समाचार
धनगढी । डोटी जिल्लाको सायल गाउँपालिका–६ दल्लेखमा परेको चट्याङले एक जनाको ज्यान गएको छ भने सात जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार हिजो राति चट्याङ लागेर सोही स्थानका लहरी नागरीकी श्रीमती ४० वर्षीय कमला नागरीको मृत्यु भएको हो। चट्याङको सो घटनामा मृतक कमलाका छोराछोरीहरू तारा, अविशेक, अबि, र ३ महिनाका शंकर नागरी […]
बाँकेको यातायात व्यवस्था कार्यालयबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चारजनालाई पक्राउ गरेको छ। लाइसेन्समा करोडौँ लेनदेन गरेको सूचनाका आधारमा आयोगले कर्मचारी र ड्राइभिङ सेन्टरका सञ्चालकलाई पक्राउ गरेको हो। यातायात व्यवस्था कार्यालय नेपालगन्जमा कार्यरत कम्प्युटर अपरेटर शक्ति ठाकुर, सहायक कम्प्युटर अपरेटर (ज्यालादारी) मनोज गिरी, घरेलु तथा साना उद्योग कार्यालय नेपालगन्ज, बाँकेका नायब सुब्बा मुकुन्दराज के.सी. र मामा […]
झापा । झापाको गौरादह नगरपालिका–५ बालुबथानमा चट्याङ लागेर बुधबार एक जनाको मृत्यु भएको छ । घरमै खाजा खाने क्रममा चट्याङ लागेर ५४ वर्षीय दूधकुमार लावतीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए । मृतक लावती पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ आरुभोटे स्थायी घर भई हाल झापाको गौरादहमा गोमनाथ चेम्जुङको खेती अधिया […]
काठमाडौँ । बागलुङको ताराखोला गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष कर्णबहादुर भण्डारी मृत भेटिएका छन् । काँक्राखोरका बासिन्दा ५० वर्षीय भण्डारी बुधबार बिहान मृत भेटिएका हुन् । प्रहरीका अनुसार घरदेखि ५० मिटर टाढा रहेको गोठको बाहिरपट्टि रहेको काठको बलोमा नाइलनको डोरीको पासो घाँटीमा लगाई झुण्डिएको अवस्था मृत फेला परेका थिए । घटनाको कारण नखुलेको र […]
काठमाडौँ । प्रहरीले यही चैत १५ गते तीनकुने क्षेत्रमा आपराधिक गतिविधिमा संलग्न थप दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भोजपुरको अरुण गाउँपालिका–५ का ४५ वर्षीय दिलकुमार श्रेष्ठ र सिन्धुपाल्चोकको लिसङ्खुपाखर गाउँपालिका–४ का ३० वर्षीय जितबहादुर श्रेष्ठ रहेका छन् । पक्राउ परेका दुवै जनालाई आपराधिक उपद्रव कसुरअन्तर्गत जिल्ला अदालत काठमाडौँबाट २० दिनको म्याद थपगरी […]
बुधबार, २७ चैत २०८१, १२ : १९ रवि लामिछानेलाई पक्राउ गर्दा प्रहरी ज्यादती र मानव अधिकार हनन् भएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीले मानवअधिकार आयोगलाई ज्ञापनपत्र बुझाएकाे छ । आज प्रमुख सचेतक सन्तोष परियार, सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीलगायत रास्वपा नेताहरूले आयुक्तहरूलाई भेटेर घटनाबारे जानकारी दिँदै ज्ञापनपत्र बुझाएका हुन् । शुक्रबार उच्च अदालत तुलसीपुर, बुटवल इजलासले जिल्ला अदालत […]
सभापति लामिछानेलाई गैरकानुनी तवरबाट पक्राउ गरिएको भन्दै रास्वपाका नेताहरू मानव अधिकार कार्यालय जाँदै
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई गैरकानुनी तवरबाट पक्राउ गरिएको भन्दै रास्वपाका नेताहरू मानव अधिकार आयोगको कार्यालय जाँदैछन् । सभापति लामिछानेलाई गैरकानुनी पक्राउ गरिएको र पक्राउ गर्दाको प्रहरीले गरेको ज्यादतीविरुद्ध ध्यानाकर्षण गराउन अहिले ११ः३० बजे पुल्चोकस्थित मानव अधिकार आयोगको कार्यालय जान आटेको पार्टीको केन्द्रीय सदस्य शिशिर खनालले जानकारी दिए । बुटवलको सुप्रिम […]
स्मार्ट बोर्डमार्फत डिजिटल शिक्षामा क्रान्ति, काठमाडौं महानगरपालिका भन्दा अगाडि बढ्दै तारकेश्वर नगरपालिका काठमाडौं, तारकेश्वर —राजधानी काठमाडौंकै छेउमा रहेको तारकेश्वर नगरपालिकाले शिक्षा, पूर्वाधार, सुशासन र राजस्व संकलनका क्षेत्रमा उदाहरणीय उपलब्धिहरू हासिल गर्दै काठमाडौं महानगरपालिकालाई समेत पछि पार्दै अग्रणी स्थानीय तहको रूपमा आफूलाई स्थापित गरिरहेको छ। विशेषगरी, डिजिटल शिक्षामा नगरपालिकाले लिएको पहलकदमी अत्यन्तै प्रशंसनीय छ। पालिकाभित्रका २२ […]
खागमौरीले टोकेर एक जनाको मृत्यु भएको छ । बगनासकाली गाउँपालिका–२ गोफेका ४५ वर्षीय कमल विश्वकर्माको मंगलबार खागमौरीले टोकेर मृत्यु भएको हो । कामबाट घर फर्किँदै गरेको अवस्थामा खान्दुला नजिकै बाटोमा खागमौरीले टोकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्दीप बेल्वासेले जानकारी दिए । खागमौरीले टोकेपछि विश्वकर्मा बेहोस भएका थिए । शनलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज […]
भारतीय सीमासँग जोडिएको ईशनाथ नगरपालिका-१ बन्जरहा झुलुङ्गे पुलबाट कटुवा पेस्तोल १ थान, गोली ४ राउण्ड र १ सय ९ किलो गाँजासहित गौर नगरपालिका-४ टिकुलियाका २१ वर्षीय सावन गिरीलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो। विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रौतहटबाट एकजना इन्स्पेक्टरको कमान्डमा गएको टोलीलाई लालबकैया केराघारी हुँदै टाउकोमा गाँजाको बोरा बोकेर भारततर्फ गइरहेको […]










