समाचार
नेपाली कांग्रेसका सांसद डा.सुनिल शर्माले झोलुङ्गे पुलका लट्ठा चुँडिदा १४ वटा खच्चर पुलमै अड्किएको विषयलाई चासोका रुपमा लिएका छन् उनले पुलको लट्ठा फेर्न नसक्ने सरकारले देशको मुहार फेर्छु भन्दै हिँडिरहेको भन्दै आक्रोश व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै प्रचण्ड सरकारका कुरा नेपाली जनताले आखिर कहिलेसम्म पत्याउने भन्दै पश्न समेत गरेका छन् । […]
काठमाडौँ । कान्तिपुर सहकारीका तत्कालीन अध्यक्ष चन्द्रबहादुर तामाङ ‘सीबी लामा’ कारागार चलान भएका छन् । काठमाडौँ जिल्ला अदालतको पुर्पक्षका लागि थुनामा पठाउने आदेशपछि उनलाई केन्द्रीय कारागारमा पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले जानकारी दिए । कान्तिपुर सहकारी र पशुपति सेभिङ एन्ड क्रेडिटको बचत रकम अपचलन गरेर फरार भएका लामाविरुद्ध प्रहरी वृत्त नयाँ बानेश्वरले […]
पछिल्लो समयकी सर्वाधिक व्यस्त नायिका आँचल शर्मा फिल्म ‘जेरीः अन टपमा अनुबन्धित भएकी छिन् । निर्माणपक्ष र नायिका आँचल शर्माबीच शुक्रबार कागजी संझौता भएको छ । योसँगै फिल्मका मुख्य कलाकारहरूको लाइनअप पनि पुरा भएको छ । यो फिल्मको शीर्ष भूमिकामा नायक अनमोल केसीले काम गर्दैछन् । अनमोलसँगै फिल्ममा नायिका आना शर्मा पनि फाइनल भइसकेकी थिइन् […]
काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्माको काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) को स्वास्थ्य टोलीले दक्षिणकालीमा निःशुल्क स्वास्थ्य शिविर गरेको छ । सक्रिय युवा समूह र फर्पिङ सेकेन्डरी स्कुल दक्षिणकाली नगरपालिका वडा ६ को आयोजना तथा केएमसीको प्राविधिक सहयोगमा फर्पिङ सेकेन्डरी स्कुलको विद्यालयको प्राङ्गणमा स्वास्थ्य शिविर गरिएको हो । शिविरमा ६९३ बिरामीको निःशुल्क […]
लमजुङ । लमजुङ मस्र्याङ्दी गाउँपालिका–६ न्यादी खोलामा निर्माणाधीन सुपर न्यादी आयोजनाको ‘लोडर’ चालकको पहिरोले पुरिँदा मृत्यु भएको छ । आज बिहान लोडर लिएर कामतर्फ जाँदै गर्दा माथिबाट खसेको पहिरोले पुरिँदा मकवानपुर हेटौँडा उपमहानगरपालिका–१० का ४२ वर्षीय गोपाल तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङमा प्रहरी निरीक्षक मेघनाथ चापागाईले बताउनुभयो । गम्भीर घाइते चालक तामाङकोे काठमाडौँस्थित […]
काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”सँग काठमाडौँ उपत्यकाका नगरपालिकाहरूको साझा मञ्च मेयर्स फोरमका पदाधिकारीहरूले छलफल गर्नुभएको छ। प्रधानमन्त्रीले आयोजना गर्नुभएको छलफल काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनमा सङ्घीय सरकार र स्थानीय सरकारको भूमिका र दायित्वका विषयमा केन्द्रित थियो। उक्त छलफलमा प्रधानमन्त्री प्रचण्डले काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनको समन्वय सङ्घीय सरकारले नै गरोस् भन्ने मेयर्स फोरमको सिफारिस बमोजिम लगानी बोर्डले […]
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले गिरीबन्धु टी स्टेट प्रकरणमा आफूमाथि लगाएको आरोपको जवाफ दिएका छन् । शुक्रबार चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँगको सवाल–जवाफका क्रममा ओलीले बालेनले गिरीबन्धुमा आफूलाई गर्न खोजेको घेराबन्दी झिंगाले भैंसीलाई लात्ती हाने जस्तै भएको टिप्पणी गरे । गिरीबन्धु प्रकरणमा आफूबारे बालेनले गरेको टिप्पणीलाई लिएर ओलीले […]
काठमाडौँ । कान्तिपुर मिडिया ग्रुपका प्रबन्ध निर्देशक सम्भव सिरोहियाले सहकारी ठगीसम्बन्धी समाचार रोक्न नमान्दा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बुवा कैलाश सिरोहियालाई पक्राउ गराएको आरोप लगाएका छन् । गृहमन्त्री लामिछानेले सहकारी घोटालाको समाचार लुकाउन आफूहरूलाई गरेको धेरैपटकको आग्रहलाई अस्वीकार गर्दा कान्तिपुर मिडिया ग्रुपका अध्यक्षसमेत रहेका सिरोहियालाई नागरिकता कसुरमा पक्राउ गरिएको दाबी गरेका हुन् । गत […]
दाङ । श्रीमतीको हत्या गरी फरार भएका नेपाली सेनाका अमल्दार पक्राउ परेका छन् । शुक्रबार बिहान तुलसीश्रीपुर उपमहानगरपालिका– ६ डुम्रीगाउँस्थित घरमा श्रीमतीको हत्या गरी सेनाका अमल्दार ३६ वर्षीय शालिकराम बुढाथोकी फरार भएका थिए। हत्या गरि फरार रहेका बुढाथोकीलाई तुलसीपुर बाहिनी चोकबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी रामबहादुर केसीले जानकारी दिए। शान्तिसेनाबाट […]
एजेन्सी । बलिउड अभिनेत्री कंगना रनावतमाथि हातपात भएको छ । बिहिबार दिल्ली आउँदा चण्डीगढ एयरपोर्टमा सीआईएसएफ लेडी कन्स्टेबल कुलबिंदर कौरले उनीमाथि थप्पड हानेकी हुन् । विमानस्थलमा कंगनालाई थप्पड हानिएको भिडियो सामाजिक सञ्जालमा खुब भाइरल भइरहेको छ । किसान आन्दोलनलाई लिएर कंगनाको अभिव्यक्तिलाई लिएर महिला कन्स्टेबल रिसाएकी थिइन् । कंगना र कन्स्टेबलबिच भनाभन भएको थियो । […]











