प्रधानमन्त्री पाएको सल्यान जिल्लाले अहिलेसम्म दमकल पाउन सकेको छैन, जसका कारण आगलागी हुँदा करोडौंको क्षति बेहोर्नु पर्ने बाध्यता रहेको छ। पटक–पटक मन्त्री, सांसद बनेका नेताहरूको प्रतिनिधित्व भए पनि जिल्लामा आधारभूत आवश्यकताका रूपमा रहेको दमकल ल्याउने पहल गर्न नसक्दा स्थानीयवासीले ठूलो पीडा खेप्नु परिरहेको छ। दमकल अभावले आगलागी नियन्त्रणमा समस्या सल्यानका विभिन्न स्थानमा बेलाबेला हुने आगलागीमा […]

सल्यान — सल्यानमा माघ १८ गतेदेखि सञ्चालिक सांस्कृतिक महोत्सव स्थलमा भिषण आगलागी भएको छ । शारदा नगरपालिका–१, श्रीनगरको टाउन प्लानिङमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान सल्यानले आयोजना गरेको महोत्सवस्थलमा शनिबार राति ११ बजेतिर आगलागी भएको हो। आगलागीबाट महोत्सवमा बिक्रीका लागि राखिएका स्टल र त्यसमा भएका सबै सामग्री जलेर नष्ट भएका छन् । स्टलमा राखिएको […]

परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा आरजु राणा देउवाले नेपाली कांग्रेसले काम गर्ने तर प्रचार भने नगर्ने गरेको बताउनुभएको छ । नेपाली कांग्रेस थारु विभाग र नेपाल थारु संघको संयुक्त आयोजनामा आज कैलालीमा आयोजित प्रथम कैलाली जिल्ला भेलालाई सम्बोधन गर्दै मन्त्री डा राणाले भन्नुभयो– नेपाली कांग्रेसले नेपालमा जातीय मुक्ति एवं जनजातिको अधिकार स्थापित गर्ने […]

काठमाडौं, — इजरायल-हमास द्वन्द्वका क्रममा बेपत्ता भएका नेपाली नागरिक बिपिन जोशीको सुरक्षित रिहाइका लागि नेपाल सरकारले उच्चस्तरीय कूटनीतिक पहल जारी राखेको छ। यसैक्रममा, नेपाल सरकारकी परराष्ट्रमन्त्री आरजु राणा देउवाले इस्लामिक गणतन्त्र इरानका परराष्ट्रमन्त्री महामहिम सेय्यद अब्बास आराघचीसँग टेलिफोन वार्ता गर्नुभएको छ। वार्ताका क्रममा परराष्ट्रमन्त्री राणाले जोशीको अवस्थाबारे गहिरो चासो व्यक्त गर्दै उनको सकुशल रिहाइ सुनिश्चित […]

नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ ले तत्कालीन विद्रोही माओवादीले सुरु गरेको सशस्त्र संघर्ष (जनयुद्ध) लाई हिंसाको संज्ञा दिएका छन् । बादल पूर्व माओवादी नेता हुन् । सशस्त्र संघर्षका क्रममा उनी कमाण्डर थिए । उनकै नेतृत्वमा ठूला–ठूला युद्धहरु भएका थिए । ‘जनयुद्ध भनेको हिंसा नै हो । युद्ध भनेको हिंसा हो । त्यहाँ मर्ने […]

झापाको शिवसताक्षी नगरपालिकामा भएको घटनालाई ‘अमला काण्ड’ भन्दै अतिरञ्जित ढंगले प्रस्तुत गर्ने ३८ वटा युट्युब च्यानलविरुद्ध प्रेस काउन्सिल नेपालले कारबाही प्रक्रिया अघि बढाएको छ। काउन्सिलले पछिल्लो समय विभिन्न युट्युब च्यानल र फेसबुक पेजमार्फत सत्यतथ्य पुष्टि नगरी सनसनीपूर्ण समाचार सम्प्रेषण भइरहेको जनाएको छ। पीडित युवती, आरोपित जेष्ठ नागरिक, शिशु र पीडित परिवारका भिडियो तथा तस्बिर सार्वजनिक […]

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले क्यान्सर रोगीलाई दिने किमो निःशुल्क गर्ने घोषणा गरेका छन् । बुधवार पोखराको सीतलादेवी स्कुलमा एचपीभी खोप अभियान सुरु गर्दै स्वास्थ्यलाई निःशुल्क र कम शुल्कमा प्राप्त गर्ने व्यवस्था मिलाउने उनले सुनाए । नेपालमा क्यान्सरबाट हुने मृत्युदर बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै उनले यसको निर्मुलीकरणमा सरकारको ध्यान केन्द्रित हुनुपर्ने बताए । तथ्यांकअनुसार […]

काठमाडौँ । चितवनको साहारा सहकारी ठगी प्रकरणमा गोरखा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेले आफ्नो पदीय हैसियतमा श्रीमती निकिता पौडेलको नाममा चार वटा चेक काटेको भेटिएको छ । यस्तै श्रीमती आबद्ध गोपिकृष्ण मुभिजको नाममा समेत थप दुई वटा चेक काटिएको मंगलबार उक्त सहकारी ठगी प्रकरणमा रवि समेतलाई विपक्षी बनाएर दायर गरिएको अभियोग पत्रमा उल्लेख छ […]

सहाकारी ठगी प्रकरणमा संलग्न रहेको आरोपमा म्याग्दीका जिल्ला समन्वय समिति (जिसस) प्रमुख राजकुमार थापा पक्राउ परेका छन् । उनीसहितको समूहमाथि म्याग्दीको बेनीस्थित कुमारी बहुउद्देश्यीय सहकारी संस्थाको डेढ अर्ब नगद हिनामिना गरेको आरोप छ । उनी नेकपा (एमाले) का नेता हुन् । उक्त सहकारी ठगीको सम्बन्धमा गत जेठमा उजुरी परेको थियो । सो सहकारी अपचलन सम्बन्धमा […]

हमासको बन्धक बनेका नेपाली विद्यार्थी विपिन जोशी अब रिहाइको सूचीमा परेका छन्। नेपाल सरकार, विशेष गरी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको निरन्तर प्रयासपछि यो सकारात्मक परिणाम आएको हो। नेपाल सानो देश भए पनि धर्मले मार्गदर्शन गरेको हाम्रो कर्मले असम्भवलाई सम्भव बनाइरहेको छ। विपिन जोशीको रिहाइमा नेपाली जनताको आस्था, प्रार्थना र धैर्यको ठूलो भूमिका रहेको छ। […]