धम्कीबाट नडराउने बताउनु भयो । बुधवार […]
झापा । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले काँग्रेसले कमिसन खाएर गिरीबन्धु टि–स्टेटको ७० विघा जग्गा बेचेको आरोप लगाएपछि नेपालको राजनीतिको मोड फेरिने संकेत देखिएको छ । गिरीबन्धु टि–स्टेटको बेचिएको भनिएको जग्गा अहिले झापाको बिर्तामोड नगरपालिका ५ र अर्जुनधारा ११ मा पर्दछ । ठूलो भागमा अहिले पनि चियाको बुटा र जंगल नै छ […]
रामपुर, (पाल्पा) । पाल्पाको निस्दी गाउँपालिका–४ मतियारडाँडास्थित भित्री सडकमा यात्रुवाहक जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा निस्दी–४ मित्याल बेलखरका राजीव सुनारी र निस्दी–४ मित्याल घ्याङसिबासका तेजन सोमैको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले बताउनुभयो । दुर्घटनामा सात वर्षीय सुनारी र १६ वर्षीय सोमैको उपचारको क्रममा मध्यविन्दु […]











