समाचार
काठमाडौँ । प्रहरी जवान युवराज घिमिरेको हत्या आरोपमा छजनालाई पक्राउ गरिएको छ । काठमाडौँ जिल्ला प्रहरी परिसरले अभियुक्तहरूलाई आज पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने बताएको छ । जिल्ला प्रहरी परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार खोटाङको मजुवागढी गाउँपालिका–१ का स्थायी बासिन्दा प्रहरी जवान घिमिरेको शव शङ्कास्पद अवस्थामा गत शुक्रबार काठमाडौँको तार्केश्वर–९ मनमैजुस्थित निर्माणाधीन […]
काठमाडौं । संसद् बैठक अघि विपक्षी दलहरू छलफलमा जुटेका छन् । प्रतिनिधिसभाको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आह्वानमा वानेश्वरमा विपक्षी दलहरूको बैठक बसिरहेको छ । राप्रपा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले बैठकमा आजको संसद् बैठकमा विपक्षी दलहरुको साझा प्रस्तुतिबारे छलफल हुने जानकारी दिए । सहकारीको रकम हिनामिना प्रकरणमा मुछिएका उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न […]
काठमाडौँ । कीर्तिपुर नगरपालिका–१० नयाँबजार बस्ने २४ वर्षीय साजिस श्रेष्ठलाई खुकुरी प्रहार गरी फरार रहेका दश जनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा आछाम बिरपद गाउँपालिका–१ का २७ वर्षीय मोहन खड्का, आछाम कमलबजार–१ का २१ वर्षीय धुर्वबहादुर विष्ट, बझाङ दुर्गाथलि गाउँपालिका–७ का २० वर्षीय उपेन्द्र सिंह, बझाङ खप्तड छान्ना–५ का २१ […]
काठमाडौँ । विपक्षी दलले संसदीय समिति नबनेसम्म सदन चल्न नदिने बताएका छन् । सभामुख देवराज घिमिरेसँगको बैठकमा विपक्षी दलका प्रमुख सचेतकहरुले यस्तो बताएका हुन् । उनीहरुले बैठकमा सभामुख घिमिरेलाई जबर्जस्ती सदन नचलाउन पनि आग्रह गरेका छन् । ‘हामी विपक्षीहरूले जबर्जस्ती सदन नचलाउन सभामुखलाई आग्रह गरेका छौं ।’ कांग्रेस प्रमुख सचेतक रमेश लेखकले भने । प्रतिनिधिभाको […]
काठमाडौँ । नेपाली कांग्रेसले सभामुख देवराज घिमिरे संसदीय मर्यादामा नबसेको ठहर गरेको छ । शुक्रबार बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले हिजोको संसद वैठकमा सभामुखको भूमिका तटस्थ र निष्पक्ष नरहेको निष्कर्ष निकलेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । सभामुखले आफ्नो मर्यादा भुलेर संसदको कामकारबाही अघि बढाउन खोजेको कांग्रेसको आरोप छ । लेखकले भने, ‘सभामुख […]
पुर्बी नेपालका पहाडी जिल्लाको यात्रामा युवा नेता शाही नेपाली कांग्रेसका युवा नेता भुपेन्द्रजंग शाही पुर्वी नेपालका पहाडी जिल्लाहरु रामेछाप हुँदै ओखलढुंगा पुग्नुभएको छ। नेपाली कांग्रेस जिल्ला कार्यसमिति ओखलढुंगाले आयोजना गरेको कार्यक्रममा भेटघाट गर्दै कार्यक्रमलाई सम्बोधन गर्नुभएको हो। कार्यक्रममा बोल्दै शाहीले नेपाली कांग्रेसको एकताबद्दको विकल्प नरहेको औल्याउँदै पार्टीमा समान अवसर र सुदृढ संगठनमा सौहार्दपुर्ण वातावरण रहिरहनु […]
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । बिहिबार बसेको बैठक सुरु हुने बित्तिकै कांग्रेस सांसदहरु उठेर बैठक अवरुद्ध गरेका हुन् । काँग्रेसले सहकारी रकम हिनामिना प्रकरणमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेमाथि संसदीय समितिको माग राखेर संसद अवरुद्ध पार्दै आएको छ । आजको बैठकमा पनि काँग्रेसले सोही विषयमा संसदीय छानबिन […]
काठमाडौँ : पूर्वप्रधानसेनापति धर्मपालवर सिंह थापाको निधन भएको छ । लामो समयदेखि फोक्सोसम्बन्धी रोगबाट पीडित उहाँको आज ८५ वर्षको उमेरमा उपचारका क्रममा वीरेन्द्र अस्पताल छाउनीमा निधन भएको नेपाली सेनाले जनाएको छ । उहाँको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ । थापा २०५२ देखि २०५६ सालसम्म प्रधानसेनापति हुनुहुन्थ्यो । उहाँको कार्यकालमा नेपाली सेनाको […]
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले १० वर्षमा २ हजार ८ सय मेगावट विद्युत उत्पादन गर्ने लक्ष्य निजी क्षेत्रले मात्रै पूरा गर्नसक्ने बताउनुभएको छ । बिहीवार काठमाडांैमा भएको प्रि–बजेट छलफल कार्यक्रममा बोल्दै प्रवन्ध निर्देशक घिसिङले यस्तो बताउनुभएको हो । उहाँले नेपालको जलविद्युत उत्पादनमा निजी क्षेत्रको महत्वपूर्ण भुमिका रहेको भन्दै १० वर्षमा २ […]
काठमाडौँ । नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले सत्तामा बस्नेहरुले प्रश्न गर्न नमिल्ने बताउनुभएको छ । बिहीवार काठमाडौंमा आयोजित प्रजातान्त्रिक विचार समाजको कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले काँग्रेस प्रमुख प्रतिपक्ष रहेको र काँग्रेसको अहिलेको काम प्रश्न गर्ने भएको भन्दै सरकारमा बस्नेहरुले काँग्रेसमाथि प्रश्न गर्न नमिल्ने बताउनु भयो । उहाँले सत्तामा उत्तर दिनका लागि […]











