आज देशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। महाशाखाले अघि बिहान ६ बजे जारी गरेको मौसम सम्बन्धी बुलेटिन अुनसार हाल कोशी र मधेश प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही […]

बलेवा (बागलुङ) : सुक्खा पहिरोका कारण गए रातिदेखि कालीगण्डकी करिडोरको बागलुङ–गुल्मी सडकखण्ड अवरुद्ध भएको छ । बागलुङ र गुल्मीको सिमानामा पर्ने बागलुङको जैमिनी नगरपालिका–८ बरालवाको भिरमा गए राति सुक्खा पहिरो खसेको हो । पहिरोले बागलुङ–गृल्मीखण्डअन्तर्गत मालढुङ्गा–अर्वेनी सडक पूर्णरुपमा अवरुद्ध भएको छ । बागलुङको मालढुङ्गादेखि गुल्मीको अर्बेनीसम्म ४४ किलोमिटर खण्ड कालोपत्रका लागि स्तरोन्नतिको काम भइरहेको छ […]

एजेन्सी । जब मानिसहरू छुट्टीको लागि ठाउँको बारेमा सोच्छन्, तिनीहरूको प्राथमिकता प्रायः यस्तो हुन्छ त्यहाँ समुद्र तट, सफा पानी, कम भीड र शान्ति हुनुपर्छ । यस्तो अवस्थामा, टापुहरू त्यस्ता मानिसहरूको लागि शान्ति पाउनको लागि उत्तम ठाउँ हो । स्पेन, फ्रान्स, पोर्चुगल वा ग्रीसजस्ता गन्तव्यहरू प्रायः मानिसहरूको रोजाइ हुन् । तर, यदि तपाई बेलायतमा विशेष छुट्टी […]

ढोरपाटन (बागलुङ) । बागलुङ नगरपालिका–१ स्थित मालढुङ्गा क्षेत्रको बस्ती कालीगण्डकी नदीको उच्च जोखिममा परेपछि तटबन्ध गर्न थालिएको छ । जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय बागलुङमार्फत तटबन्ध निर्माण जारी छ । चालू आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारले विनियोजन गरेको रु ७० लाखबाट मालढुङ्गा बस्ती संरक्षणको काम भइरहेको जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय बागलुङका इञ्जिनियर दीपेन्द्र पौडेलले […]

काठमाडौं । काठमाडौंको चन्द्रागिरि डाँडामा हिउँ परेको छ। बिहीबार साँझपख चन्द्रागिरिमा हिउँ परेको हो। बिहीबार बिहानैदेखि मौसम आंशिकदेखि सामान्य बदली रहेकोमा दिउँसो उपत्यकाका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित छिटपुट वर्षा भएको थियो। पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण देशभरको मौसम बदली रहेको र शनिबारदेखि मौसममा सुधार देखिने पूर्वानुमान छ।

दोधारा चाँदनी (कञ्चनपुर) । बजेट अभावका कारण राष्ट्रिय गौरवको महाकाली सिँचाइ आयोजनाको तेस्रो चरणको काम प्रभावित भएको छ । मुआब्जा वितरण र विकास खर्च बजेट सकिएपछि निर्माण रोकिने अवस्था आएको यहाँस्थित आयोजना कार्यालयका निर्देशक कुसाङ शेर्पाले राससलाई बताउनुभयो । उहाँले माग गरेभन्दा निकै कम बजेट प्राप्त भएकाले जमिन अधिग्रहण गर्न समस्या भएको बताउनुभयो । “विकासतर्फको […]

तुलसीपुर, १० फागुन । दाङका १० पालिका मध्ये शान्तिनगर गाउँपालिका कार्यसम्पादनमा पहिलो भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन अनुसार ३८.६९ अंक ल्याएर शान्तिनगर जिल्लाको पहिलो भएको हो । त्यस्तै ३०.९० अंक ल्याएर घोराही उपमहानगरपालिका दोस्रो, ३०.२८ अंक ल्याएर राप्ती गाउँपालिका तेस्रो भएका छन् । त्यस्तै २९.९४ अंक ल्याएर दंगीशरण गाउँपालिका चौथो, २९.५३ […]

दाङको लमही नगरपालिका–३ स्थित चुरे पहाडको फेदमा अवस्थित करिब सात बिगाह क्षेत्रफलमा फैलिएको जखेरा ताल । तस्बिर : कुलदीप न्यौपाने/रासस

ढोरपाटन । सात वर्षअघि निर्माण थालिएको अस्तु–ओडारबोट मोटरेवल पुल हालसम्म सम्पन्न हुन सकेको छैन । खोलाको वरिपरि ठडिएका दुई पिल्लर भत्कन थालेका छन् । फलामका रडमा खिया लागेको छ । विसं २०७४ माघ महिनामा सक्ने गरी निर्माण सुरु भएको मोटरेवल पुलको ४० प्रतिशत मात्रै काम सकिएको छ । बागलुङको ढोरपाटन नगरपालिका–५ अधिकारीचौरको अस्तु–ओडारबोट जोड्ने मोटरेवल […]