समाचार
मुग्लिन । पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना–३ फिस्लिङ बजार नजिकै आज बिहान भएको सवारी दुर्घटनामा परी घाइते भएका कार चालकको मृत्यु भएको छ । दुर्घटनामा कार चालक कास्कीको पोखरा महानगरपालिका–५ का ३५ वर्षीय समीर ओझाको उपचारका क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बाँकेको नेपालगञ्जबाट काठमाडौँतर्फ गइरहेको भे१ख ४०६० नम्बरको […]
नेपाली कांग्रेसका प्रभावशाली नेता डाक्टर सुनिलकुमार शर्माको स्वास्थ टाेलिले निशुल्क स्वास्थ्य शिविर सिन्धुलिको हरिहरपुर गढिमा सञ्चालन गरिएको छ। काठमाडौं मेडिकल कलेजका विशेषज्ञ चिकित्सक सम्मिलित स्वास्थ्य शिविरमा ९६३ जना बिरामीको निःशुल्क स्वास्थ्य जाँच गरिएको छ । केएसमीका जनरल मेनेजर नारायण दाहालका अनुसार शिविरमा १०३ जनाको इसिजी, १४७ जनाको ल्याब परीक्षण, १२१ जनाको युएसजी , गरिएको छ […]
दाङ ।चक्कु प्रहारबाट गम्भीर घाइते भएका तुलसीपुर–४ निवासी २४ वर्षीय गोरखलाल खड्काको उपचारको क्रममा आज मृत्यु भएको छ । भारतको लखनउमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो । चक्कु प्रहारबाट गम्भीर घाइते भएका खड्कालाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज पठाइएको थियो । […]
नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विपद् व्यवस्थापनमा स्थानीय तहको भुमिकालाई जोखिम न्युनिकरण सम्बन्धि संशोधित ऐन, ०७५ बमोजिम व्यवस्थित गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । बिहीवारको प्रतिनिधि सभाको शुन्य समयमा बोल्दै उहाँले सरकारको ध्यानाकर्षण गराउनुभएको हो । उहाँले वर्षाको समयमा नेपालमा तीन वटा दृश्य देखिने गरेको उल्लेख गर्दै उहाँले बाढी पहिरो, आपत्कालीन बैठक र दलहरुको वक्तव्य […]
काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेट खेल्न वेस्ट इन्डिज उड्न लागेका नेपाली खेलाडी अमेरिकामै रोकिएका छन् । निरन्तर वर्षाका कारण अन्तर्राष्ट्रिय उडान रद्द भएपछि नेपाली क्रिकेट टोलीको यात्रा प्रभावित बनेको हो । समूह चरणका २ खेल खेल्न नेपाली टिम बुधबार वेस्ट इन्डिज जाने तालिका थियो । वेस्ट इन्डिजमा नेपालले दक्षिण अफ्रिका र बंगलादेशसँग खेल्ने तालिका […]
काठमाडौँ । नेपाली काँग्रेसका सांसद सञ्जय गौतमले सरकारले ल्याएको कृषिसम्बन्धि कार्यक्रमले मुलुकको समृद्धिको यात्रा तय गर्न नसक्ने दाबी गर्नुभएको छ । मंगलवार प्रतिनिधि सभा बैठकमा युवा तथा खेलकुद मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको आगामी आर्थिक वर्षका विनियोजन विधेयकमाथिको छलफलमा भाग लिँदै उहाँले […]
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले नेपाली टिममा स्पिनर सन्दीप लामिछाने जोडिनुले धेरै फाइदा हुने बताउनुभएको छ । आईसिसि टि २० विश्वकपअन्तर्गत आफ्नो दोस्रो खेलको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा उहाँले यस्तो बताउनुभएको हो । उहाँले वेस्टइण्डिजको पिच स्पिनर बलरका लागि धेरै नै राम्रो रहेको र विकेटटेकर बलर लामिछाने टिममा भित्रएकाले लामिछानेको अनुभव […]
नेपाली कांग्रेस संगठन सुदृढ यात्रा सल्यानको कपुरकोट देखी हुम्ला सिमिकोटको क्रममा आज हुम्लाको सिमिकोटमा बृहत् कार्यक्रम गरेर सम्पन्न भएको छ। सुदृढ अभियानका संयोजक एवं कर्णाली प्रदेश सभापतिला प्रत्यासी भुपेन्द्रजंग शाहीले सल्यानको कपुरकोट देखी यात्रा संचालन गरेका थिए। शाहीले पहिलो चरणमा सल्यान,रुकुम,डोल्पा र जाजरकोट र दैलेखको सदरमुकाममा कार्यक्रम गरेर सकाएका थिए। कर्णालीको प्रदेश राजधानी सुर्खेतमा […]
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्धको मुद्दामा सर्वोच्च अदालतले थप कागज पत्र झिकाएको छ । न्यायाधीशहरू मनोजकुमार शर्मा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले सोमबार सुनुवाइ सकेपछि उक्त प्रकरणमा थप कागजपत्र मगाउन आदेश गरेको हो । इजलासले जिल्ला प्रहरी कार्यालय कास्कीमा सहकारी ठगी प्रकरणमा दर्ता गरिएको उजुरी दर्ता किताब, कास्की प्रहरीमै दर्ता भएको अभियोगपत्र, सरकारी वकिल कार्यालय […]
सन्दीप लामिछानेले टि 20 बिश्वकप खेल्ने , क्रिकेटर सन्दीप लामिछाने टी–२० विश्वकपमा सहभागी हुन वेस्ट इन्डिज पुगेक छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आफू वेस्ट इन्डिज पुगेको जानकारी दिएका हुन् । उनले लेखेका छन्, ‘मलाई अमेरिकाको भिसा प्राप्त गर्न सहयोग गरेकोमा सर्वप्रथम म नेपाल सरकार, परराष्ट्र मन्त्रालय, खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद्, र नेपाल क्रिकेट […]











