काठमाण्डौ – मुगुमा जीप दुर्घटना हुँदा दुईंजनाको ज्यान गएको छ । हिजो गमगढीबाट सोरुकोटका लागि छुटेको जीप कच्यागाउँ नजिकै दुर्घटना हुँदा दुईंजनाको ज्यान गएको छ भने चारजना घाइते भएका छन् । मुगुका प्रमुख प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाका अनुसार ज्यान गुमाउनेमा जीप चालक कविराज नेपाली र परिचय नखुलेका एकजना महिला रहेकी छिन् । कच्ची र साँघुरो […]

होलीमा जथाभावी रङ दल्ने तथा होहल्ला गरेको आरोपमा पक्राउ परेका दुई सय ७७ मध्ये एक सय पाँच जना छुटेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँले उनीहरुलाई काठमाडौँका विभिन्न स्थानबाट आइतबार पक्राउ गरेको थियो । गएराति छाडिएकामा एक सय दुई पुरुष र तीन जना महिला रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्र […]

अरुणा उप्रेती :पोषण बिद aruna_upreti मिठाइ धेरैलाई मन पर्ने खाद्यवस्तु हो। मिठाइ उत्सव, रमाइलोका बेलामा, प्रसादका रुपमा खाइन्छ तर त्यो मिठाईमा के के राखेर बनाइएको छ वा कस्तो तेलमा पकाइएको छ भन्ने धेरैलाई थाहा हुँदैन। यदि राम्रै तेलमा पकाइयो भने पनि बारम्बार तेल तताएपछि त्यस तेलमा विष पैदा हुन्छ। यसले मुटुलाई त खराब गर्छ नै, […]

  काठमाडौँ । आज फागुन पुर्णिमा । आज पहाडी जिल्लामा र भोलि तराईका जिल्लामा होली खेलेर यो पर्व मनाउने परम्परा छ । असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रुपमा पनि यो पर्व मनाउने प्रचलन छ । होली एक आपसमा विभिन्न… काठमाडौँ । आज फागुन पुर्णिमा । आज पहाडी जिल्लामा र भोलि तराईका […]

काठमाडौँ । समय र परिस्थिति मिले मानिसहरु परिवारसहित घुम्न निस्कने प्रचलन नेपालमा पनि बढ्दो छ । पहिले पहिले मानिसहरु घुम्न सहरबजार जाने गर्दथे । त्यो प्रचलन अहिले भने फेरिएको छ । अहिले मानिसहरु प्रकृतिसँग रमाउन बढी रुचाउँछन् । त्यसैले बनजंगल, खोला, पाखापखेरा, तालतलाउ तथा पहाड चढ्न अहिले मानिसहरु बढी रुचाउँछन् । यस्तो चाख काठमाडौँबासीमा अझ […]

बझाङमा चट्याङ लागेर एक जनाको मृत्यु” भएको छ भने सात जना घाइते भएका छन्। गए राति जयपृथ्वी नगरपालिका–६ नौरामा चट्याङ लागेर स्थानीय ५२ वर्षीय गजेन्द्रबहादुर सिंहको मृत्यु भएको हो। चट्याङमा घाइते हुने एक जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ भने बाँकी सामान्य घाइते भएका प्रहरीले जनाएको छ। घाइते हुनेमा मृतक सिंहकी १८ वर्षीया छोरी शान्ति […]

काठमाण्डौँ – आगामी १५ चैतदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा एसइईमा देशभरका पाँच लाख चार हजार ४१४ विद्यार्थी सहभागी हुने भएका छन् । यसपटक देशभर दुई हजार ६४ वटा केन्द्र रहनेछन् भने प्रत्येक केन्द्रबाट दुई सय ५० विद्यार्थीले परीक्षा दिनेछन् । कक्षा दशका परीक्षा नियन्त्रक नन्दलाल पौडेलका अनुसार परीक्षाको तयारी अन्तिम चरणमा पुगेको छ । एसइईका लागि जनक […]

रङहरूको पर्व होली नजिक आइसकेको छ । नेपालमा पहाडी क्षेत्रमा आइतबार र तराईका क्षेत्रमा सोमबार होली पर्व मनाइने छ । होली रंग र खुसीको पर्व हो । सबैलाई एक अर्कामा रङ दल्ने र एक अर्कामा आपसी भाइचाराको पर्वको रूपमा लिइन्छ । तर, कतिपयलाई रङको एलर्जी पनि हुन्छ । यसै गरी रंगहरूमा पाइने विषाक्त पदार्थहरू तपाईँ […]

नवलपरासी- विषाक्त आहाराका कारण गिद्ध संरक्षणमा चुनौती थपिएको छ। विषाक्त आहाराकै कारण पछिल्लो समय गिद्ध मर्ने क्रम बढ्दै गएको छ। नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा विषाक्त आहाराका कारण एक वर्षभित्रमा २३ गिद्ध मरेका छन्। विषाक्त आहाराका कारण बिरामी भएका गिद्धको उद्धार गरिएको जटायु रेस्टुरेन्टका अध्यक्ष एवं संरक्षणकर्मी डिबी चौधरीले बताए। ‘गिद्ध जोगाउन ठूलो चुनौती देखिएको छ’, उनले […]

म्याग्दी । गोर्खा वेल्फेयर ट्रष्टले म्याग्दीलगायत देशका ५१ जिल्लामा दुई हजार तीन सय ८० खानेपानी आयोजना निर्माण गरेको बताएको छ । ट्रष्टको बुधबार म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्ग तातोपानीमा सम्पन्न कार्यशालामा ६१ हजारभन्दा बढी धारा जडान गरेर खानेपानी वितरण गरिएको ट्रष्टका कार्यक्रम निर्देशक दीपककुमार श्रेष्ठले बताउनुभयो । नेपालको कुल जनसङ्ख्यामध्ये ग्रामीण भेगमा बसोबास गर्दै आएका तीन […]