काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सहकारीमा बचत गरेको जनताको पैसा जसरी पनि फिर्ता गरिने बताउनु भएको छ । इलामको चुलाचुलीमा आज आयोजित चुनावी सभामा बोल्दै मन्त्री लामिछानेले नीति ल्याएर, कानून बनाएर वा संशोधन गरेर भए पनि जनताको पैसा फिर्ता हुने वातावरण सरकारले बनाउने बताउनु भएको हो। ‘सरकारले गृहकार्य गरिरहेको छ, प्रधानमन्त्रीसँग नियमित छलफलमा […]

काठमाडौँ । मोरङ र झापामा शृङ्खलाबद्ध सहकारी चोरी भइरहन्थ्यो । ६ महिनादेखि लगातार चोरी भएको घटना पत्ता नलाग्दा अनुसन्धान अधिकृतहरू हैरान थिए । ६ महिनाको प्रयासपछि चोरीमा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सहयोगमा ६ जना आरोपीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्ण कुमार चन्दले रातोपाटीलाई […]

एजेन्सी । कोलकाता नाइट राइडर्सका अलराउन्डर सुनिल नारायणले सन् २०२४ को टी–२० विश्वकपका लागि आफ्नो सन्यासबाट ‘यू–टर्न’ लिने ढोका बन्द गरेका छन् । हालको आईपीएलमा केकेआरका लागि बल र ब्याट दुवैमा उत्कृष्ट प्रदर्शन गरेका नारायणले सन्यासबाट फर्कन अस्वीकार गरेका छन् । स्मरण रहोस्, गत वर्ष सुनिल नारायणले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका थिए । तर, ३६ […]

जनकपुर । धनुषामा सडक दुर्घटनामा परी आज एक जना पत्रकारको मृत्यु भएको छ । धनुषाको मिथिला नगरपालिका–६ ढल्केवरमा मोटरसाइकल दुर्घटनामा परी २८ वर्षीय पत्रकार विनयकुमार यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । आज बिहान आफैँले चलाएको प्रदेश ०२–००६ प ३०३५ नं को मोटरसाइकल ढल्केवर–जनकपुर सडकखण्डमा अनियन्त्रित भई सडक छेउको रेलिङमा ठोक्किएर पत्रकार […]

क्वाललम्पुर । मलेसियामा नौसेनाको तालिमका क्रममा दुईवटा हेलिकप्टर आकाशमै ठोक्किएर दुर्घटनामा परेका छन् । मलेसियन नौसेनाका यी हेलिकप्टरहरू रोयल मलेशियन नौसेना उत्सवको लागि प्रशिक्षण गरिरहेका थिए। दुवै हेलिकप्टरमा चालक दलका कम्तीमा १० जना सवार रहेको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् । दुर्घटनामा हेलिकप्टरमा सवार सबै १० जनाको मृत्यु भएको बीबीसीले जानकारी दिएको छ । स्थानीय मिडियामा देखिएका […]

लगानी बोर्ड बैठक काठमाडौँ । लगानी बोर्डले लगानी सम्मेलनका लागि प्रश्तुत गर्न १४८ वटा परियोजनासम्बन्धि प्रश्ताव तयार पारेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा मंगलवार काठमाडौंमा बसेको बोर्ड बैठकमा सचिवालयको तर्फबाट सो सम्मेलनमा प्रश्तुतीका लागि १४८ वटा परियोजना प्रश्ताव तयार पारिएको जानकारी गराएको हो । यही वैशाख १६ र १७ गते नेपालमा लगानी सम्मेलन हुँदैछ […]

काठमाडौँ । कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमणलाई व्यवस्थित र सफल तुल्याउन सुरक्षा व्यवस्थालाई चुस्त तुल्याइएको छ । राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा उहाँ नेपालको दुई दिने राजकीय भ्रमणका लागि आज यहाँ आउँदै हुनुहुन्छ । उहाँको भ्रमणका सन्दर्भमा सुरक्षाका लागि नेपाली सेनाका बलाधिकृतरथीको संयोजकत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र […]

भद्रपुर । प्रहरीले लागुऔषध ब्राउन सुगरसहित २० वर्षीय विनोद तामाङलाई पक्राउ गरेका छ । भारततर्फबाट पैदल आउँदै गर्दा मेचीनगर नगरपालिका वडा नंं ६ स्थित मेचीपुलमा जाँचका क्रममा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय झापाका सूचना अधिकारी कृष्णकुमार चन्दले राससलाई जानकारी दिनुभयो ।  धादिङ जिल्ला खन्याबास गाउँपालिका–५ बस्ने तामाङको साथबाट ४३.१५ ग्राम ब्राउनसुगर फेला परेको जिल्ला […]

काठमाडौं । फेसबुक मेसेन्जरमा कहिलेकाहीं नचाहँदा नचाहँदै आएको मेसेज हेरिन्छ । मानिसको स्वभाव पनि त्यस्तै हुन्छ, ‘अनरिड’ (नखोलिएको) मेसेज झुक्केर हेरिहाल्ने किसिमको हुन्छ । कतिपय मेसेज आफूले हेर्न चाहेका हुँदैनन् । तर, सिन (seen) भइदिन्छ अनि बेवास्ता गरेको अर्थ नलागोस् भनेर मन नभई नभई रिप्लाई दिन बाध्य भइरहेका हुन्छौं । गोपनीयतालाई मध्यनजर गर्दै फेसबुकले केही […]

अर्घाखाँची । भूमिकास्थान नगरपालिका–३ रातामाटाकी वसन्ता मल्ल आइतबार दिउँसो खरानी सोहोर्दै हुनुहुन्थ्यो । आगलागीबा टघरसहित अन्नपात, लत्ताकपडा खरानी बनाएपछि गहभरी आँशु झार्दै उहाँले भन्नुभयो, “भएको बास खरानी भयो गास र बासको पनि टुङ्गो छैन । कहाँ बस्ने कहाँ खाने ।” शनिबार दिउँसो वनमा लागेको आगो बस्तीमा सल्किँदा उहाँको घर जलेर खरानी भएको थियो । त्यही […]