काठमाडौँ । संसद भवनमा नेपाली कांग्रेससहितको विपक्षी दलहरुको बैठक सुरु भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाको कार्यकक्षमा बसिरहेको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी (जसपा) नेपाल, लोसपा र राष्ट्रिय जनमोर्चाका नेताहरू सहभागी छन् । सरकारले आज बजेट ल्याउने तयारी गरिरहेको छ । यसबारे समान धारणा बनाउन विपक्षी दलको बैठक बसेको हो । […]

एजेन्सी । संयुक्त राज्य अमेरिकाको मध्य क्षेत्रमा घातक आँधीका कारण चार बालबालिकासहित १८ जनाको मृत्यु भएको र लाखाँैले गम्भीर मौसमको खतराको सामना गर्नुपरेको सिएनएनले जनाएको छ । मुख्यतया मध्य–मिसिसिपी, ओहायो र टेनेसी उपत्यकाजस्ता अमेरिकाको फराकिलो क्षेत्रहरूमा आइतबार करिब १० करोड ९० लाखभन्दा बढी व्यक्ति असिना, दूषित र तेजयुक्त हावा र भयानक आँधीको खतराको सामना गर्नु […]

काठमाडौँ । टी–२० विश्वकप नजिकिँदै जाँदा नेपालका स्टार खेलाडी सन्दीप लामिछानेले अमेरिकी दूतावासबाट भिसा पाउन सकिरहेका छैनन् । उनको भिसाको लागि नेपाल क्रिकेट संघ ९क्यान०ले पहल गरिरहेको भए पनि सन्दीपले आजसम्म भिसा पाउन सकेका छैनन् ।यसैबीच, सन्दीपले फेसबुकमा एक स्टाटस लेख्दै आफ्नो सपना पूरा हुन नसकेपनि देशको सपना पूरा भएको भन्दै आफू त्यसमा खुसी भएको […]

काठमाडौँ । सहकारीको रकम हिनामिना र अपचलनमा जोडिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई पदबाट हटाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । अनुपम भट्टराईले लामिछानेविरुद्द रिट निवेदन दर्ता गराएका हुन् । उक्त रिटको जेठ १६ गते पेशी तोकिएको छ ।  निवेदकले सहकारी ठगी प्रकरणमा जोडिएका लामिछानेलाई पदबाट निलम्बन गर्न र उनीविरुद्ध कुनै मुद्दा […]

एजेन्सी । ट्राफिक जाममा फस्न कसैलाई मन पर्दैन । यदि कोही व्यक्ति जाममा फसे त्यही जाममा जीवनको सबैभन्दा महत्वपूर्ण समय बितिरहेको महसुस हुन्छ । यस्तो अवस्थामा सोच्नुहोस् संसारको सबैभन्दा लामो ट्राफिक जाम कुन होला ? वा कल्पना गर्नुहोस् यदि तपाईं एक वा दुई घण्टाको सट्टा १२ दिनसम्म ट्राफिक जाममा फसेको भए के हुन्छ ? वास्तवमा […]

एजेन्सी । पपुवा न्यु गिनीले संयुक्त राष्ट्रसङ्घलाई सोमबार एङ्गा प्रान्तको दुर्गम पहाडी इलाकास्थित एक गाउँमा शुक्रबार गएको भीषण पहिरोमा परी मृत्यु भएका व्यक्तिको सङ्ख्या दुई हजारभन्दा बढी रहेको जनाएको छ । उनीहरू पहिरोमा पुरिएको बताइएको छ । देशको राष्ट्रिय विपद् केन्द्रले राजधानी पोर्ट मोरेस्बीस्थित संयुक्त राष्ट्रसङ्घको कार्यालयलाई दिएको जानकारीअनुसार शुक्रबार बिहान करिब ३:०० बजे गाउँलेहरू […]

काठमाडौँ । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) निकट पत्रकारहरुको संगठन समाजवादी प्रेस संगठन नेपालले नेपाल पत्रकार महासंघको केन्द्रिय कार्यालयमा तालाबन्दी गरेको छ । नेपाल पत्रकार महासंघले गैर पत्रकारहरुलाई समेटेर पत्रकारहरुको सदस्यताको अन्तिम नामावली प्रकाशित गरेको आरोप लगाउँदै खारेजीको माग गर्दै सोमवार सञ्चारग्रामस्थित महासंघको केन्द्रिय कार्यालयको मुलगेटमा तालाबन्दी गरेको हो । गत जेठ ८ गतेको […]

काठमाडौँ । आईसीसी टी–२० विश्वकप क्रिकेटको अन्तिम तयारीमा रहेको नेपालले आज सोमबार पहिलो औपचारिक वार्मअप म्याच खेल्दैछ । हाल अमेरिकामा रहेको नेपाली टोलीले पहिलो अभ्यास खेल क्यानडासँग खेल्न लागेको हो । नेपाल र क्यानडाबीचको अभ्यास खेल डलासमा ग्रान्ड प्रेरी स्टेडियममा राति ९ः१५ बजे सुरु हुनेछ । नेपालले आफ्नो दोस्रो खेल आयोजक राष्ट्र अमेरिकासँग मे ३० […]

मुगु । मुगुको मुगुम कार्मारोङ गाउँँपालिका–१ डोल्फु गाउँमा हतियारधारी समूहले लुटपाट गरेको छ । गाउँका अधिकांश व्यक्ति यार्सागुम्बा सङ्कलन गर्न गएको समयमा लुटपाट गरिएको हो । हतियारधारी समूहले शनिबार साँझ डोल्फु गाउँमा घरघरमा खानतलासी गर्दै नगद, गहना, सरसामानलगायत बहुमूल्य सामान लुटेर लगेका मुगुम कार्मारोङका अध्यक्ष छिरिङ क्याप्ने लामाले जानकारी दिनुभयो । “गाउँमा बूढाबूढी र बालबालिकका […]

काठमाडौं । वरिष्ठ हास्यकलाकार जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले कान्तिपुर मिडियाका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेको घटनामा दिएको अभिव्यक्ति बारे माफी मागेका छन् । कार्यक्रमका लागि अष्ट्रेलिया पुगेका मह जोडिले त्यहीँबाट भिडिओ सन्देश जारी गर्दै दर्शकसँग माफी मागेका हुन् । सिरोहिया पक्राउ परेपछि कान्तिपुर टीभीले उनीहरुसँग प्रतिक्रिया लिएको थियो । उनीहरूले लोकतन्त्रको लागि कान्तिपुर […]