समाचार
काठमाडौँ ।नेपाली सुनचाँदी बजारमा साता कारोबारको पहिलो दिन अर्थात आइतबार सुनको मूल्य स्थिर रहेको छ । आज सुनको मूल्य स्थिर रहि शुक्रबार कै रकममा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार छापावाल सुन तोलामा १ लाख ३६ हजार ९०० रुपैयाँमा कारोबार भएकोमा आइतबार पनि सोही मूल्यमा कारोबार भएको हो । यस्तै तेजाबी […]
काठमाडौँ । प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित भएको छ । अपराह्न भएको वर्षाले ‘भिजिबिलिटी’ कमजोर हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान १५ मिनेट प्रभावित बनेको विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थलका प्रवक्ता सुवास झाका अनुसार भारी वर्षाका कारण बिहान ११:३० देखि ४५ मिनेटसम्म विमानस्थलको आन्तरिक र अन्तर्राष्ट्रिय दुवै आगमन स्थगित गरिएको थियो । अहिले मौसम […]
काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा कांग्रेसको नाराबाजि जारी रहेको छ । आईतबार बसेको बैठकमा पनि कांग्रेसले नाराबाजि गरेको हो । सभामुख देवराज घिमिरेले अर्थमन्त्री वर्षामान पुनलाई सरकारको नीति तथा कार्यक्रम तथा आर्थिक सर्वेक्षण वाचन गर्न समय दिएपछि कांग्रेस सांसदहरु अर्थमन्त्रीलाई छेक्न पुगेका थिए । प्रतिपक्षको अवरोधकै बीच अर्थमन्त्री रोष्टममा पुगेका छन् ।
काठमाडौँ । नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरोमा परी एक्सकाभेटर अपरेटरको मृत्यु भएको छ। इच्छाकामना–५ स्थित तुइन खोला पुल नजिक सडक छेउमा नाला खन्नेक्रममा माथिबाट झरेको ढुंगासहितको पहिरोमा पुरिएर बर्दिया घर भएका अन्दाजी ३२ वर्षीय अपरेटर मंगल चौधरीको मृत्यु भएको हो । पहिरोमा परी गम्भीर घाइते भएका चौधरीको उपचारका क्रममा भरतपुरस्थित पुरानो मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी […]
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच भेट भएको छ । आईतवार बिहान सभापति देउवाको निजी निवास बुढानीलकण्ठमा भेट भएको हो । सभापति देउवाको आग्रहमा प्रधानमन्त्री दाहाल बुढानीलकण्ठ पुग्नुभएको काँग्रेस सांसद जीवन परियारले बताउनु भयो । उहाँले बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पनि बोलाइएको भएपनि प्रधानमन्त्री मात्रै बैठकमा सहभागी […]
काठमाडौँ । नेपाली कांग्रेस काठमाडौँ उपत्यकाका १५ निर्वाचन क्षेत्रमार्फत सहकारी ठगीविरुद्ध प्रदर्शनमा उत्रिँदै छ । नेपाली कांग्रेसले काठमाडौँ, ललितपुर र भक्तपुरको ब्यानरमा आज दिउँसो १ बजे काठमाडौँको प्रदर्शन मार्गमा खुला सभा गर्न लागेको हो । काठमाडौँमा १०, ललितपुरका ३ र भक्तपुरका २ वटा निर्वाचन क्षेत्रबाट कार्यकर्तालाई कांग्रेसले सहकारी ठगीविरुद्ध प्रदर्शनमा सहभागी गराउन लागेको हो । […]
सल्यान सिद्धकुमाख ४ सागिनेमा गत जेठ १ गते बुबाले आमाको हत्या गरि आफुले पनि आत्महत्या गरेपछि टुहुरा बनेका बालबालिकाहरुलाई सल्यान जिल्ला घर भई रोजगारको सिलशिलामा अ्मेरिका र नेपालमा रहनु भएका सल्यानि हरुले रु ३४००० हस्तान्तरण गरेका छन। #सहयोग गर्ने व्यक्तीको नामावली : संकलित सहयोग रकम जिबराज बोहरा र हरिहर बुढाथोकीले घरमै पुगेर सिद्धकुमाख गाउँपालिकाकी कार्यपालिका […]
मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभर्याङस्थित पूर्व–पश्चिम सडकखण्डमा गए राति बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । सर्लाहीबाट काठमाडौँतर्फ जाँदै गरेको ना७ख १६७५ नंको बसले ठक्कर दिँदा अन्दाजी ४० वर्षीय पुरुषको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार मृतक पुरुषको हाल नामथर वतन खुलेको […]
एजेन्सी । सीएसकेका सीईओ कासी विश्वनाथनले धोनीले अर्को सिजन पनि आईपीएल खेल्नेमा आशा रहेको बताएका छन् । एमएस धोनीको सन्यासको बारेमा विश्वनाथनले धोनीले सन्यास लिनेबारे आफूलाई थाहा नभएको बताएका छन् । चेन्नईको युट्युब च्यानलमा सोधिएको प्रश्नको जवाफमा विश्वनाथनले भने, ‘यो यस्तो प्रश्न हो जसको उत्तर धोनीले मात्र दिन सक्छन् । धोनीले लिएका निर्णयलाई हामीले सधैं […]
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको अवरोधपछि राष्ट्रिय सभाको बैठक स्थगित भएको छ । शुक्रवार बसेको सभाको बैठकमा कार्यसूचिमा प्रवेश गर्न लाग्दा प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसदहरुले उठेर बिरोध जनाएसँगै बैठक स्थगित भएको हो । प्रमुख प्रतिपष दल नेपाली काँग्रेसले लामो समय यता उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेबिरुद्ध सहकारीको रकम अपचलनको आरोप लगाउँदै […]











