समाचार
एजेन्सी । लखनउ सुपर जाइन्ट्सविरुद्धको खेल जितेर फर्किएको कोलकाता नाइट राइडर्स (केकेआर)टोली वर्षाका कारण अलपत्र परेको छ । टोली लखनउबाट कोलकाता फर्कदै गर्दा भारतको पूर्वी भागमा भारी वर्षाका कारण केकेआरको विमान कोलकातामा अवतरण गर्न नसकेपछि विमानलाई गुवाहाटी पठाइएको थियो । जसका कारण केकेआर टोलीका सदस्यहरूले उडानमा धेरै समय व्यतित गर्नुपरेको थियो । केकेआरका अनुसार टोलीका […]
गण्डकी । पर्यटकीय राजधानी पोखरा जोड्ने दुई ठूला राजमार्ग विस्तार तथा स्तरोन्नतिमा भइरहेको ढिलासुस्तीको प्रत्यक्ष मार यात्रु र सवारीचालकले खेप्नुपरिरहेको छ । पोखरा-मुग्लिन सडक आयोजना र मध्यपहाडी लोकमार्गअन्तर्गत कास्कीको हरिचोक-याम्दी सडक समयमा नबन्दा वर्षात्मा हिलो र हिउँदमा धुलो छिचोल्दै यात्रा गर्नुपर्ने बाध्यता छ । दुवै राजमार्गबाट आउजाउ गर्ने सर्वसाधारण यात्रु र स्थानीयवासीले हिलो र धुलोको […]
धरान, (सुनसरी) । ‘देशमा रोजगारीको अभाव र लगानीको वातावरण छैन’ भन्नेहरूका लागि धरानका दुई पौरखी युवकले बेकरी उद्योग सञ्चालन त्यसलाई असत्य साबित गरेका छन् । आठ वर्षको वैदेशिक रोजगारीपछि फर्कनुभएका धरानका एनसी राई र वीरेन्द्र थापाले यहाँ लाखौँको लगनीमा बेकरी उद्योग सञ्चालन गर्नुभएको छ । उहाँहरूले रु १० लाख लगानीमा धरान उपमहानगरपालिका–१२ को अमान बजारमा […]
गलकोट । ढोरपाटनमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । सोमबार राति परेको चट्याङले ढोरपाटन नगरपालिका–३ पुर्कोटका ५६ वर्षीय कुमबहादुर पुन गम्भीर घाइते हुनुभएको थियो । जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक विजय यादवका अनुसार चट्याङ लागेर गम्भीर घाइते भएका पुनको उद्धार गरी उपचारका लागि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा लैजाँदा बाटोमा […]
काठमाडौँ । सरकारले एक सय रुपैयाँको नोटमा नयाँ नक्शा समेटेर जारी गर्ने निर्णय गरेसँगै यतिबेला देशभित्र र बाहिर चर्चाको विषय बनेको छ । छिमेकी देश भारतले सीमा समस्या विवादका बीचमा वार्ता जारी रहेकाले नेपाल सरकारले एकपक्षिय निर्णय गरेको भन्दै एकपक्षिय निर्णय लिनुको कुनै तुक नरहेको टिप्पणीसमेत गरेको छ । यस बारेमा विज्ञहरुले पनि आफ्नोआफ्ना धारणा […]
एजेन्सी । सोनम कपुरसँगको फिल्म ‘राँझना’ मार्फत दक्षिण र उत्तरतर्फ तारिफ प्राप्त गरेका अभिनेता धनुषको कलालाई उनका फ्यानहरुले निकै रुचाएका छन् । धनुषले बक्स अफिसमा राम्रो कमाई गर्नुका साथै गायनमा पनि आफ्नो प्रतिभा देखाएका छन् । गत वर्ष उनको फिल्म ‘क्याप्टेन मिलर’ रिलिज भएको थियो । यो चलचित्रले टिकट विन्डोमा खासै केही गर्न सकेन । […]
काठमाडौँ । चलचित्र गाउँ आएको बाटो जेठ २५ गतेबाट प्रदर्शन हुने भएको छ । सोमवार काठमाडौंमा पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो । किराँत राई समुदायको पृष्ठभूमिमा बनेको यस चलचित्रले गाउँमा मोटरबाटो आएपछि बाबुछोराको सम्बन्धमा आउने उत्तारचढावलाई देखाइएको छ । नेपाली समाजमा सन्तन हुर्काउन बुबाले गरेको संघर्ष, यस चलचित्रमा देख्न सकिन्छ । कार्यक्रममा बोल्दै अभिनेता […]
काठमाडौं । नेकपा एमालेबाट लगिएर कम्युनिष्ट पार्टी एकताको अभियान चलाइरहनुभएका नेता बामदेव गौतमले आफू एमालेमा नै आएर काम गर्न चाहेको बताउनुभएको छ । सोमबार ललितपुरमा आयोजित वरिष्ठ राजनीतिज्ञ सिद्धिलाल ज्ञवाली स्मृति ग्रन्थ विमोचन कार्यक्रममा नेता गौतमले पार्टी फुटेपछि पार्टी अध्यक्ष केपी ओलीले पहिलो पटक बोलाउँदा आफू नआएको तर दोस्रो पटक बोलाउँदा गएर मलाई के काम […]
काठमाडौँ । बेलायत भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले दोस्रो मैत्रीपूर्ण खेलमा आज (सोमबार) राति इंग्ल्यान्ड ‘सी’ टोलीसँग खेल्दैछ । खेल अल्सडरसट टाउन फुटबल क्लबको घरेलु मैदान इबिबी रङ्गशालामा नेपाली समयानुसार राति ८ः४५ बजे सुरु हुनेछ । यसअघि शुक्रबार भएको पहिलो खेलमा नेपाल ब्रिटिस आर्मीसँग गोलरहित बराबरीमा रोकिएको थियो । नेपाल सन् २०२६ को फिफा […]
कमलामाई । सिन्धुलीको जुनार बगैँचामा प्रोटिन–वेट छिट्न सुरु गरिएको छ । जुनारमा लाग्ने औँसा कीरा व्यवस्थापनका लागि प्रोटिन–वेट छर्किन सुरु गरिएको हो । यसले जुनार तथा सुन्तला जातका फलफूलमा लाग्ने औँसा कीरा व्यवस्थापन हुने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जुनार सुपर जोनका प्रमुख यमकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “प्रोटिन वेट विषादीयुक्त हुन्छ, जुनारको फल […]











