समाचार
काठमाडौं– मोरङमा सशस्त्र प्रहरी बलका एक नायब उपरीक्षक (डिएसपी) झुन्डिएको अवस्थामा मृत फेला परेका छन्। पाल्पा स्थायी घर भइ सशस्त्रमा कार्यरत ३८ उपेन्द्र बस्याल मृत अवस्थामा फेला परेका हुन्। सोमबार दिउँसो डिएसपी बस्याल कार्यालयभित्रै ‘सिलिङ फ्यान’मा डोरीको पासो लगाएर झुण्डिएको अवस्थामा मृत फेला परेका हुन्। उनी धनपालथान गाउँपालिका-३ स्थित बोर्डर आउट पोस्ट (बीओपी) सोराभागका इन्चार्ज हुन्। डिएसपी बस्याललाई केहीबेरअघि कार्यालयभित्रै […]
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि फागुन २२ गते दिउँसो ३ बजे बस्ने भएको छ । पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास, बूढानीलकण्ठमा बस्ने बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यको उपस्थितिका लागि अनुरोध गरिएको छ ।
काठमाण्डौ – महोत्तरीको मटिहानी जनकपुर सडकखण्डमा भारतीय जीपले ठक्कर दिँदा दुई जनाको ज्यान गएको छ । एकजना घाइते भएका छन् । ज्यान गुमाउनेमा महोत्तरी पिपरा गाउँपालिका–५ का ६० वर्षीय अकवर राइन र धनुषा क्षिरेश्वरनाथ नगरपालिका–१ का ६० वर्षीय राजकिशोर यादव रहेका जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । जनकपुरतिरबाट मटिहानीतिर गइरहेको बीआर ०६ पीडी ३३३० नम्बरको […]
पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण आज देशभर आंशिकदेखि मौसम सामान्य बदली रहनेछ । आज बिहान देशभर आंशिकदेखि साधारणतया बदली रही कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाको अनुसार आज दिउँसो देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । सोमबार दिउँसो […]
जनकपुरधाम उपमहानगरपालिका–२३ विन्धीमा एञ्जल्स स्कुल बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ भने अन्य पाँच जना गम्भीर घाइते भएका छन्। आइतबार प्रदेश -२-२-००१ क ०४३१ नम्बरको एन्जल्स स्कुल बसले ठक्कर दिँदा सोही ठाउँकी ३५ वर्षीया राखीदेवी यादवको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएको प्रहरीले जानकारी दिएको छ । सडक छेउमा हिँडिरहेका महिलालाई […]
काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित २० जना सदस्यहरूको पदावधि आज सकिएको छ । राष्ट्रियसभाको पदावधि छ वर्षको हुने र हरेक दुई वर्षमा एक तिहाइ सदस्यको निर्वाचन हुने व्यवस्था छ । जसअनुसार आज २० जना सदस्यहरूको पदावधि सकिएको हो । आजबाट पदावधि सकिनेमा एमालेबाट निर्वाचित राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, भैरव सुन्दर श्रेष्ठ, इन्दु कडरिया, कुमार […]
झापा – झापाको मेचीनगरमा पैदल हिंडिरहेका बेला मोटरसाइकलले ठक्कर दिंदा एक महिलाको ज्यान गएको छ भने उनकी ५ वर्षीया छोरी गम्भिर घाइते भएकी छन् । प्रहरीका अनुसार मोटरसाइकलको ठक्करबाट शनिबार बेलुका मेचीनगर–५ की ५५ वर्षीया देवीमाया विश्वकर्मा र उनकी छोरी ६ वर्षीया निशा सिकिस्त घाइते भएका थिए । मेचीनगर–५ को भित्री पक्की सडक खण्डमा घैलाडुब्बाबाट […]
शरीरमा पानीको मात्रा कम हुँदा देखिने १० असर मानव शरीरलाई स्वस्थ राख्न पानी आवश्यक तत्व हो । शरीरमा पानीको मात्राको कमी हुँदा विभिन्न असरहरू देखा पर्छन् । झन् चिसो मौसममा हामी पानी पिउन कम गर्छौं । यसले पनि समस्या निम्त्याउँछ । शरीरमा पानी कम हुँदा देखिने असरहरू यस्ता छन्– शारीरिक क्षमतामा कमी शरीरमा पानीको […]
काठमाडौँ। आगामी २४ घण्टामा छ प्रदेशमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले प्रकाशित गरेको मौसम पूर्वानुमान बुलेटिनका अनुसार शनिवार सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । लुम्बिनी प्रदेश सहित बागमती प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरूमा पनि हल्कादेखि मध्यम […]
काठमाडौँ । काठमाडौँ । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत नेपालले नामिबियालाई पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा भर्खरै सम्पन्न खेलमा नेपालले नामिबियालाई ३ रनले पराजित गरेको हो । आफ्नो तेस्रो खेलमा नेपालले नामिबियालाई तीन रनले हराएको हो । जितसँगै नेपालले फाइनल प्रवेशको सम्भावना पनि जिवितै राखेको छ । नेपालले दिएको १८१ रनको लक्ष्य पछ्याएको नामिबियाले […]










